कला

‘माइली’ को शुभसाइत गरियो

‘माइली’ को शुभसाइत गरियो

कला, मनोरन्जन, समाचार
काठमाडौं । प्रियंका कार्की र करिश्मा मानन्धरको शीर्ष भूमिका हुने फिल्म ‘माइली’को शुभसाइत गरिएको छ । मंगलबारदेखि छायांकन सुरु गरिने सो फिल्ममा बाबु बलामीले निर्देशन गर्ने भएका छन्। सो फिल्मको भद्रकाली मन्दिरमा मुहूर्त पूजा गरिएको छ।मुहूर्त पूजामा प्रियंकासहितका कलाकार र प्राविधिकहरु सहभागि थिए ।फिल्ममा शर्मिला मल्ल,कमला घिमिरे,सुष्मा लामा,अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी,सरिता भण्डारी,प्रितिका शर्मा,आश्मा पाण्डे र रेश्मा केसीको पनि अभिनय गर्ने भएका छन्। अभिनेत्री कार्की र यो फिल्मबाट डेब्यु गर्न लागेकी गायिका कमला घिमिरेले मुहुर्त सट दिएका  छन्।फिल्ममा प्रियंका र कमला आमाछोरीको भूमिकामा छन्। मकवानपुरकोवीरखर्क,कुलेखानी,काठमाडौं र युएईको दुबईमा फिल्म छायांकन हुनेछ।फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा,सम्बाद,राजेन्द्र बजगाइको संगीत,शिव ढकालको छायांकन,केवलमान स...
चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि आवेदन माग

चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि आवेदन माग

कला, बिशेष, मनोरन्जन, समाचार
काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ।मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको हो। बोर्डको अध्यक्ष पदका लागि  दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने मन्त्रालयले जनाएको छ। यस्तै मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना,विकास संरक्षण,संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा दश वर्ष कार्य गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण,संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा दश वर्ष कार्य गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने भनिएको  छ।भुवन केसीको दुईवर्षे कार्यकाल सकिएपछि अ...
वरिष्ठ लोक गायक जोशीको निधन

वरिष्ठ लोक गायक जोशीको निधन

कला, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, साहित्य
काठमाडौं ।  वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद ९एलपी० जोशीको निधन भएको छ। झापाको बिर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। बिहिवार राति ८:३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो । दमक –१ निवासी जोशीले ६६ वर्ष अगाडि गाएको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता चर्चित लोकगीत गाउनुभएको छ । जुन गीत अहिले पनि कालजयी मानिन्छ । एल।पी।जोशीको पूरा नाम लक्ष्मीप्रसाद जोशी हो । जोशी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार रहनुभएको थियो । जोशीले आफै सङ्कलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भए ।...
नागार्जुन–७ को जगन्नाथेश्वर मन्दिरमा २७ फिटको त्रिशुल स्थापना गरिदैं, त्रिदिवशिय प्राणप्रतिष्ठा पुजन जारी

नागार्जुन–७ को जगन्नाथेश्वर मन्दिरमा २७ फिटको त्रिशुल स्थापना गरिदैं, त्रिदिवशिय प्राणप्रतिष्ठा पुजन जारी

कला, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर–७ मा अवस्थित ऐतिहासिक मन्दिर ‘जगन्नाथेश्वर मन्दिर’मा पञ्चधातुद्धारा निर्मित २७ फिटको त्रिशुल स्थापना गरिने भएको छ । बिहिबार वडा नं ७,स्युचाटार,पानीटयांकीका ‘फूर्तिला महिला कृषक समुह’को आयोजना र काठमाडौंको ‘श्रीसूर्यनारायण प्रेम सेवा आश्रम’को सह–आयोजनामा वडा नं ७ सँगको समन्य र सहकार्यमा उक्त मन्दिरमा २७ फिट अग्लो त्रिशुलसहित नन्दी,घण्टा र गजुरको प्राण प्रतिष्ठा पुजनको शुरु गरेको समुहकी अध्यक्ष सुष्मा दवाडीले जानकारी दिइन्।साथै उनले १०८ त्रिशूल महाअभियानबाट सौजन्य स्वरुप सो त्रिशुल प्राप्त भएको बताइन्। त्रिदिवशिय सो कार्यक्रममा साउन ३ गते बिहिबार पहिलो दिन कलशयात्रा गरेर उल्लेख्य सहभागितामा भव्यताका साथ सम्पन्न गरेको समुहकी सचिव उर्मिला दवाडीले बताइन् ।सचिव दवाडीले सो कलशयात्रा जगन्नाथेश्वर मन्दिरबाट शुरु भ...
अर्जुन सापकोटा र लक्ष्मी शर्माको ‘बाँसको चोयाले’ गीत सार्वजनिक

