समाचार

सार्वजनिक सवारी साधनमा सीसीटीभी अनिवार्य, अहिलेसम्म १६० बसमा जडान

सार्वजनिक सवारी साधनमा सीसीटीभी अनिवार्य, अहिलेसम्म १६० बसमा जडान

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२२ असार,काठमाडौं । सरकारले १६० वटा सार्वजनिक बसमा सीसीटीभी तथा ड्यासक्याम जडान गरेको छ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार यसमध्ये सबैभन्दा धेरै साझा यातायातका बसमा जडान गरिएको छ । साझाका १११ वटा बसमा सीसीटीभी क्यामरा जडान भइसकेको मन्त्रालयले उल्लेख गरेको छ । जसमा ७१ वटा डिजेल र ४० वटा विद्युतीय बस रहेको मन्त्रालयले जानकारी दिएको छ । महानगर यातायातका ४६ वटा बसमा यस्तो क्यामरा राखिएको छ । मन्त्रालयका अनुसार पाँचपोखरी सुनौलो यातायातका तीन वटा बसमा समेत सीसीटीभी तथा ड्यासक्याम जडान गरिएको छ । अहिलेसम्म १६० सार्वजनिक सवारीमा यस्तो क्यामरा जडान भएको र अन्यमा जडान हुने क्रममा रहेको मन्त्रालयको भनाइ छ। मापदण्ड अनुसार अब ट्याक्सी,टेम्पोदेखि ठूला बस सबैले अनिवार्य सीसीटीभी क्यामरा जडान गर्नुपर्नेछ । १३ चैत २०८२ मा मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन...
बजेट नल्याउने स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सोध्यो स्पष्टीकरण

बजेट नल्याउने स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सोध्यो स्पष्टीकरण

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
१८ असार,काठमाडौं । भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति,कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ । मन्त्रालयले पत्रमार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो । पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय ९बजेट० १० असारभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।  ...
डा. चेतना पौडेल जोडिएको रिट खारेज

डा. चेतना पौडेल जोडिएको रिट खारेज

कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
१८ असार,काठमाडौं ।उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिलको कार्यक्षेत्र र नियमन गर्ने अधिकारलाई सदर गर्दै स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट प्रालिले दायर गरेको रिट निवेदन खारेज गरेको छ। डा. चेतना पौडेल जोडिएको उक्त रिटमा रिसोर्ट पक्षले नेपाल मेडिकल काउन्सिलले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अनुगमन गरेको तथा अनावश्यक दुःख दिएको दाबी गरेको थियो। उच्च अदालतको फैसलासँगै आधुनिक चिकित्सा (एलोपेथी) को अभ्यास, नियमन तथा त्यससम्बन्धी कानुनी अधिकार नेपाल मेडिकल काउन्सिलमै निहित रहेको उल्लेख गरिएको छ। नेचुरोपेथीलगायत वैकल्पिक चिकित्सा प्रणालीमा दर्ता भएका स्वास्थ्यकर्मी वा संस्थाले आधुनिक चिकित्सा निदान र उपचारसम्बन्धी क्षेत्रमा हस्तक्षेप गर्न नपाउने अदालतको निर्णयले कानुनी व्यवस्थालाई थप पुष्टि गरेको जनाइएको छ । यो फैसलालाई नेपाल मेडिकल काउन्सिलको नियामक अधिकारलाई न्यायिक रूपमा समर्थन...
त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
१८ असार,काठमाडौं।सरकारले त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन शाहले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्। अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त थियो। थापा पूर्वाधार विज्ञ हुन्।तत्कालीन अध्यक्ष घनश्याम भट्टराई र सदस्य अजय भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा थापालाई नियुक्त गरिएका हो । हालसम्म त्रिविकै प्राध्यापकमध्येबाटै सेवा आयोगको अध्यक्ष नियुक्त गर्ने प्रचलन थियो । सरकारले पहिलो पटक विश्वविद्यालयबाहिरका व्यक्तिलाई सेवा आयोगको प्रमुख प्रशासकका रूपमा नियुक्त गरेको हो । ...
बढ्दै मनसुनी गतिविधि,भारीदेखि धेरै भारी वर्षाको सम्भावना

