स्वास्थ्य

चितवनमा पाँच सय बढीमा डेंगी सङ्क्रमण

चितवनमा पाँच सय बढीमा डेंगी सङ्क्रमण

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेंगी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेंगी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन भने एक सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए। उनका अनुसार लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । उनले भने, “सूर्य उदाएको दुई घण्टा अघि र अस्ताउने समयमा दुई घण्टा अघि लामखुट्टेले टोक्ने गर्छ । त्यो समयमा लामखुट्टेको सम्पर्कमा जो बढी गयो त्यसैलाई सङ्क्रमणको जोखिम रहन्छ ।” साउन यता जिल्लाका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा दुई सय ३६ जनामा डेंगी सङ्क्रमण देखिएको छ । यस्तै, भरतपुर महानगरपालिकामा एक सय सात, खैरहनीमा ११, रत्ननगरमा ४९, माडीमा तीन, राप्तीमा तीन र...
बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न गृह मन्त्री लेखक र भारतकी राज्यमन्त्री खडसे टिचिङ अस्पतालमा

बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न गृह मन्त्री लेखक र भारतकी राज्यमन्त्री खडसे टिचिङ अस्पतालमा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
काठमाडौं । गृह मन्त्री रमेश लेखक र भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिन टिचिङ अस्पताल पुगेका छन् । उनीहरूले शिक्षण अस्पतालमा गएर बिरामीहरूको सन्चोबिसन्चो र स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । दुर्घटनाबारे बुझ्न उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा आज बिहान काठमाडौँ आइपुगेकी हुन् । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।...
२४ घण्टापछि वीर अस्पतालमा आयो बिजुली

२४ घण्टापछि वीर अस्पतालमा आयो बिजुली

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
काठमाडौं । वीर अस्पतालमा अवरुद्ध भएको विद्युत् २४ घण्टापछि सुचारु भएको छ । बुधबार बिहान करिब १० बजेदेखि नै ट्रान्समिटर पड्केर अवरुद्ध विद्युत् बिहीबार बिहान १० बजेपछि सुचारु भएको अस्पतालले जनाएको छ । २४ घण्टा विद्युत् अवरोध हुँदा दन्त विभागको सेवा केही अवरोध भएको थियो । इमर्जेन्सी उपचार सेवामा जेनेरेटरको प्रयोग गरिएको अस्पतालले जनाएको छ ।...
पाठेघरको बायोप्सी निकाल्ने क्रममा भरतपुर अस्पतालमा एक महिलाको मृत्यु

पाठेघरको बायोप्सी निकाल्ने क्रममा भरतपुर अस्पतालमा एक महिलाको मृत्यु

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
५ भदौ,चितवन।चितवनको भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा(बायोप्सी) निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ। मंगलबार अस्पतालमा बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने)सूइ दिंदा उनको मृत्यु भएको हो। मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नं.५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल रहेकी छिन्।पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको थियो।उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको भएपनि बचाउन नसकिएको बताए। एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको पनि उनले बताए।तर मृतकका आफन्तहरूले भने अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन्। मृतक महिलाको एक छोरी र एक छोरा छन्।...
माछा मार्ने क्रममा दरमखोलाले बगाएर एक जान वेपत्ता

माछा मार्ने क्रममा दरमखोलाले बगाएर एक जान वेपत्ता

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
मनिषा गुरुङ ३२ साउन,बागलुङ ।बागलुङको कोगलकोट नगरपलिका भै बग्ने दरमखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर एक जना वेपत्ता भएका छन्। गलकोट नगरपालिका वडा नं ६ मा बस्ने ४२ वर्षीय रमेश परियारलाई दरमखोलामा माछा मार्ने क्रममा खोलाले बगाएको हो। इलाका प्रहरी कार्यालय हरीचौरका अनुसार बिहान ७ः३० बजेको समयमा माछा मार्ने क्रममा खोलाले बगाएर उनी वेपत्ता भएका हुन्। उनीसँगै माछा मार्न गएका २४ वर्षीय भाई मनोज परियारले दाजुलाई दरमखोलाले बगाएको भनी प्रहरीमा खबर गराएको प्रहरीको भनाई छ।त्यसलगत्तै प्रहरी,स्थानीय लगायतले खोजीकार्य जारी राखेका छन्।...
डोटीमा बस दुर्घटना, १७ जना घाइते

डोटीमा बस दुर्घटना, १७ जना घाइते

ताजा अपडेट, समाचार, स्वास्थ्य
३२ साउन,काठमाडौं ।डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायल सिलगढी नगरपालिका–४​ मा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको थियो। बसमा सवार सबै यात्रु घाइते भएका हुन्। बस सडकबाट करिब ३५ मिटर तल खसेको थियो।घाइतेहरूको उद्धार गरी उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल लगिएको बताइएको छ। दुर्घटना कसरी भयो भन्नेबारे बताइएको छैन।  ...
तारकेश्वर,१० को अक्वा त्रिदेव ब्राण्डको पानीमा कोलिफर्म

