पेशागत महासंघ नेपालको ३० औं स्थापना दिवस : शुभकामना आदान–प्रदान एवं उपहार नतिजा प्रकाशन
सीता पौडेल(अर्चना)
काठमाडौं।पेशागत महासंघ नेपालले आफ्नो ३० औं स्थापना दिवस मनाएको छ।
आइतवार नेकपा एमाले निकटको पेशागत महासंघ नेपालले काठमाडौंको भद्रकालीमा अवस्थित नेपाल टेलिकमको सभाहलमा भव्य समारोहको आयोजना गरि ३०औं स्थापना दिवस मनाएको हो।महासंघले स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदानसँगै ‘उपहार नतिजा’ प्रकाशन समेत गरेको महासंघका कार्यवाहक अध्यक्ष हरि कुमार श्रेष्ठले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केद्रिय सदस्य एवं महासंघको सल्लाहकार समिति प्रमुख बाबुराम थापाले एमालेका २३ वटा जनसंगठनहरु मध्ये,पेशागत महासंघ नेपाल एक सक्रिय र सशक्त संगठन भएको भन्दै यसको इतिहासका बारेमा बताए।
उनले भने,‘वि.सं.२०५२ जेठ ४ र ५ गते ‘पेशागत ऐक्यवद्धता मञ्च’का नाममा स्थापना भएर २०५३ को जेठमा मात्र ‘पेशागत महासंघ नेपाल’को नामाकरण भएको यो महासंघ विभिन्न पेशामा आबद्ध पेशाकर्म...