बढ्दै मनसुनी गतिविधि,भारीदेखि धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, समाचार
१६ असार,काठमाडौं।आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले दुई दिनअगाडि नै विशेष बुलेटिन जारी गर्दै भारीदेखि धेरै भारी वर्षाको सम्भावना भएको जनाएको हो। आज र भोलि मनसुनी गतिविधि बढ्ने र मधेस,कोसी,वाग्मती,गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाई विभागका अनुसार यी प्रदेशका एक÷दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। देशका पहाडी र तराई भूभागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने क्रममा रहेकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो।  ...
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१६ असार ,तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ। करिब दुई हेक्टर क्षेत्रफलमा एक हजार ७०० रुद्राक्षका बिरुवा रोपिएको हो । डिभिजन वन कार्यालय तनहुँको समन्वय तथा मालागिरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा सुरु गरिएको अभियानले वन संरक्षणसँगै धार्मिक,पर्यावरणीय तथा आर्थिक महत्त्व बोकेको वन क्षेत्रको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । सगरमाथा वृक्षरोपण महाअभियानको अवसर पारेर उक्त ठाउँमा रुद्राक्ष रोपण गरिएको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले रुद्राक्ष रोपण अभियानले नगरको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।  ...
नेपाल रेडक्रसले भन्यो- दलमा आबद्ध भए रेडक्रसको संलग्नता त्याग्नुस्

नेपाल रेडक्रसले भन्यो- दलमा आबद्ध भए रेडक्रसको संलग्नता त्याग्नुस्

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्थानीय
१६ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले सांगठनिक सुधारका लागि भन्दै राजनीतिक दलमा आबद्ध भए रेडक्रसको सदस्यता त्याग्न आह्वान गरेको छ । नेपाल रेडक्रस सोसाइटीले सोमबार एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो । नेपाल रेडक्रस विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा रहेको बताउँदै रेडक्रसका सात सिद्धान्त, मूल्य मान्यतामा आधारित एक तटस्थ र निष्पक्ष रूपमा काम गर्ने देशकै ठूलो मानवीय संस्था रहेको बताइएको छ । ‘नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बनेको भनि बेला बखत विभिन्न सरोकारवालाहरूबाट टिप्पणी भएको अवस्था छ,’ अनुरोधमा भनिएको छ, ‘साथै, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घको वैधानिक निकायले प्रतिबन्ध लगाउने सम्मको नीति अख्तियारी गरेको कुरा विदितै छ ।’ यस्तै नेपाल रेडक्रसको विधानमा ‘सक्रिय राजनीतिमा संलग्न भई र...
बैंकहरूले बन्द गरे डेढ सय शाखा,कर्मचारीहरुको के हुन्छ ?

बैंकहरूले बन्द गरे डेढ सय शाखा,कर्मचारीहरुको के हुन्छ ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१६ असार, काठमाडौं । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना देशभरका १४९ वटा शाखा बन्द गरेका छन् । वाणिज्य बैंक तथा विकास बैंकहरूले धेरै शाखा बन्द गरेको पाइएको छ । तर शाखा बन्द गरे पनि बैंकहरूले कर्मचारी कटौती गर्न भने पाउँदैनन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत महानगरपालिकाभित्र धेरै शाखा रहेको अवस्थामा स्वयमले निर्णय गरी गाभ्न वा एकीकरण गर्न पाउने व्यवस्था गरेको थियो । सो मौद्रिक नीति लागूपछि केन्द्रीय बैंकले २०८२ मंसिर २९ गते निर्देशन जारी गर्दै कर्मचारी कटौती नगरी शाखा एकीकरण गर्न सक्ने व्यवस्था गरेबमोजिम काठमाडौं, ललितपुर, पोखरा, विराटनगर, वीरगन्ज र भरतपुर महानगरपालिमा रहेका ७ वाणिज्य बैंक र ३ विकास बैंकका ११८ शाखा गाभिएका छन् । चालु आर्थिक वर्षको वैशाखसम्ममा बैंक वित्तीय संस्थाका १४९ शाखा घटेको तथ्यांक ...
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा,आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा,आवेदन खुल्ला

कला, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
१४ असार,काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने भएको छ । लघु, साना तथा मझौला व्यवसाय विश्व दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिहरुबाट आवेदन आह्वान गरेको जानकारी दिइएको छ । यस उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिहरुलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आवद्ध व्यवसायहरुलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन आवश्यक सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु रहेको बैंकले जनाएको छ । बैंकको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक कार्यक्रममा बैंक...
सुनको भाउ ४७ सयले वृद्धि,चाँदीको भाउ पनि वृद्धि

सुनको भाउ ४७ सयले वृद्धि,चाँदीको भाउ पनि वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
१४ असार,काठमाडौं ।साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ हजार ७ सय रूपैयाँले बढेको हो । शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।शुक्रबार ४ हजार १८० रूपैयाँमा कारोबार भएको चाँदी आज आइतबार १४५ रूपैयाँले बढेर ४ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको छ ।...