बिशेष

त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउने तयारी

त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउने तयारी

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गालाई विश्वविद्यालयकै मातहतमा ल्याउन संसदीय समितिले चासो देखाएको छ। त्रिभुवन विश्वविद्यालयको विभिन्न ठाउँमा अतिक्रमण भएको जग्गालाई विश्वविद्यालयकै मातहत ल्याउन प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चासो देखाएको हो। आइतवार बसेको समितिको बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ,त्रिविका उपकुलपति प्राडा केशरजंग बराल,त्रिविका रेक्टर डा खड्ग केसी र रजिष्ट्रार केदार रिजाल पनि सहभागि भएर यस विषयमा छलफल गरिएको बताइएको छ। छलफलका त्रिविको अतिक्रमित जग्गा फिर्ताको प्रक्रिया थाल्न ढीला गर्न नहुने विषयलाई प्राथमिकतामा राखेर छलफल भएको थियो ।जग्गा अतिक्रमणमा पहुँचवाला मान्छे संलग्न भएको र उनीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा सबैको एक स्वर थियो । बैठकमा गुठीका जग्गामा पनि ठूला ठूला मान्छेक...
बूढानीलकण्ठलाई चिनाउन बुष्टिङ बूढानीलकण्ठ अभियान : दोस्रो चरणमा प्रधानाध्यापकसँग पदयात्रा

बूढानीलकण्ठलाई चिनाउन बुष्टिङ बूढानीलकण्ठ अभियान : दोस्रो चरणमा प्रधानाध्यापकसँग पदयात्रा

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, शिक्षा, समाचार, स्थानीय, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं। काठमाडौंको उत्तरी भेगमा अवस्थित बूढानीलकण्ठ नगरपालिकालाई स्वदेश र विदेशमा चिनाउनुका साथै यसको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बुष्टिङ बूढानीलकण्ठ’ अभियान थालिएको छ । शिवपुरी पर्वत श्रृखलाको फेदीमा रहेको यो नगरपालिका शैव,वैष्णव र बौद्ध धर्मालम्वीको आस्थाको केन्द्रका रुपमा रहेको नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका रहेको हुनाले यसलाई विश्वसामु चिनाउनु र आन्तरिक तथा बाह्य पर्यटक भित्राएर प्रवद्धनमा सहयोग पु¥याउन बुष्टिङ बूढानीलकण्ठ अभियान सञ्चालन गरिएको अभियानका संयोजक स्थानीय पुण्य प्रसाद पूडासैनिले जानकारी दिए । कपन अनलाइन न्युज पोर्टलका प्रधान सम्पादकसमेत रहेका पूडासैनिका अनुसार बुढानीलकण्ठको धार्मिक,सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको प्रवद्र्धनका लागि आन्तरिक तथा बाह्य पर्यटक भित्राउनु यस अभियानको मूल उद्देश्य रहेको छ।सोह...
दक्षिण एसियाली महिला सम्मेलन आजबाट शुरु हुँदै

दक्षिण एसियाली महिला सम्मेलन आजबाट शुरु हुँदै

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं ।दक्षिण एसियाली महिलाहरुको सम्मेलन आज वैशाख ३०गते आइतवारदेखि शुरु हुँदै छ।सम्मेलन आज,भोली र पर्सि जेठ १ मा गरि तीन दिनसम्म काठमाडौंमा सञ्चालन हुने आयोजक–ललितपुरस्थित अन्तर्राष्ट्रिय विकास संस्था,भारतको नयाँदिल्लीस्थित दक्षिण एसियाली महिलाहरुको सञ्जाल र हिमालपार वातावरण तथा जीविकोपार्जन कार्यक्रम नेपालले जानकारी दिएका छन्। ‘ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरण’लाई मुख्य विषयवस्तु बनाएर सम्मेलन आयोजना गरिएको आयोजकको भनाई छ । सम्मेलनले ‘दक्षिण एसियाभरका महिलाहरुले आर्थिक सशक्तीकरणका विषयमा झेलेका र भोगिरहेका अप्ठेरोको विषयवस्तुलाई लक्षित गरिएका विषयबस्तुमा जोड दिने र त्यसमा वित्तीय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यवसायिक विकासका विषयमा छलफल हुने छन् । विषेश गरि लघु, साना र मध्यमस्तरका व्यवसायहरुलाई प्राथमिकतामा राखेर ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तन जस्ता ...
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ५ जनाको प¥यो उम्मेदवारी

