पर्यटन

लुम्बिनीमा भुटानी गुम्बा निर्माण गरिदैं

लुम्बिनीमा भुटानी गुम्बा निर्माण गरिदैं

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
१३ असार, रूपन्देही ।  लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज शनिार औपचारिक रूपमा शिलान्यास गरिएको छ । भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री को उपस्थितिमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विशेष धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ गरेका थिए। शिलान्यास कार्यक्रममा भुटानी लामागुरुहरूले धार्मिक अनुष्ठान गर्दै भूमि पूजन समेत गरेका थिए । गुम्बा निर्माणलाई भुटान र नेपालबीचको सांस्कृतिक, धार्मिक तथा कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ । भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजीले लुम्बिनीमा भुटानी मन्दिर निर्माण सुरु हुनु भुटानका लागि अत्यन्त महत्त्वपूर्ण र ऐ...
पिच भयो नौबिसे–धार्के सडकखण्ड

पिच भयो नौबिसे–धार्के सडकखण्ड

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
३१ जेठ, काठमाडौं । नौबिसे–मलेखु सडक खण्डको धार्के क्षेत्रमा कालोपत्रे गरिएको छ । तीन किलोमिटर बेस फाइनल गरेर कालोपत्रे गरिएको हो । घाटबेसी क्षेत्रमा पनि कालोपत्रको काम सुरु भएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्ड बिस्तारको कामले गति लिएको हो। पश्चिम एसियामा जारी युद्धको कारण अत्यधिक मूल्यवृद्धि भएको र कच्चा पदार्थसमेत आयात गर्न नसकिएका कारण काम रोकिएको थियो । मन्त्री  लम्सालले मूल्य समायोजन गर्ने आश्वासन दिएपछि र स्थानीय पालिकाहरुबाट निर्माण सामग्री प्रबन्ध मिलाउन सहजीकरण गरेपछि निर्माण व्यवसायीले काम सूचारु गरेका हुन् ।  ...
‘बोधि संवाद’को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

‘बोधि संवाद’को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
२६ जेठ, काठमाडौं । अर्थतन्त्र र भू–राजनीतिमा केन्द्रित रहेर काठमाडौंमा अर्को साता अन्तर्राष्ट्रिय सम्मेलन ‘बोधि संवाद’ हुने भएको छ । सेन्टर फर इकोनोमिक्स एन्ड स्ट्राटेजिक स्टडिज (सेसिफ) ले आउँदो मंगलबारदेखि शुक्रबारसम्म चार दिने सम्मेलन गर्न लागेको हो । सम्मेलनमा नेपालको आर्थिक विकासको सम्भावना र दक्षिण एशियामा विकसित हुँदै गएको भू–राजनीतिक परिवेशमा चीनको भूमिकाबारे नेपाली र विदेशी विज्ञहरूबीच प्यालन छलफल हुने सेसिफका अध्यक्ष एवं पूर्वराजदूत विजयकान्त कर्णले जानकारी दिए ।सो संवादमा विदेशी १६ जना स्कलरहरू पनि सहभागी हुनेछन् । मंगलबार पत्रकार सम्मेलन गरेर सेसिफले बोधि संवादलाई आर्थिक,राजनीतिक तथा भूराजनीतिक परिवर्तनबारे गम्भीर र दूरदर्शी बहसको साझा मञ्चका रूपमा प्रस्तुत गर्ने बताएको छ । विश्वव्यापी रूपमा शक्ति सन्तुलन, प्रविधि र अन्तर्राष्ट्रिय सम्बन्धमा तीव्र परिवर्तन भइरहेको अ...
नेपालको  पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : अमेरिकी उपविदेशमन्त्री

नेपालको पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : अमेरिकी उपविदेशमन्त्री

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
१७ जेठ,काठमाडौं ।अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन,नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’लाई सम्बोधन गर्दै उनले दुई देशबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्ध र पर्वतारोहणको विषय ऐतिहासिक कडी भएको बताएइन्। उपविदेशमन्त्री रोजर्सले अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतुहलता रहेको जिकिर गरिन्। सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर सगरमाथाको सफल आरोहण गरी प्रथम अमेरिकी आरोही बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै उनले यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको स्पष्ट पारिन्।उनकाअनुसार यस वर्ष मात्र ६७ जना अमेरिकील...
गण्डकी सरकारले तोक्यो राइड सेयरिङको भाडादर

गण्डकी सरकारले तोक्यो राइड सेयरिङको भाडादर

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, समाचार
जेठ,१७ पोखरा । गण्डकी प्रदेश दुई पांग्रे र चार पांग्रे राइड सेयरिङ साधनहरुको भाडा दर तोकेको छ । सो दर राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ । दोस्रो पटक नियमावली पारित गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गण्डकी प्रदेशमा चल्ने राइड सेयरिङ सवारी साधनको भाडादर निर्धारण गरेको हो। निर्धारित भाडादर अनुसार चार पांग्रे र दुई पांग्रेमा पनि पेट्रोल र विद्युतीय सवारी साधनमा दर फरक फरक छ । चार पांग्रे पेट्रोलबाट चल्ने सवारीसाधनको सुरुवाती भाडा ६० रुपैयाँ तोकिएको छ ।त्यसपछि प्रति किलोमिटर ४८.५ रुपैयाँ छ ।२ किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ छ ।आधार भाडा सुरुवाती र २ किलोमिटरसम्मको दुरीका लागि तोकिएको हो। सो भाडा १५६.५ रुपैयाँ हुन्छ।तोकिएको भाडामा पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था ...
पोखराको पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर

