चौथो आदिवासी चलचित्र महोत्सव आजदेखि
काठमाडौं ।चौथो आदिवासी चलचित्र महोत्सव आज बुधबारबाट शुरु हुँदैछ। आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा महोत्सव शुरु हुन लागेको हो।
महोत्सवमा नेपालका लिम्बू, तामाङ,गुरुङ र मगरलगायत भाषाका चलचित्रका साथै अन्य देशका आदिवासीका चलचित्र तथा वृत्तचित्र पनि प्रदर्शन हुने महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिएका छन्।
चार दिनसम्म चल्ने महोत्सवमा उत्कृष्ट चलचित्र,वृत्तचित्र र लघु फिल्मलाई पुरस्कृत गरिने महासंघले जनाएको छ।
‘मौलिक आदीवासी चलचित्र निर्माणमा प्रोत्साहन,अन्तराष्ट्रियकरण गर्ने आदीवासी जनजाति चलचित्र महासंघको अभियान’ भन्ने नाराका साथ हुन लागेको सो आदीवासी फिल्म फेस्टिभलमा लिम्बू भाषाको सुगुप,तामाङ भाषाको दार्वुङ,गुरुङ भाषाको मार्कली,मगर भाषाको रोस,थारू भाषाको जितिया २,राजवंशी भाषाको मोख,भुजेल भाषाको जन्मेदेखि मृत्यु संस्कार,नर्वेको वि...






