समाचार

सांस्कृतिक संस्थानले ग¥यो संस्कृति मन्त्री पाण्डेको स्वागतसँगै संस्थानबारे ब्रिफिङ

सांस्कृतिक संस्थानले ग¥यो संस्कृति मन्त्री पाण्डेको स्वागतसँगै संस्थानबारे ब्रिफिङ

कला, ताजा अपडेट, पर्यटन, समाचार
सीता पौडेल(अर्चना) ३० साउन,काठमाडौं।काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर)ले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई संस्थानमा स्वागत र संस्थानका सम्बन्धमा ब्रिफिङ गरेको छ। मंगलबार संस्थानका अध्यक्ष चन्द्र कुमार राई र महाप्रबन्धक किरण बाबु पुनलगायतले मन्त्री पाण्डेलाई संस्थानका स्वागत गरका थिए ।स्वागत पश्चात महाप्रबन्धक पुनले मन्त्री समक्ष संस्थानका सम्बन्धमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्दै संस्थानबारे ब्रिफिङ गरेको संस्थानका अध्यक्ष चन्द्र कुमार राइले जानकारी दिए। उनका अनुसार सो कार्यक्रममा संस्थानका कर्मचारीहरु र मन्त्रालयका संस्कृति महाशाखा प्रमुख श्री सुरेश सुरश श्रेष्ठलगायत मन्त्रीका निजी सचिवालयका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । तस्विरः सांस्कृतिक संस्थान...
आजको मौसम : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३०साउन,काठमाडौं ।काठमाडौं लगायत देशका केही स्थानहरुमा मा आज बिहानैदेखि वर्षा भइरहेको छ। बागमती,गण्डकी र मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार लुम्बिनी,कोशी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर साधारणतया बदली रहनेछ।सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाई छ। उता राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...
सानोभर्‍याङको काष्ठ उद्योगमा आगलागी

सानोभर्‍याङको काष्ठ उद्योगमा आगलागी

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
३० साउन,काठमाडौं ।काठमाडौँको सानोभर्‍याङस्थित एक काष्ठ उद्योगमा  आगलागी भएको छ। मंगलबार राती करिब पौने नौ बजेको समयमा व्यवसायी पृथ्वीबहादुर थापाको काष्ठ उद्योगमा आगलागि भएको हो।  थापाको ‘ईचङ्गुनारायण काष्ठ उद्योग’ मा आगलागि भएको स्वयम्भू स्थित प्रहरीले जानकारी दिएको छ। आगलागिको कारण भने खुलेको छैन।...
युवाहरूलाई प्रधानमन्त्रीको आग्रह : २०–३० वर्षमा बिहे गर्नुस्,बच्चाबच्ची पाइहाल्नुस्

युवाहरूलाई प्रधानमन्त्रीको आग्रह : २०–३० वर्षमा बिहे गर्नुस्,बच्चाबच्ची पाइहाल्नुस्

ताजा अपडेट, ब्यानर-१, राजनीति, विचार, समाचार
२९ साउन,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० देखि ३० वर्षको उमेरमा विवाह गर्न सुझाव दिएका छन्। नेपाल युवा सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले देशमा जनसंख्या घट्दो क्रममा रहेको भन्दै देशको आवश्यक्ता र जनसंख्याको निरन्तरका लागि पनि युवाहरूले ध्यान दिनुपर्ने बताए।उनले हाल जनसङ्ख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गरे । ‘गीत गाउँछन् ४० कटेसी रमाउँला भनेर,उमेर छन्जेल विदेशमा बसेपछि जनसंख्या झन् घट्ने भो।’ ओलीले भने, ‘मेरो एउटा सुझाव छ,२०–३० वर्षमा बिहे गर्नुस्, छिट्टै बच्चाबच्ची पाइहाल्नुस्।त्यसो गरेपछि काममा लागे पनि भयो, विदेश गए पनि भयो,छोराछोरी हुर्कँदै गर्छन्।’ ’ फ्युचर जेनेरेशनको कुरा गर्ने अनि फ्युचर भनेको पैसा हो ?ओलीले प्रश्न गरे,फ्युचर भनेको पैसा हो? पैसाले फ्य...
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन्  : प्रधानमन्त्री ओली

युवालाई उद्यमशील बनाउने योजना बन्दैछन्  : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताए। देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्ने जोखिम रहेकाले युवाहरूलाई यसतर्फ सोच्न आग्रह गरे। प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउनुपर्ने बताए । उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएको बताए।...
नेप्से सूचक ८.१८ अंकले घट्यो

नेप्से सूचक ८.१८ अंकले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से सूचकमा ८ अंकको गिरावट आएको छ । लगातार उकालो यात्रामा रहेको नेप्से सूचकमा मंगलबार ८.१८ अंकको गिरावट आउँदै २९२३.४६ अंकमा झरेको हो । मंगलबार कारोबार समेत घटेर २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँमा झरेको छ । ७० अंकमाथिले नेप्से सूचक बढेको अघिल्लो दिन २७ अर्बमाथिको कारोबार भएको थियो । मंगलबार १५७ वटा कम्पनीको सेयर मूल्य घट्दा ८० कम्पनीको मात्र बढेको छ । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।...
१६ अर्ब ऋण र अनुदान स्वीकार गर्न वार्ता टोली गठन गरिने

१६ अर्ब ऋण र अनुदान स्वीकार गर्न वार्ता टोली गठन गरिने

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
२९ साउन,काठमाडौं ।सरकारले एसियाली विकास बैंकबाट सिँचाइ परियोजनाका लागि १४ अर्ब ६३ करोड सहुलियत ऋण र एक अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सह–सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।  ...
मङ्सिरमा उपनिर्वाचन गर्न आग्रह,मतदाता नामावली अद्यावधिक गरिने

मङ्सिरमा उपनिर्वाचन गर्न आग्रह,मतदाता नामावली अद्यावधिक गरिने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपनिर्वाचनबारे छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुुबैपक्षबीच भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री ओलीले पनि जाडो समय अगावै निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गरेको बताइएको छ।मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिका लागि आह्वान गर्ने आयोगको भनाई छ । छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल,नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको जनाइएको छ।...
सार्कका विविध पक्षबारे छलफल

सार्कका विविध पक्षबारे छलफल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन  (सार्क) का विविध पक्षबारे परराष्ट्र मन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ । परराष्ट्र मन्त्री आरजु राणा देउवासँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएको सार्क सचिवालयले जनाएको छ । सार्कको अध्यक्षका रूपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्र मन्त्रीका रूपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हालेकोमा मन्त्री राणाप्रति बधाई ज्ञापन गरे । भेटका अवसरमा उनीहरुबीच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो ।...
मानव बेचबिखनको अभियोगमा एक व्यक्ति पक्राउ

मानव बेचबिखनको अभियोगमा एक व्यक्ति पक्राउ

अपराध, बिशेष, वातावरण, समाचार
काठमाडौँ । ‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । पीडितले गत असार २० गते नेपाल फर्किएर उजुरी दिए पश्चात् मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो । न्यौपानेले मासिक रु ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाई मौरिसस पुर्याएको पीडितको उजुरीमा उल्लेख छ । पीडितबाट रु। दुई लाख ५० हजार लिई विसं २०८० मङ्सिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्याइ मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७र१८ घण्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौन शोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।...