कला

बुढानीलकण्ठ वडा नं १ ले इएफएस फाइट नाइट सिक्स आयोजना गर्दै

बुढानीलकण्ठ वडा नं १ ले इएफएस फाइट नाइट सिक्स आयोजना गर्दै

कला, खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) ११ वैशाख,काठमाडौं । महिलाहरुको शसक्तिकरण र बाह्य सुरक्षाको लागि बुढानीलकण्ठ नगरपालिका (बुनपा) वडा नं १ ले वल्र्ड बाँक्सिङ (डब्लुविसी) मुई थाईसँगको सहकार्यमा ‘इएफएस फाइट नाइट सिक्स’ आयोजना गर्ने भएको छ । बुधबार बुनपाको सभाहलमा पत्रकार सम्मेलन गरेर वडा अध्यक्ष सुरेन्द्र लामाले सो खेल हुने बारे जानकारी दिएका हुन् । उक्त पत्रकार सम्मेलनमा अध्यक्ष लामाले महिला सुपर फलाइजेट मुई थाई राष्ट्रिय विभाग अन्तर्गत यहि वैशाख १३ गते (२६ अप्रिल,२०२५) का दिन बुनपाको लेमन ट्री प्रिमियर होटलको खेल मैदानमा  ‘डब्लुविसी मुई थाई न्याशनल च्याम्पियनसिप’ को लागि प्रतिष्पर्धा हुने बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सो खेल प्रतियोगितामा देशका पाँच प्रदेश र २१ जिल्लाबाट एपीएफ र नेपाल आर्मीका खेलाडीसमेत गरि ३० जना उत्कृष्ट खेलाडीहरुले आफ्नो प्रतिभा प्रदर्शन...
कलाकार ज्योति न्यौपानेको लोक दोहोरी  गीत धनमाया–मनमाया  सार्वजनिक

कलाकार ज्योति न्यौपानेको लोक दोहोरी गीत धनमाया–मनमाया सार्वजनिक

कला, ताजा अपडेट, बिशेष, ब्यानर-२, मनोरन्जन, समाचार
सीता पौडेल (अर्चना) १७ फागुन,काठमाडौं ।कलाकार ज्योति न्यौपानेको धनमाया–मनमाया लोक दोहोरी गीत सार्वजनिक भएको छ । दुई प्रेमीबिचमा एक अर्कालाई मन पर्ने कुरा बुझ्ने र सम्बन्ध सुमधुर बनाउने गरि गरिएको बार्तालापलाई गीतका रचनाकार स्वयं न्यौपानले निकै राम्रोसँग उक्त दोहोरी गीतमा प्रस्तुत गरेका छन् । उत्कृष्ट शब्द संयोजन रहेको सो गीतमा रचनाकार न्यौपाने र चर्चित गायिका शान्ती श्री परियारको स्वर रहेको छ । गायिका परियारको सुमधुर आवाजले गीतलाई अझै उत्कृष्ठ बनाएको छ। सुवास रेग्मी प्रोडुसर रहेको सो गीतमा विशाल घिमिरेले निर्देशन गरेका छन् । निर्देशक घिमिरेको कुशल निर्देशनले गीतलाई दृश्यात्मक रुपमा उत्कृष्ट बनाउने काम गरेको छ । उक्त गीतमा वरिष्ठ संगितकार विवि अनुरागीले संगित संयोजन गरेका छन् । भने, कलाकार न्यौपाने स्वयंले संगित भरेका छन् ।भिडियो ग्राफर अजय रेग्मीले छयांकन गरेको सो गीतलाई विन्दव...
भुसालको निर्देशनमा बनेको ‘बग्दै होला दरम खोला नि’ गीत सार्वजनिक