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ५ जनाको प¥यो उम्मेदवारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं ।न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ५जनाको उम्मेदवारी परेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मेघराज खड्का(रुकुमपश्चिम),सङ्गीता खड्का(काठमाडौं),डा.मधुसुधन न्यौपाने (काठमाडौं),सोमप्रसाद डोटेल (झापा) र फणिन्द्र फुँयाल (सिन्धुली) को उम्मेदवारी परेको छ। सञ्चार मन्त्रालयले यहि वैशाख १६ गते समितिको अध्यक्ष पदका लागि सूचना जारी गरेको थियो ।सोही सूूचनाबमोजिम दरखास्त माग गरिएकामा उनीहरूले दरखास्त दिएर स्वीकृत भएको छ। श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न र त्यस्तो पारिश्रमिक रकम आवश्यकतानुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्ने उद्देश्यले सो समिति गठन भएको हो।...
वनका कानुन बाझिएको हुँदा काम गर्न असहज भयो : मन्त्री केसी

वनका कानुन बाझिएको हुँदा काम गर्न असहज भयो : मन्त्री केसी

कृषि, ताजा अपडेट, बिशेष, समाचार
चन्द्रौटा । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसीले केन्द्र र प्रदेशको कानुन बाझिँदा काम गर्न असहज भएको बताएका छन्। कपिलवस्तु वन पैदावार उद्योग व्यावसायिक संघद्वारा शनिवार आयोजित एक कार्यक्रममा मन्त्री केसीले कानुन निर्माणमा माफियातन्त्र हाबी भएको भन्दै यसले मुलुकमा व्यवसाय गर्नेहरूको अपमान भइरहेको बताए। कार्यक्रममा उनले प्रदेश र केन्द्रका कानुन अध्ययन गर्दा सच्चाउन पर्ने आवश्क्ता देखिएको बताए।कार्यक्रममा सम्बन्धित बक्ताहरुले विदेशी काठ आउने नेपालको काठ वनमै कुहिने अवस्था रहेको,अख्तियारमा उजुरी परेका कारण कतिपय वनमै काठ सडेको,संघ र प्रदेश कानुनका कारण काम गर्न असहज भएकाले बाझिएको कानुनलाई परिमार्जन गरी काम गर्न सहज वातावरण तयार गर्नुपर्ने बताएका छन्। सरोकारवालाहरुले वन पैदावार उद्योग व्यवसायी महासंघको सामाजिक विकास शाखाले पनि नेपालमा वनमाथि विभिन्न समयमा काठ व्य...
एटीआईको क्षेत्रीय प्राविधिक बैठक नेपालमा,१६ देशका कर प्रशासक र विज्ञ सामेल

एटीआईको क्षेत्रीय प्राविधिक बैठक नेपालमा,१६ देशका कर प्रशासक र विज्ञ सामेल

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, बिशेष, समाचार
काठमाडौं।नेपालमा आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवन क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई)को क्षेत्रीय प्राविधिक बैठक बसेको छ। बुधबार काठमाडौंमा सुरु भएको बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक,विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जना सहभागी भएका छन् । बैठकको व्यवस्था काउन्सिल अन इकोनोमिक पोलिसी (सीईपी) र जर्मन इन्स्टिच्युट फर डेभलपमेन्ट एन्ड सस्टेने बिलिटीसँगको सहकार्यमा आन्तरिक राजस्व विभागले गरेको छ ।कर प्रणालीको निष्पक्षता,पारदर्शिता,दक्षता र प्रभावकारितामा सुधारका लागि सहकार्य गर्नु छफफलको प्रमुख उद्देश्य रहेको विभागले जनाएको छ । गत वर्ष फिलिपिन्सको मनिलामा सम्पन्न क्षेत्रीय कार्यशालाले एटीआईको कार्यशालामा काठमाडौँमा गर्ने निर्णय गरेको थियो।यसलेसदस्य मुलुकहरूबीचको सहकार्य थप बलियो बनाउन,कर प्रशासनलाई पारदर्शी,जवाफदेही र प्...
शपथलगत्तै इलाम विकासको कार्य योजना लिएर अर्थमन्त्री भेट्न पुगे सुहाङ