पोखराको पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर

कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, राजनीति, वातावरण, समाचार
१४ जेठ, पोखरा । पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम थालिएको छ । त्यहाँको सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको छ ।  ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडासमेत उठाउँदै आइरहेका थिए । नेकपानिकट मजदुर संगठनले पनि त्यहाँ स्थायी संरचना बनाएको थियो । हङकङ बजारको अगाडि आज बुधबार डोजर लगाइएको संरचनाका व्यवासायीले रातिसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए । यो ठाउँमा सहाराले सञ्चालन गरेको सार्वजनिक शौचालय समेत रहेकोछ । संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएको थियो । त्यसको म्याद जेठ ९ गते सकिएको थियो।...
काम नरोक्नुस्, तपाईँलाई हामी हेर्छौँ :पूर्वाधार विकासमन्त्री लम्साल

काम नरोक्नुस्, तपाईँलाई हामी हेर्छौँ :पूर्वाधार विकासमन्त्री लम्साल

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, राजनीति, समाचार
८ जेठ, काठमाडौं ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मूल्यवृद्धिकै कारण निर्माण नरोक्न व्यवसायीलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको पूर्वाधार विकास समिति बैठकमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रका समस्या र चुनौतीबारे जानकारी गराएपछि यस्तो आग्रह गरेका हुन्। निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार लागिपरेको बताए। बैठकमा व्यवसायीहरूले काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएको, अत्यधिक मूल्यवृद्धि भएको र म्याद थपमा समस्या रहेको गुनासो गरेका थिए। मन्त्री लम्सालले निर्माणको काममा ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह गरे। ‘अहिले हाम्रो अगाडि रहेको यो मूल्यवृद्धि सामान्य होइन। यो नेपालकै इतिहासको सबैभन्दा ठूलो मूल्यवृद्धि हो र निर्माण क्षेत्रका लागि यो एउटा ठूलो संकट पनि हो। लगभग ३७ अर्ब जति घाटा भइसकेको थियो। त्यतिवेला डिजेलको मूल्यमा पनि एकदमै धेरै वृ...
लमजुङ दरबारको पुनर्निर्माण शुरु

लमजुङ दरबारको पुनर्निर्माण शुरु

ताजा अपडेट, पर्यटन, ब्यानर-२
७ जेठ, लमजुङ। निर्माण अलपत्र परेको १५ महिनापछि लमजुङ दरबारको पुनर्निर्माण अघि बढेको छ। लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँ सहरस्थित समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा अवस्थित लमजुङ दरबारको पुनर्निर्माण एक हप्ताअघिदेखि पुनः अघि बढेको हो। विसं २०८१ माघदेखि निर्माण ठप्प रहँदै आएकामा यतिबेला कामले पुनः गति लिन थालेको हो। पुरातत्व विभागका इन्जिनियर गोविन्द अधिकारीले बजेट अभाव, बोलपत्र आह्वानलगायत कारणले दरबारको काम ठप्प रहँदै आए पनि गत वैशाख २० गतेदेखि पुनर्निर्माण अघि बढेको बताए। पुरातत्व विभागका इन्जिनियर अधिकारीका अनुसार रु ४२ लाखमा ठेक्का सम्झौता भएको हो। अहिले दरबारमा रहेका पुरानो र नयाँ काठ छुट्याउने, पर्खाल निर्माण गर्नेलगायत काम भइरहेको पुरातत्व विभागले जनाएको छ । सन्दर्भ तस्विर...
काठमाडौँ भित्रने साँगा नाकामा धमाधम काम

काठमाडौँ भित्रने साँगा नाकामा धमाधम काम

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख पूर्वीनाका साँगामा निर्माण भइरहेको अण्डरपासले तीव्रता पाएको छ। अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत साँगामा अण्डरपास निर्माण कार्य भइरहेको हो । हाल सूर्यविनायक–धुलिखेल सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । साँगा क्षेत्रमा अग्लो पहाड भएकाले सडकलाई तलमाथि छुट्टाछुट्टै दुई–दुई लेनमा निर्माण गरिएको छ । यसअन्तर्गत काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनका लागि बाँयातर्फ दुई लेनको एकतर्फी अण्डरपास  छ । आयोजनाका अनुसार साँगा क्षेत्रमा भक्तपुरबाट बाहिरिने क्रममा सवारीसाधनले लामो उकालो पार गर्नुपर्ने समस्या रहेकाले यात्रालाई सहज बनाउन अण्डरपास निर्माण गरिएको हो । साथै, साँगाचोकमा सवारी आवागमनलाई व्यवस्थित र निर्वाध बनाउने उद्देश्यसमेत रहेको जनाइएको छ । अण्डरपासको कुल लम्बाइ एक हजार १ सय १० मिटर रहेको...
दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार, स्थानीय, स्वास्थ्य
४ जेठ काठमाडौं ।परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन्। टोखा नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०८३र८४ को नीति,कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह,सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताए । अबको समय भनेको राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने समय भएको भन्दै उनले आफुले गरेका कामहरु पुस्तौंपुस्ताले लाभ लिने गरि गर्नुपर्ने आवश्यकत औंल्याए । “अबको २०र२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,” उनले भने । काठमाडौँ क्षेत्र नं ६ बाट निर्वाचित सांसद खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला ...