ताजा अपडेट

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२९, जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १० पैसा र बिक्रीदर १८४ रुपैयाँ ९१ पैसा, स्विस फ्र्यांक एकको खरिददर १६५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०० रुपैयाँ १० पैसा, सिंगापुर डलर एकको खरिददर १०६ रुपैयाँ ११ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ...
बालबालिकाको अधिकार सम्बन्धी समाचारलाई प्राथमिकता दिन आग्रह

बालबालिकाको अधिकार सम्बन्धी समाचारलाई प्राथमिकता दिन आग्रह

ताजा अपडेट, वातावरण, समाचार
२९, जेठ काठमाडौं । देशका सञ्चारमाध्यमले बालश्रम एवं बाल अधिकारको सवालमा प्रभावकारी ढंगबाट समाचार सम्प्रेषण गर्नुपर्ने सञ्चारकर्मी एवं सरोकारवाहरुले माग गरेका छन् । बालश्रमविरुद्धको विश्व दिवस २०२५ को पूर्वसन्ध्यामा बुधबार बालबालिका तथा मिडिया समूहद्वारा आयोजना गरिएको बालश्रमसम्बन्धी विषयमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रममा सहभागीले बालबालिकाको समाचारलाई मिडियाले थप चासोका साथ ठाउँ दिनुपर्ने बताएका हुन् । समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) को सहयोगमा सम्पन्न कार्यक्रममा सिविसका एड्भोकेसी एड्भाइजर तथा बालअधिकारकर्मी युवराज घिमिरेले नेपालमा अहिले पनि ११ लाख बालबालिका प्रत्यक्ष रूपमा श्रममा रहेको तथ्यांक राखे । ‘बालश्रम–खोसिएको बालपनको यथार्थ कथा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै उनले श्रममा रहेका ११ लाख बालबालिकामध्ये करिब दुई लाख बालबालिका जोखिमपूर्ण श्रममा संल...
दिगो र समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न

दिगो र समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२९, जेठ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, एशियाली उत्पादकत्व संगठन (एपीओ) र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको संयुक्त आयोजनामा दिगो र समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी चारदिने अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ। १४ वटा एपीओ सदस्य देशका १८ जना सरकारी अधिकारी, पर्यटन व्यवसायी, र अभ्यासकर्ताहरू सहभागी कार्यक्रमले दिगोपन, समावेशीता, र सांस्कृतिक संरक्षणलाई प्रोत्साहन गर्ने विषयमा केन्द्रित यो कार्यशालाले दिगो पर्यटनका लागि नवीन नीति र अभ्यासहरूको खाका तयार पारेको जनाइएको छ । कार्यशालाले समावेशी पर्यटन मोडेल, जिम्मेवार पर्यटनका लागि डिजिटल प्रविधि, दिगो पर्यटनको प्रमाणीकरण र नीति ढाँचाका विषयमा विशेषज्ञ सत्रहरू सञ्चालन गरेको बताइएको छ । ग्लोबल सस्टेनेबल टुरिजम काउन्सिलकी डा. मिही काङले पर्यटनमा दिगोपन, वातावरणीय र सामाजिक प्रभाव न्यूनीकरण र प्रमाणीकरणक...
ठाउँ ठाउँमा वर्षा, घट्न थाल्यो तापक्रम

ठाउँ ठाउँमा वर्षा, घट्न थाल्यो तापक्रम

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२९,जेठ काठमाडौं । मौसम बदली भएसँगै ठाउँ ठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्व क्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेको छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताए । पूर्वमा भन्दा पश्चिम क्षेत्रमा बढी तातो हुने पनि उनले जानकारी दिए । मौसमविद् लामिछानेले पछिल्लो केही घण्टामा काठमाडौँ उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको जानकारी दिए । यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने छ । जस कारण हिजोआजको भन्दा बिहीबार र शुक्रवार...
बिहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित

बिहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२८,जेठ काठमाडौं। बिहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी २४ औँ राष्ट्रिय महाधिवेशनमा विश्वविद्यालयको महिला क्लष्टरमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि पंगेनी निर्विरोध भएकी हुन् । बिहानी यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य थिइन्। ९ पदाधिकारी, ४९ सचिवालय र १५१ सदस्य केन्द्रीय कमिटीमा ५२१ जनाको उम्मेदवारी परेको छ।...
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्ट्राचार मुद्धा दायर

प्रमुख प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्ट्राचार मुद्धा दायर

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२८, जेठ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। सामाखुसी कोरिडोरको ढल निर्माण ठेक्कामा अनियमितता गरेको अभियोगमा उनीहरूमाथि ४ करोड ३१ लाख ७२ हजार २८७ को सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोप छ। काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक परियारसहित निर्देशक रबीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध मुद्धा दर्ता भएको हो । ठेक्का प्रक्रियामा समानान्तर सेवा प्रा।लि।लाई सबैभन्दा कम कबोल रकम १८ करोड ९ लाख २२ हजार तीन सय २५ प्रस्ताव गरेको भए पनि ‘पेन्डिङ लिटिगेसन’ को गलत व्...
प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२८, जेठ काठमाडौं। प्रतिनिधिसभा बैठक बिहीबार २९ गते दिनको तीन बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि अवरोध गरेपछि बैठक कार्यसूचीमा नै प्रवेश नगरी भोलि दिउँसो तीन बजेसम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।...
एमालेको झोलामा राष्ट्रवाद छ : गुरुङ

एमालेको झोलामा राष्ट्रवाद छ : गुरुङ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२८, जेठ काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताएका छन् । बुधबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको प्रश्नमा सरकारका प्रवक्ता गुरुङले आफूहरू झोल खाने नभई जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताए । उनले आफूले नेकपा एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरववोध गर्नुपर्ने जिकिर गरे । मन्त्री गुरुङले भने, ‘झोल खानेलाई पनि झोले भन्छ, झोला बोक्नेलाई पनि झोले भन्छ । हामीले झोल खाने झोले भनेको होइन । हाम्रो अहिलेको प्रधानमन्त्री जो एमालेको अध्यक्ष पनि हुनुहुन्छ, उहाँले भन्न खोज्नुभएको झोले भनेको हामी पार्टीको झोला बोक्ने, जुन पार्टीमा झोला ...
११ वर्षीया बालिका तीन दिनदेखि बेपत्ता

११ वर्षीया बालिका तीन दिनदेखि बेपत्ता

ताजा अपडेट, वातावरण, समाचार
२८, जेठ काठमाडौं । हुम्लाकी एक बालिका बेपत्ता भएकी छन् । सिमकोट गाउँपालिका-७ धारापोरी गाउँकी ११ वर्षीया सुनसरी सिंह तीन दिनदेखि बेपत्ता भएकी हुन् । पाँच जना साथीहरूसँग खेल्न गएकी सिंह बेपत्ता भएको बुबा देवी सिंहले बताए । विद्यालयदेखि फर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा सिंहले बताए। परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरेको उनले बताए । बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र धारापोरी प्रहरी चौकीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । बेपत्ता बालिका कर्णाली माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत थिइन् ।...
तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण

तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२८, जेठ काठमाडौं । संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ । समितिका संयोजक नवराज सुवेदी नेतृत्वको टोलीले बुधबार महाराजगन्जस्थित शिक्षण अस्पताल पुगी आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा निर्देशक समितिका सदस्यहरू डा।प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतको पनि सहभागिता रहेको थियो । रमेशराज बास्तोलाको संयोजनमा लिजवन पोर्चुगलबाट उपलब्ध सहयोग उनीहरुले हस्तान्तरण गरेका हुन् ।...