शपथलगत्तै इलाम विकासको कार्य योजना लिएर अर्थमन्त्री भेट्न पुगे सुहाङ

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं ।इलाम–२ का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन् । प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै उनी इलाम विकासको कार्य योजनाको सूचि लिएर अर्थमन्त्री भेट्न अर्थमन्त्रालय पुगेका हुन्। उनले विभिन्न मन्त्रालयमा मन्त्री,सचिवलाई भेटेर आफ्ना क्षेत्रका समस्याबारे जानकारी गराउँदै सहयोगका लागि आवश्यक बजेट पहल गरिदिन आग्रहसमेत गरेका छ।पूर्वाधार,कृषि,खानेपानी,पर्यटन,सामाजिक विकासलाई प्राथमिकता राखेका उनले अर्थमन्त्रीसमक्ष विभिन्न योजना पेश गरेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अर्थमन्त्री पुनले सांसद नेम्वाङका माग सम्बोधनका लागि आफू सकारात्मक रहेको बताएका छन्। इलामको विकासका लागि नवनिर्वाचित सांसद सुहाङले अल्पकालीन र दीर्घकालीन रणनीतिका साथ अघि बढ्ने योजना बनाएका छन्।  ...
त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा.पोखरेल,प्रा.खनालको राजीनामा स्वीकृत

त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा.पोखरेल,प्रा.खनालको राजीनामा स्वीकृत

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा.प्रवलराज पोखरेल नियुक्त भएका छन् । विभागीय प्रमुख चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयका उपकुलपति प्रा. डा.केशरजङ्ग बरालले पोखरेललाई तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन् । विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिंदै प्राध्यापक पोखरेलले पत्रकारिता शिक्षाको प्रवर्द्धन,प्राज्ञिक विकास र अध्ययन अनुसन्धानमा सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरेल १६ वर्षअघि पनि पत्रकारिता केन्द्रीय विभागका प्रमुख थिए ।...
बागमतीमा समिति सभापति चयन गरिदै,४ जेठमा निर्वाचन हुने

बागमतीमा समिति सभापति चयन गरिदै,४ जेठमा निर्वाचन हुने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेश सभाका पाँच वटा विषयगत संसदीय समिति सभापति चयन तयारी थालिएको छ ।यसका लागि आगामी जेठ ४ गते निर्वाचन गर्ने दलहरूबीच सहमति भएको छ। प्रदेश सभाका सभामुखद्धारा प्रस्तावित प्रस्ताव उपर छलफल गरेर उक्त सर्वदलीय बैठकमा सभापति चयनका लागि निर्वाचन गर्ने सहमति जुटेको हो ।प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति संलग्न छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार सर्वसम्मत रूपमा सभापतिको टुंगो लगाउने प्रयास गरिने र यसका लागि प्रदेश सभाका पाँच ठूला दललाई एक–एक वटा समिति सभापति बनाइने छ। जसअनुसार नेपाली कांग्रेस, नेकपा एमाले,माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राप्रपाले सभापति पाउने छन्।१८ पुस २०७९ मा प्रदेश सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि १२ असार २०८० मा आएर...
आज नेपाल पत्रकार  महासंघको केद्रिय महाधिवेशन : प्रभातफेरी हुँदै

आज नेपाल पत्रकार महासंघको केद्रिय महाधिवेशन : प्रभातफेरी हुँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपाल पत्रकार महासंघले महासंघको २७ औं केद्रिय महाधिवेशन–२०८१ र विश्व प्रेस स्वतनत्रता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गरेको छ । महासंघले आज शुक्रबार काठमाडौंको रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी गर्न लागेको नेपाल पत्रकार महासंघका काठमाडौं जिल्ला शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिनुभएको छ ।अध्यक्ष सुवेदीले सो प्रभातफेरीमा सहभागी हुन सम्पूर्ण पत्रकार,शुभेच्छुक र सरोकारवालाहरुलाई अनुरोध समेत गर्नुभएको छ । शान्ति बाटिकामा बिहान ६ः३० बजे जम्मा भएर प्रभातफेरीलाई सफल पार्न पनि महासंघले अनुरोध गरेको छ। शान्ति बाटिकाबाट प्रभातफेरि शुरु गरेर भृकुटीमण्डपको प्रदर्शनि मार्गमा अवस्थित महाधिवेशन स्थल ‘राष्ट्रिय सभागृह’मा जाने कार्यतालिका बनेको महासंघका जिल्ला शाखा कार्यसमिति सदस्य रमेश कुमार बोहोराले जानकारी दिनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको...