सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै,कहाँ र कहिले ?कसरी लिने जानकारी?
सीता पौडेल( अर्चना)
काठमाडौं । नेपालका सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुने भएको छ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको हो।
मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन मार्फत मेलाको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले यस मेलालाई विस्तारै जिल्ला,स्थानीय र वडा तहसम्मै सञ्चालन गरिने बताए।
मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति,रोजगारदाता,तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारी सम्बन्धी सबै खालको जानकारी दिइने उनको भनाई छ।मेलाबारे थप जानकारी दिंदै उनले भने, ‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने,अवसरको कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी पाउन सक्नेछन...






