राजनीति

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ। संसद सचिवालयका अनुसार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिनेछन् ।...

एकीकृत समाजवादीले ग¥यो महाधिवेशन प्रतिनिधि छनोट

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । प्रतिनिधि छनौटका लागि उसले बुधबार निर्वाचन गरेर सम्पन्न गरेको जनाएको छ। देशभर १ लाख ४६ हजार ७ सय १४ सङ्गठित सदस्यमध्येबाट १ हजार ४ सय प्रतिनिधि निर्वाचन प्रकृयामार्फत छनौट गरिएको पार्टीको केन्द्रीय प्रचार विभागले जनाएको छ। खुला,महिला र दलित गरी १ हजार८सय ४९ प्रतिनिधि छनोट गरिने व्यवस्था भएको र त्यसमध्ये ३ सय ४६ केन्द्रीय कमिटीबाट र १ सय ४ जना केन्द्रीय आयोगबाट स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा चयन गरेको जनाएको छ। यही असार १६ देखि २० गते  नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ। पार्टीले १ सय २५ सङ्गठित सदस्य बराबर १ प्रतिनिधि छनोट गर्ने जनाएको छ। पार्टीले सबै जिल्ला तथा मातहतका कमिटीलाई सम्बन्धित कार्यक...
बागमती प्रदेश सभामा आजदेखि बजेटबारे छलफल हुँदै

बागमती प्रदेश सभामा आजदेखि बजेटबारे छलफल हुँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं ।बागमती प्रदेश सभामा आजदेखि बजेटबारे छलफल हुँदै छ । आर्थिक वर्ष २०८१ ÷०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको बागमती प्रदेश सरकारले बजेटमाथिको छलफलका लागि बिहान ११ बजे प्रदेशसभा बैठक बोलाएको छ। सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार बागमती प्रदेशमा असार ८ गते अर्थात पर्सिभित्रै सो बजेट पारित गर्ने कार्यसूची तय भएको छ।  ...
संघीयता सबलीकरण समितिको बैठक दिउँसो १ बजे,के के छन् एजेण्डा !

संघीयता सबलीकरण समितिको बैठक दिउँसो १ बजे,के के छन् एजेण्डा !

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं ।राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठक आज बिहिबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा श्रम तथा रोजगार,श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था नीति,कानून, संरचना लगायत मन्त्रालयका कार्यगत विवरण,समस्या,भावी कार्ययोजना बारे छलफल हुने संसद् सचिवालयको भनाई छ ।...
काँग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

काँग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दल बोलाएको छ । काँग्रेसले शुक्रबार (असार ७) गतेका लागि बैठक बोलाएको हो । संसदीय दलका अनुसार बैठक संघीय संसद भवनमा रहेको संसदीय दल नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ। त्यसपछि अपराह्न ३ गते संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दल बैठक बस्ने जनाइएको छ ।...
११ बजे बस्ने प्रतिनिधि सभा बैठकको यस्तो छ कार्यसूची

११ बजे बस्ने प्रतिनिधि सभा बैठकको यस्तो छ कार्यसूची

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची छ । बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै, सांसद पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले विनियोजन विधयेक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद...

शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु : मन्त्री श्रेष्ठ

ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
काठमाडौं।शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छन्। मंगलबार शिक्षा मन्त्रालय सम्हालेको सय दिन पुरा भएको अवसमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने दाबी गरेकी हुन्। सो पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले आफ्नो सास भएसम्म शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने नीति लागू गर्न पहल गरिरहने बताइन्।अहिलेसम्मको कार्यप्रगति सन्तोषजनक नभएपनि यसले गतिलिएको र सबैको साथ र सहयोगले यस प्रकारको पहलले सार्थकता पाउने आशा जाहेर गरेकी छन् । शिक्षामा दलीय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरूको शिक्षणमा असर पुग्ने भन्दै उनले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आबद्ध शिक्षकहरूको तथ्याङ्क माग गरिरहेको बताइन्।साथै उनले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनी...

गृहमन्त्रीको निलम्बनको माग राख्दै दायर गरिएको मुद्दा हेर्न नमिल्नेमा

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सर्वाेच्च अदालतमा गृहमन्त्री रवि लामिछाने विरुद्ध परेको मुद्दा हेर्न नमिल्नेमा परेको छ । लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको हो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको थियो । गृहमन्त्रीका तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोज कुमार शर्मा विगतमा एउटै ल फर्ममा रहेकाले शर्माले मुद्दा हेर्न नमिल्ने भएको थियो । यससँगै मुद्दा सुनुवाइ नै नभई स्थगित भएको छ । रिटमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर निलम्बनको माग गरिएको छ। महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट ’ देखिने गरी पत्र दिएको थियो। उक्त पत्रमा लामिछानेका विरुद्ध कुनै पनि अदालतमा अभियोग नभएको र अनुसन्धान पनि नभएको भनिएको थियो ।...
आजको राष्ट्रिय सभाको बैठकको यस्तो छ कार्यसूची

आजको राष्ट्रिय सभाको बैठकको यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद् सचिवालयमा १ बजे बस्ने सो बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ । यस्तै, “सुरक्षण मुद्रण सम्बन्धि विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।...

एमाले ललितपुर महानगर कमिटीको अध्यक्षमा शाक्य निर्वाचित

राजनीति, समाचार, स्थानीय
ललितपुर।नेकपा एमाले ललितपुर महानगर कमिटीको अध्यक्षमा ज्ञानेन्द्र शाक्य निर्वाचित भएका छन् ।सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट उनि निर्वाचित भएका हुन् । यसैगरि उपाध्यक्षमा दिपेन्द्र सिम्खडा,सचिवमा ज्ञानभक्त डंगोल,उप–सचिव धर्मरत्न शाक्य र पृथबिन्दु महर्जन निर्वाचित भएका छन् ।