अर्जुन सापकोटा र लक्ष्मी शर्माको ‘बाँसको चोयाले’ गीत सार्वजनिक

कला, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
मनिषा गुरुङ काठमाडौं।कलाकार अर्जुन सापकोटा र लक्ष्मी शर्माको स्वरमा ‘बासको चोयाले’ बोलको गीत बजारमा आएको छ। मन्जित पहाडीको युटुब च्यानलबाट बजारमा ल्याइएको यस गीतमा मायाप्रेमले मान्छेलाई छिनमै हास्ने र छिनमै रुनेसम्म बनाउँछ भन्ने भावलाई दर्साउन खोजिएको छ।‘बाँसको चोयाले,छिन मै हाँस्नी,छिन मै रुनी बनायो तिम्रो मायाले’जस्ता प्रेमी प्रेमीकाका वीचको सम्वाद वा मनोभावलाई उजागर गरिएको सो गितमा वासुदेव पोखरेल र रोहित सुनारको शब्द तथा मन्जित पहाडीको संगीत रहेको छ । मायाप्रेमको भाव उजागर गरिएको यस गीतलाई मालश्री स्टुडियोमा रेकर्ड गरिएको छ। गीतमा गोबिन्द पराजुली र सागर बाजुरालीको रेकर्ड र खडक बाजुरालीको मिक्सिङ रहेको जनाइएको छ। तिलक शाहीको निर्देशन रहेको उक्त गीतको भिडियोलाई रोसन भट्टको टिमले छयाँकन गरेका छन् ।भने,सुजन कोइरालाले भिडियोको कलर सम्पादन गरेको सोम्युजिक भिडियोमा कलाकार जुना का...
‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न

‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न

कला, ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
काठमाडौं ।‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्‍याडिशन होटेलमा सो समारोह सम्पन्न भएको हो । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष,महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभाअध्यक्षता सम्पन्न उक्त समारोहमा सभाध्यक्ष क्षेष्ठले विशेष अतिथी प्रख्यात अभिनेत्री जय प्रदालगायत नेपाल,भारत, युकेलगायत देशबाट आएका अतिथीहरुलाई स्वागत गर्दै समारोहलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई  धन्यवाद दिएकी थिईन। प्रतिनिधि सभाका उप–सभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतिय अभिनेत्री जय प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल तथा भा...

‘मिस ग्राण्ड नेपाल –२०२४’ आयोजना हुँदै,१९ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवतीहरुले आवेदन दिन सक्ने

कला, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, मनोरन्जन, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं। नेपालमा ‘मिस ग्राण्ड नेपाल–२०२४’ आयोजना हुने भएको छ । आइतबार उमङ्ग क्रिएशन प्रालिले काठमाडौंको सोल्टी मोडस्थित होटल सोल्टीमा एक पत्रकार सम्मेलन गरेर उक्त सौन्दर्य प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा उमङ्ग क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले आगामी भदौ ११ गते ‘मिस ग्राण्ड नेपाल –२०२४’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन्। उनका अनुसार सो सौन्दर्य प्रतियोगिताका लागि आवेदन फाराम खुला गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि हिजो असार ९ गते आइतबारदेखि असार ३१ गतेभित्र  आवेदन फारम भर्नका लागि १९ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवतीहरुलाई आव्हान गरिएको छ । आवेदकको उचाई कम्तिमा ५ फिट, ३ इन्च हुनु पर्नेछ ।उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम भर्न सकिने अध्यक्ष अधिकारीले बताएका छन् । पत्रकार सम्मेलनमा उनले सहभागिहरुले ...

बलिवुड अभिनेत्री सोनाक्षी आज वैवाहिक बन्धनमा बाँधिँदै

कला, ताजा अपडेट, बिशेष, समाचार, साहित्य
काठमाडोँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबाल आज विवाह बन्धनमा बाँधिँदै छन्। आजै सुरुमा उनीहरुले इन्गेजमेन्ट गर्नेछन्। त्यसपछि विवाह दर्ता गर्ने बताएका छन्। यसपछि आज साँझ शिल्पा शेट्टीको मुम्बईको दादरस्थित रेस्टुरेन्ट बस्टनमा रिसेप्सन पार्टी हुने बताइएको छ। आज हुने रिसेप्सन पार्टीमा वेब सिरिज ‘हिरामाण्डी’ को सम्पूर्ण स्टार कास्ट पनि सहभागी हुने बताइएको छ। सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन् । दुवैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो।...

करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

कला, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् । उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे । फागुन २४ देखि प्रसारण सुरू भएको पाँचौं संस्करणमा देशभरिबाट १ सय ५२ जना छानिएका थिए । उनीहरू मध्येबाट उत्कृष्ट १० चयन गरी त्यसबाट भोटिङको आधारमा टप ४ सम्म छनौट गरी फाइनलमा चार जनाबीच प्रतिष्पर्धा गराइएको थियो ।...
प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो –२०२४ सम्पन्न

प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो –२०२४ सम्पन्न

अर्थतन्त्र, कला, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
सीता पौडेल(अर्चना)  काठमाडौं ।आगामी वर्ष (मे ३०–३१ तारिख २०२५) मा दोस्रो संस्करण आयोजना गर्ने घोषणासहित काठमाडौंमा जारी प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट–२०२४) सम्पन्न भएको छ । समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना,नेपाल पर्यटन बोर्डको प्रवद्र्धन,काठमाण्डौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा सो दुई दिने एक्सपो सञ्चालन भएको थियो।  संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुक्रवार उद्घाटन गरेको नाइट–२०२४को  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शनिवार समापन गरेकी थिइन् । कार्यक्रममा  उपमेयर डङ्गोल र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले  नेपालको पर्यटन प्रवद्र्धनका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्य...