ताजा अपडेट

डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३१, जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न डा। रेवतबहादुर कार्कीको संयोजकमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा पूर्वबैंकर भुवनकुमार दाहाल सदस्य छन् । यस्तै नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी तीन सदस्यीय बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरिएको हो । सो कार्यदलको समयावधि एक महिनाको रहनेछ । कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील प्रुडेन्सियल, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ । यस्तै, आर्थिक गतिविधि पूर्णचलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका , ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम ,बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्...
बुढानीलकण्ठ नगरपालिका वडा नं ९ मा स्टक मार्केट सम्बन्धी तालिम सम्पन्न

बुढानीलकण्ठ नगरपालिका वडा नं ९ मा स्टक मार्केट सम्बन्धी तालिम सम्पन्न

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
३१, जेठ काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ९ युवा परिषदको आयोजनामा स्टक मार्केटसम्बन्धी तालिम सम्पन्न भएको छ। तालिम २०८२ ज्येष्ठ १५ गतेदेखि शुरू भई ज्येष्ठ २९ गतेसम्म सञ्चालन गरिएको थियो। १५ दिनसम्म चलेको सो तालिममा कूल ६० जना सहभागी रहेका थिए। सहभागीहरूलाई सेयर बजारसम्बन्धी आधारभूतदेखि प्राविधिक विश्लेषणसम्मका विषयमा ज्ञान प्रदान गरिएको थियो । तालिममा सुरज कार्की, राजेश कार्की लगायत ९ जनाको प्रशिक्षक टोलीले सहजीकरण गरेका थिए । समापन समारोहका अवसरमा वडा नं. ०९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै यस्ता सीप विकासमूलक कार्यक्रमले युवालाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरेकी छन । युवा परिषदका अनुसार आगामी दिनमा समेत यस्तै व्यवहारिक तथा रोजगारीमुखी तालिमहरू सञ्चालन गरिने योजना रहेको छ।...
असार १५ सम्म विद्यालय शिक्षा ऐन प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढेको छ : मन्त्री पन्त

असार १५ सम्म विद्यालय शिक्षा ऐन प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढेको छ : मन्त्री पन्त

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३१, जेठ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढिरहेको बताएका छन् । सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन् । उनले आफूसँग भएको ९ बुँदे सम्झौता आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुने बताउँदै त्यसअघि भएका सम्झौताहरूका बारेमा पनि छलफलका लागि आफू तयार रहेको बताए । शिक्षकहरूसँग भएको ९ बुँदे सम्झौताको दायित्व ८ अर्ब रुपैयाँ हुने र त्यसको दायित्व सरकारले व्यहोर्ने उनले बताए । थप आर्थिक भार पर्ने माग धान्न नसकिने पनि उनले स्पष्ट पारे । शिक्षकहरू फेरि सडकमा फर्किएर जान नपरोस् भन्नेमा सरकार गम्भीर रहेको मन्त्री पन्तले बताए ।...
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
३१, जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनिया...
मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
३१, जेठ काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ। अस्पतालले पोखरा निवासी ५६ वर्षीया ईश्वरबहादुर कार्कीको जेठ ८ गते भारतको परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा कलेजो प्रत्यारोपण गरेको हो । कार्कीलाई उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् । अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले जानकारी दिए । उनले कलेजो प्रत्यारोपण झण्डै १३ घण्टा लागेको बताए। पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा। उपेन्द्र महतोले अस्पतालसँग मल्टिडिसिप्लिनरी टोली भएका कारण कलेजो जस्तो जटिल शल्यक्रिया सम्भव भएको बताए। ‘हामीले नेपालीहरू उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्देश्यले कलेजो प्रत्यारोपण सेवा सुरु गरेका हौँ’, उनले भने, ‘अस्पतालको जनशक्तिलाई नै ब...
मातृभाषा बलियो भए राष्ट्र बलियो हुन्छ : सभामुख