भुसालको निर्देशनमा बनेको ‘बग्दै होला दरम खोला नि’ गीत सार्वजनिक

कला, ताजा अपडेट, वातावरण, समाचार, साहित्य
५, फागुन काठमाडौ । बग्दै होला दरम खोला निु बोलको दोहोरी गीत बजारमा सार्वजनिक भएको छ । दुई प्रेमीको प्रेम र वियोगलाई प्रस्तुत गरेको उक्त गीतको निर्देशन र सम्पादनको काम गिरीप्रसाद भुसालले गरेका छन् । उनको कुशल निर्देशनले गीतलाई दृश्यात्मक रुपमा उत्कृष्ट बनाउने काम गरेको छ । भिडियोको छायांकन प्रदीप कँडेलले गरेका छन्। त्यस्तै श्रृङ्गारको काम श्रद्धा कँडेलले गरेकी छन्।गीतकार लक्ष्मण चापागाईंको रचनामा संकल्प सुवेदीले संगीत भरेका छन्। साथै उत्कृष्ट गायकगायिका लक्ष्मण चापागाई र सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजले गीतलाई अझै उत्कृष्ठ बनाएको छ। उक्त गीतको एरेञ्जर रमेश सेञ्चुरीको रहेको छ। त्यस्तै मालश्री रेकडिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो । आफूले प्रेमीबाट पाएको धोकालाई व्यक्त गरेको गीतको भिडियोलाई लक्ष्मण भुसाल, सुप्रिया हमाल तथा रहमान बस्नेतको उत्कृष्ट अभिनयले भावनात्मक रुपमा झनै सम...
‘पूर्ण बहादुरको सारङ्गी’ले पायो ‘सुपरहिट’को मान्यता

‘पूर्ण बहादुरको सारङ्गी’ले पायो ‘सुपरहिट’को मान्यता

कला, ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
२२ कार्तिक,काठमाडौं ।क्यूएफएक्सले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई ‘सुपरहिट’ घोषणा गरेको छ। बुधबार क्यूएफएक्सले ‘पूर्ण बहादुरको सारङ्गी’लाई सुपरहिट घोषणा गरेको हो।क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगानाका अनुसार एक हप्तामा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई ‘सुपरहिट’को मान्यता दिने गरेको छ। एक हप्तामा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई सुपरहिट र तीन दिनमा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई बल्कबस्टर घोषणा गर्ने प्रावधान बनाएको उनको भनाई छ।तर उक्त चलचित्रले डेढ करोडभन्दा माथि कलेक्सन गरेको हुनसक्ने आँकलन गरिएको जनाइएको  छ। सरोज पौडेलले निर्देशन गरेको उक्त चलचित्रमा  विजय बराल मुख्य भूमिकामा छन्।विजय बरालसँगै प्रकाश सपूत,मुकुन भुसाल,अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ। महेश दवाडीले संवाद लेखेको सो चलचित्रका निर्माता विनोद पौड...
चक्रपाणि कथा प्रतियोगितामा जाजरकोटका शिवराज प्रथम

चक्रपाणि कथा प्रतियोगितामा जाजरकोटका शिवराज प्रथम

कला, ताजा अपडेट, ब्यानर-२, समाचार, साहित्य
२१ कार्तिक,काठमाडौं।चक्रपाणि राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०८१ मा जाजरकोटका शिवराज शाही ठकुरी प्रथम भएका छन्।उनको ‘सन्तानको फोटो’ कथाले प्रथम स्थान हासिल गर्न सफल बनाएको हो। मंगलबार चक्रपाणि स्मारक प्रतिष्ठानले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणि स्मारकस्थलमा आयोजना गरेको उत्कृष्ट कथा पुरस्कार समारोहमा कथाकार ठकुरीको सो कथाले उत्कृष्ट कथाको पुरस्कार प्राप्त गर्न सफल भएको प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलले जानकारी दिए। यसैगरि प्रतियोगितामा मध्यपुरथिमि नगरपालिका–१ लोहकिल्थली भक्तपुरका मनिषकुमार शर्मा ‘समित’ को ‘मैले नभित्र्याएकी बुहारी’ले दोस्रो र रुपक अलंकारको कथा ‘बङ्गाली बाबा’ले तृतीय पुरस्कार हासिल गर्न सफल भएको पनि उनले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने कथाका लागि ३० हजार,दोस्रो हुने कथाका लागि २० हजार र तेस्रो हुने कथाका लागि १० हजार नगद...

गोल्डेन नेपाली फिल्म अवार्ड डिसेम्बर २१ मा,एक महिना पछि स¥यो मिति

कला, ताजा अपडेट, मनोरन्जन, समाचार
४ कात्तिक,काठमाडौं ।पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड २०२४ आगामी पुस ६ गते (डिसेम्बर २१)मा आयोजना हुने भएको छ । अमेरिकामा आयोजना गर्ने भनिएको यो अवार्डको मिति एक महिना पछि सरेको हो ।नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिय चुनावलाई लक्षित गर्दै अवार्डको मिति सारिएको आयोजकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । चुनावले गर्दा पाहुनाको सुरक्षा र आवागमनमा हुने अप्ठयारोका कारण पूर्वनिर्धारित मितिभन्दा पछि सारिएको नेपालका संयोजक सुनिल कटुवालले जनाएका छन् । अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियास्थित रिचमन्ड मेमोरियल अडिटोरियमको ४०३ सिभिक सेन्टर प्लाजामा अवार्ड हुने जनाइएको छ ।२२ डिसेम्बरमा बार्केलेमा नेपाली कलासंस्कृति, भेषभुषा झल्कने झाँकीसहित प्रभातफेरि र नेपाल डे परेड आयोजना गरिने जनाइएको छ । सोही दिन साँझ नेपाली सेलिब्रेटीसँग ‘मिट एण्ड ग्रिट’ क्रुज पार्टी आयोजना गरिने जानकारी बिज्ञप्त...
सञ्चार सचिव अर्याल र चलचित्र बोर्डका अध्यक्ष डिसीबीच कार्यसम्पादन सम्झौता

सञ्चार सचिव अर्याल र चलचित्र बोर्डका अध्यक्ष डिसीबीच कार्यसम्पादन सम्झौता

कला, ताजा अपडेट, वातावरण, समाचार
३१, भदौ काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच कार्य सम्पादन सम्झौता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा सचिव अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष डिसीबीच चलचित्र विकास बोर्डले यो आर्थिक वर्षमा सम्पादन गर्ने कार्यहरूको सम्झौता भएको हो । सम्झौतामा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रमहरू आदि समावेश रहेका छन् ।उक्त सम्झौताको समयमा मन्त्री गुरुङ तथा सचिव अर्यालबाट मार्ग निर्देशन समेत गरिएको थियो । सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माण देखी मोफसलका सिनेमाको स्तरोन्नतिका समेत योजनाहरू समेटिएका छन् ।सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष डिसीले आगामी ६ महिनामा कार्यअवस्थाको प्रारम्भिक प्रतिवेदन बुझाउने प्रतिबद्धत...

मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

कला, ताजा अपडेट, वातावरण, समाचार
२७, भदौ काठमाडौं । उमङ्ग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छिन्। बुधवार साँझ सम्पन्न फिनालेबाट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै लामगाढेले ताज पहिरेकी हुन्। मिस विभाका इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिराएकी थिइन्। प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र इच्छा कार्की रहेका थिए भने कार्यक्रमको निर्देशकमा प्रशान्त ताम्राकार रहेका थिए। प्रतियोगितामा अस्मिता शाह, डा.काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरीको सहभागिता रहेको थियो।विजेताले आगामी अक्टोबर २५ ९कात्तिक ९० मा कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउने छन् ।...

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष डिसीद्वारा पदभार ग्रहण

कला, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१७, भदौ काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले आज पदभार ग्रहण गरेका छन् । उनले आइतबार सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा आवेदन दिँदै उनले फिल्म बजार विस्तार गर्ने, बक्स अफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताएका थिए । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।...

तीज संस्कृतिलाई पर्यटनसँग जोड्न महोत्सव

कला, ताजा अपडेट, वातावरण, समाचार
१६, भदौ काठमाडौं । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले तीज संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ यही भदौ २१ र २२ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ गर्नेभएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित हरितालिका तीज अवसरमा दोस्रो संस्करणको महोत्सव गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिए । नेपालको प्राचीन संस्कार, संस्कृति, कला र धर्मलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरिएको उल्लेख गर्दै उनले त्यसलाई यसवर्ष पनि निरन्तरता दिन लागेको बताउए। महोत्सवका अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुद, पर्यटन सम्बन्धित बहसलगायतका कार्यक्रम हुने महासचिव अनिता खड्का भट्टराईले जानकारी दिए । उनका अनुसार महोत्सवको पहिलो दिन बिहान १० बजे वाराहीचोकदेखि स...