३०, जेठ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा पढेर सुनाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुनाउँदै उनले स्वतः निलम्बनको कानुनी प्रावधानबारे संसद्लाई जानकारी गराएका हुन् ।...
जेष्ठ ३०, २०८२, १८:५६ मा प्रकाशितजेष्ठ ३०, २०८२, १८:५६ मा प्रकाशितजेष्ठ ३०, २०८२, १८:५६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३०, जेठ काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
त्यस्तै राति कोशी, मधेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहा...
जेष्ठ ३०, २०८२, १८:५४ मा प्रकाशितजेष्ठ ३०, २०८२, १८:५४ मा प्रकाशितजेष्ठ ३०, २०८२, १८:५४ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३०, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा उत्पादन भएको शैक्षिक जनशक्तिले देशको पहिचान कस्तो बनाउने ढङ्गले प्रस्तुत हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले नेपालमा उत्पादित जनशक्तिले हरेक क्षेत्रमा कर्तव्यनिष्ठ र विनम्रतापूर्वक आफूलाई प्रस्तुत गर्नुपर्ने सुझाव दिएका हुन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले भने, “विद्याले घमण्डलाई प्रवेश गर्न दिँदैन, विद्याले केवल विन्रमता, मित्रता मात्रै दिन्छ। नेपालमा उत्पादित जनशक्ति अन्य मुलुकमा उत्पादित जनशक्ति भन्दा अब्बल रहेका कारण नै स्वेदशमा अध्ययन गरेर विभिन्न देशमा पुगेका नेपाली जनशक्ति दक्ष र सफल भएको छ ।”
उनले काठमाडौँ विश्वविद्यालयबाट शुक्रबार दीक्षित भएका विद्यार्थीलाई आफ्ना अभिभावकलाई माया गर्दै अत्यन्तै सामाजिक...
जेष्ठ ३०, २०८२, १८:४९ मा प्रकाशितजेष्ठ ३०, २०८२, १८:४९ मा प्रकाशितजेष्ठ ३०, २०८२, १८:४९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३०, जेठ काठमाडौं । संसद अवरोध खुलाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरू सहमत भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र संसद अवरोध खुलाउन सहमत भएका हुन् ।
नेताहरूका अनुसार भिजिट भिसामा विदेश जानेसँग हुने गरेको भनिएको अपारदर्शी आर्थिक लेनदेनको विषयमाथि बृहत्तर छानबिन गर्ने सहमति भएको छ । यो विषयमा बिहीबार नै प्रमुख दलहरुबीच सहमति भएको थियो । त्यसलाई आज औपचारिकता दिने तयारी भइरहेको छ ।
नेताहरूका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गर्ने अनुसन्धानलाई सघाउने र भिजिट भिसाबारे विगतदेखि देखिएका समस्याबारेमा सरकारले आवश्यक अध्ययन छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि कदम चाल्ने विषयमा सहमति जुटेको छ ।...
जेष्ठ २९, २०८२, १२:४७ मा प्रकाशितजेष्ठ २९, २०८२, १२:४७ मा प्रकाशितजेष्ठ २९, २०८२, १२:४७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२९, जेठ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताएका छन् । राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले पार्टीलाई लोकतान्त्रीकरण बाटोमा ठिक ढङ्गबाट अघि बढाएपछि एमाले पार्टी देशकै सशक्त एवं लोकप्रिय बन्न सफल भएको स्पष्ट गरे ।
पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै लैजाने सिलसिलामा बहुपदीय, ७० वर्षीय उमेरहद र नेतृत्वको दुई कार्यकालसम्बन्धी प्रावधान विधान महाधिवेशनबाट राखिएको स्पष्ट गर्दै उनले सो सम्बन्धमा निर्णय गर्ने ठाउँ विधान महाधिवेशन नै भएकाले अहिले त्यसका बारेमा टीकाटिप्पणी एवं छलफल गर्ने समय नभएको बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट गर्दै भने, “हाम्रो पार्टीभित...