तारकेश्वर,१० को अक्वा त्रिदेव ब्राण्डको पानीमा कोलिफर्म

अर्थतन्त्र, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
जमुना धमला ३०साउन,काठमाडौं।तारकेश्वर नगरपालिका– १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इण्डष्ट्रीको उत्पादन ‘अक्वा त्रिदेव ब्राण्ड’बाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएको छ। कोलिफर्म भटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गराएको छ। महानगरका निरीक्षण अधिकृत डा.अवधेश झाका अनुसार साउन २५ गते गोङ्गबु क्षेत्रबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो।लिइएको नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। परीक्षण रिपोर्टअनुसार अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटिएको ड.झाले बताए।प्रति १०० मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ युनिट (सीएफयू) देखिएको उनको भनाई छ।तर यो शून्य हुनुपर्ने थियो।साथै यो व्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ।पानीको नमुनामा पानी...
१७ अस्पतालले पठाए ९ बुँदे निर्देशनको प्रगति विवरण

१७ अस्पतालले पठाए ९ बुँदे निर्देशनको प्रगति विवरण

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, स्वास्थ्य
२७, साउन काठमाडौं । संघीय सरकार मातहतका अस्पताल सुधार्न गरेको परिपत्र अनुसार १७ अस्पतालले निर्णय कार्यान्वयन थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन ४ गते मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखसँग ओपिडी सेवा दुई सिफ्टमा चलाउने, औषधि पर्याप्तता, अस्पतालको भिड व्यवस्थापनलगायत ९ बुँदे निर्णय गरेर कार्यान्वयनका लागि परिपत्र गरेको थियो । सोही निर्णयअनुसार आफ्नो मातहतका अस्पतालले सेवा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न विभिन्न उपाय अपनाउन थालेको मन्त्रालयले जानकारी दिएको हो । पहिलो चरणमा १७ वटा संघीय अस्पतालहरूबाट प्रगति विवरण प्राप्त भएको र बाँकी प्रतिष्ठान तथा अस्पतालबाट पनि विवरण आउने क्रम जारी रहेको जनाएको हो । अस्पतालहरूको विवरणमा भिड नियन्त्रण गर्न विस्तारित स्वास्थ्य सेवा, ओपिडी सेवाको समयावधि थप तथा...
रोटरी क्लब अफ काठमाडौं नर्थद्धारा निर्माणाधिन १०८फिट अग्लो शिवमूर्तिको पाउमा वृक्षारोपण

रोटरी क्लब अफ काठमाडौं नर्थद्धारा निर्माणाधिन १०८फिट अग्लो शिवमूर्तिको पाउमा वृक्षारोपण

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
सीता पौडेल (अर्चना) २७ साउन,काठमाडौं ।‘निजी स्वार्थ भन्दा माथि सेवा’ भन्ने रोटरीको मुल मन्त्रलाई आत्मसात् गर्दै आएको ‘रोटरी क्लब अफ काठमाडौं नर्थ’ ले भक्तपुरको कलामसिमा निर्माणाधिन अवस्थामा रहेको १०८ फिट अग्लो शिवको मूर्तिको फेदीमा वृक्षारोपण गरेको छ । शनिबार ‘ग्रीन भ्याली ग्रीन नेपाल’ सँगको सहकार्यमा कलामसीका स्थानीयहरुको सहयोगमा क्लबले विभिन्न प्रजातीका एक सय वटा बोटविरुवाहरु रोपेको क्लबका निवर्तमान अध्यक्ष सुवास घिमिरेले जानकारी दिए। धार्मिक,सांस्कृतिक तथा पर्यटकीय स्थलको रुपमा रहेको उक्त ठाउँमा गत वर्ष पनि क्लबले विभिन्न प्रजातीका १ सय ५० वटा विरुवा रोपेको थियो।भने,यस वर्ष कपुर,काइँयो, असारे,समी लगायत विभिन्न प्रजातीका १०० वटा बोट विरुवा रोपिएको उनले बताए। वृक्षारोपण कार्यक्रममा ग्रीन भ्याली ग्रीन नेपालका अध्यक्ष रोटरीयन भुवन श्रेष्ठले क्लबले वृक्षा रोपणको लागि...
सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल

सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
२७, साउन चितवन । चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा आफनो सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताए । हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उनले जानकारी दिए । क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गर्नुपर्ने आवश्यकता भएको हो । कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गरिने छ ।...