मातृभाषा बलियो भए राष्ट्र बलियो हुन्छ : सभामुख

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
३१, जेठ काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लोपोन्मुख भाषाको संरक्षण संवर्धनमा राज्य संवेदनशील हुनुपर्ने बताउँदै मातृभाषा बलियो भए राष्ट्र बलियो हुने बताएका छन् । नेवा पत्रकार राष्ट्रिय दबुले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनको शुव्रबार उद्घाटन गर्दै उनले मातृभाषा संरक्षणका लागि राज्यले आवश्यक नीति बनाउनुपर्ने बताएका हुन् । नेपालको पछिल्लो जनगणना अनुसार १२४ भन्दा बढी भाषा रहेको र तीमध्ये ६२ भाषा प्रचारमा बढी आएको प्रसङ्ग उल्लेख गर्दै सभामुख घिमिरेले मातृभाषा पत्रकारितालाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिए । देशका विभिन्न मातृभाषाको संरक्षण, संवर्धन एवं प्रचारप्रसारमा गोरखापत्र, राष्ट्रिय समाचार समिति र सार्वजनिक प्रसारण संस्थाले काम गर्दै आएकोमा उहाँले प्रशंसा गरे । पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यले मातृभाषामा पत्रकारिता आरम्भ गर्नु...
काठमाडौँ महानगरद्वारा निस्शुल्क मानसिक स्वास्थ्य परीक्षण सुरु

काठमाडौँ महानगरद्वारा निस्शुल्क मानसिक स्वास्थ्य परीक्षण सुरु

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
३१, जेठ काठमाडौं । काठमाडौँ महानगरपालिकाले विशेषज्ञससहित मानसिक स्वास्थ्य परीक्षण सुरु गरेको छ । यो सेवा हरेक आइतबार र बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म निस्शुल्क सञ्चालन हुनेछ । कामपा स्वास्थ्य विभागले वडा नम्बर ११ बबरमहलको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट तनाव, ‘एङ्जाइटी’, ‘डिप्रेसन’सम्बन्धी मानसिक रोगका साथै रक्सी तथा लागूपदार्थको कुलतमा फसेकालाई लक्षित गरी निस्शुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो । कामपा-११ का वडाध्यक्ष हीरालाल तुण्डकारले लुकाउने गरिएको मानसिक समस्याका बारेमा खुलेर उपचार गर्ने वातावरण बनाएर सम्भावित जोखिम घटाउन कामपाले परीक्षण सुरु गरेको जानकारी दिए। पाटन अस्पतालका मनोचिकित्सक डा। अनिमा पराजुलीले आवेग, निराशा, उत्तेजना, डर, चिन्ता, दिक्दारी, छटपटी, मनमा धेरै कुरा खेल्ने, भोक तथा निद्रा नलाग्ने, दिशा, पिसाब गरिरहनेलगायत अस्वाभाविक परिवर्तन हुनु मानसिक समस्या...
यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३१, जेठ काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ । दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा साथै मधेस प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बाग्मती र गण्डकी...
१८ लाख रुपियाँसहित दुईजना पक्राउ

१८ लाख रुपियाँसहित दुईजना पक्राउ

अपराध, ताजा अपडेट, वातावरण, समाचार
३०, जेठ काठमाडौं । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपियाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । जेठ ३० गते भारतबाट दुईवटा मोटरसाइकलमार्फत नेपालतर्फ आउँदै गरेका उनीहरूलाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचको क्रममा रकमसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये वीरगञ्ज–२ छपकैयाका २१ वर्षीय राहुल कुमार तिवारीको साथबाट बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकलमा १३ लाख रुपियाँ र बाराको प्रसौनी गाउँपालिका–२ निवासी ४० वर्षीय कौशल कुमार गुप्ताको साथबाट ना ४६ प ९७१० नम्बरको मोटरसाइकलमा ५ लाख रुपियाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद रकममा १ हजार दरका १ हजार ८२ थान र पाँच सय दरका १ हजार ४३६ थान नोट रहेका छन्। ती व्यक्तिहरूले उक्...
खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन : माधव नेपाल

खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन : माधव नेपाल

ताजा अपडेट, राजनीति, समाचार
३०, जेठ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको बताएका छन् । शुक्रबार काठमाडौँमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताए । खाएको विष लाग्ने र नखाएको विष नलाग्ने बताएका हुन् साथै उनले घुस लिएको प्रमाणित गर्न चुनौति समेत दिए ।...