जेष्ठ २९, २०८२, ११:३० मा प्रकाशितजेष्ठ २९, २०८२, ११:३० मा प्रकाशितजेष्ठ २९, २०८२, ११:३० मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२९, जेठ काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि भूमि समस्या समाधान आयोगले निवेदन आह्वान गरेको छ ।
उनीहरुलाई जग्गा वितरणका लागि आयोगले पुनस् सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ ।
निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक खटिएका छन् । उनीहरू मार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ । यो सूचना पहिलोपटक वैशाख ३१ गते प्रकाशित भएको थियो ।...
जेष्ठ २९, २०८२, ११:०२ मा प्रकाशितजेष्ठ २९, २०८२, ११:०२ मा प्रकाशितजेष्ठ २९, २०८२, ११:०२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२९, जेठ काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ ।
कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजे नै मतदान हुने भनिएपनि केहीबेरअघि सुरु भएको हो । ४५ वटा भेन्डिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ ।
अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन् । उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ ।
महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।मतदान सकिएको १ घण्टा पछि मतगणना सुरु हुने र आज राती नै मतपरिणाम सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।...
जेष्ठ २९, २०८२, १०:५२ मा प्रकाशितजेष्ठ २९, २०८२, १०:५२ मा प्रकाशितजेष्ठ २९, २०८२, १०:५२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२९, जेठ काठमाडौं । २०८२ ज्येष्ठ २९ गते (सन् २०२५ जुन १२ तारिख) बिहीबार अर्थात आज बेलुकी ५ बजेर ७ मिनेटबाट वृहस्पति ग्रह पश्चिममा अस्त हुँदै छन् । आजबाट अस्त हुने वृहस्पति असार २२ गते (२०२५ जुलाई ६ तारिख) आइतबार बिहान ६ बजेर ५३ मिनेटमा पूर्वमा उदय हुनेछन् ।
जब वृहस्पति सूर्यसँग ११ डिग्रीभन्दा कम कोणमा आउँछ तब अस्त मानिनेछ र उसले दिने फल कमजोर हुन्छ र पूर्ण रूपमा निष्क्रिय मानिनेछ । वृहस्पति ग्रहलाई ज्ञान, धर्म, विवाह, सन्तान र शुभ कार्यको प्रमुख कारक ग्रह मानिन्छ । यो ग्रहलाई शुभता, मार्गदर्शन र विवेकको प्रतीक मानिन्छ ।
त्यसैले जब यो ग्रह अस्त हुन्छ तब यसको शुभ प्रभावहरू पृथ्वीका कम आउने विश्वास गरिन्छ र शुभ कार्यहरू गरिँदैन । महत्त्वपूर्ण दुई शुभ ग्रहहरू वृहस्पति र शुक्र अस्तको समयमा शुभ कार्य थालनी गर्नुहुन्न भन्ने शास्त्रीय मान्यता पनि रहेको छ ।
विगत वर्षहरूमा असारमा विवाहको लगन...
जेष्ठ २९, २०८२, १०:४७ मा प्रकाशितजेष्ठ २९, २०८२, १०:४७ मा प्रकाशितजेष्ठ २९, २०८२, १०:४७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२९,जेठ काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको २९० औँ बैठक बस्नेछ ।
बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थासँग सम्बन्धी छलफल गरिनेछ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक १ बजे बस्नेछ । बैठकमा नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।...
जेष्ठ २९, २०८२, ०६:५७ मा प्रकाशितजेष्ठ २९, २०८२, ०६:५७ मा प्रकाशितजेष्ठ २९, २०८२, ०६:५७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२९, जेठ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा प्राथमिकता निर्धारण गरेर सहजीकरण गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बुधबारको बैठकमा उहाँले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका हुन् ।
“अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिँडौँ । प्राथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौँ,” उनले भने । व्यावहारिक पक्षलाई हेरेर परिणाममुखी हिसाबले आगामी आर्थिक वर्ष २०८२/८३ को मासिक र वार्षिक लक्ष्य निर्धारण गर्नुपर्नेमा पनि उनले जोड दिए । अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।
आगामी बजेट कार्यान्वयनमा जाँदा कानुन संशोधन गर्नुपर्ने आवश्यकता भएकाले सबैसँग...