स्थानीय

विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर नगरपालिकामा  वृक्षारोपण र सरसफाई कार्यक्रम  सम्पन्न

विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर नगरपालिकामा वृक्षारोपण र सरसफाई कार्यक्रम सम्पन्न

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
२२, जेठ काठमाडौं । तारकेश्वर नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा “प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्न हाम्रो दायित्व” भन्ने नारा सहित विशेष वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना ब्रलाकोटी, सम्पूर्ण वडा अध्यक्ष तथा सचिवहरू, तारकेश्वर वातावरण शाखाका प्रमुख, स्थानीय संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागिता थिए ।   कार्यक्रम अन्तर्गत धर्मस्थल परिसर र आसपासका क्षेत्रमा विभिन्न प्रजातिका रूखहरू रोपिएका छन्, जसले वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, प्लास्टिक तथा अन्य कचराहरूको व्यवस्थित सरसफाई गरी क्षेत्रलाई स्वच्छ बनाइएको छ । कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जनले “यस प्रकारका सामुदायिक पहलहरूले न केवल वातावरण संरक्षणमा योगदान पुर्याउँछ, तर स्थानीयस्तरमा जनचेतना ...
रोटरी क्लब अफ काठमाडौं नर्थद्वारा कुलमाया भगवती माविका २० छात्रालाई शैक्षिक सहयोग

रोटरी क्लब अफ काठमाडौं नर्थद्वारा कुलमाया भगवती माविका २० छात्रालाई शैक्षिक सहयोग

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार, स्थानीय
सीता पौडेल  १८ जेष्ठ,भक्तपुर ।रोटरी क्लब अफ काठमाडौं नर्थले यस वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षामा महत्वपूर्ण योगदान दिंदै भक्तपुरको कुलमाया भगवती माध्यमिक विद्यालय,सिरुटारका २० जना छात्राहरूको पढाइमा सहयोग गरेको छ। यस कार्यक्रम अन्तर्गत छात्राहरूलाई  ४० थान पोशाक,२० थान ट्राकसुट, ४० जोर जुत्ता ,२० थान स्कुल ब्याग र एक वर्षसम्म पुग्ने आवश्यक शैक्षिक सामग्री लगायतको सहयोग प्रदान गरिएको क्लबका आइपीपी (इमिडेट पाष्ट प्रेसिडेन्ट) एवम् कार्यक्रम संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो ।  क्लबले  रोटरी वर्ष २०२२–२०२३ देखि सो विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर २० जना छात्राहरूलाई  निरन्तर रुपमा सहयोग गर्दै आएको उहाँले बताउनु भयो।क्लबले शनिबार  विद्यालय परिवार,सम्बन्धीत विद्यार्थी र उनिहरुका अभिभावकहरुविच  विद्यालयमा कार्यक्रमको आयोजना गरेर उक्त सहयोग प्रदान गरेको आइपीपी घ...
नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
८, जेठ काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यालयमा पठनपाठन गराउन सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार एक सय पूर्णांकसम्मको स्थानीय भाषामा पाठ्यपुस्तक तयार गरेर पढाउन पाइने प्रावधानअनुसार पाठ्यपुस्तक तयार गरी लागू गरिएको हो । आगामी वर्षको शैक्षिक सत्रदेखि कक्षा ६ सम्म स्थानीय भाषाको पाठ्यक्रम तयार गरी कार्यान्वयन गरिने उनले जानकारी दिए । अध्यक्ष यादवले भने, “अहिले कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यपुस्तक लागू गरेका छौँ । संविधान अनुसार मौलिक भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्ने दायित्व स्थानीय तहको भएकाले सोहीअनरुप काम गरिएको हो । आ...
बाटो निर्माण ढिलाइसम्बन्धी महानगर प्रमुखलाई ध्यानाकर्षण

बाटो निर्माण ढिलाइसम्बन्धी महानगर प्रमुखलाई ध्यानाकर्षण

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
६, जेठ गण्डकी । लेखनाथ उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका(२७, ३० र ३१ स्थित ताल्चोक क्षेत्रको बाटो निर्माण ढिलाइ भएको सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण गराएको छ । यहाँको करिब साढे तीन किलोमिटर दूरीमा बाटो निर्माण ढिलाइ भएकाले आवतजावतसँगै यहाँका पर्यटनमा नकारात्मक असर परेको भन्दै निर्माणलाई थीघ्रता दिनका लागि ध्यानाकर्षण गराइएको हो । संघका कार्यवाहक अध्यक्ष विक्रम कर्माचार्यको संयोजकत्वमा संघका पूर्वध्यक्ष बलराम ढकाल, संघका कार्यसमिति सदस्य एलपी ढुंगानालगायत टोलीले प्रमुख आचार्यसमक्ष तालचोक बेगनास ताल बाटोको ढिलासुस्तीबारे ध्यानाकर्षण गराएको हो । भेटमा महानगर प्रमुख आचार्यले वर्षा सुरु हुनुभन्दा अघि एकतर्फी बाटो तुरुन्तै सञ्चालनमा ल्याउने गरी काम गर्न निर्माण व्यवसायी तथा इञ्जिनियरलाई आग्रह गरे ।...
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
३, जेठ काठमाडौं । काठमाडौँ महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ । यही जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले जानकारी दिए। यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य कामपाको छ । कामपाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटिमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरूलाई तालिमको प्राथमिकतामा राखिएको पनि कामपाले जानकारी दिएको छ । अठार वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।...
बुढानीलकण्ठ वडा नं १ ले इएफएस फाइट नाइट सिक्स आयोजना गर्दै

बुढानीलकण्ठ वडा नं १ ले इएफएस फाइट नाइट सिक्स आयोजना गर्दै

कला, खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) ११ वैशाख,काठमाडौं । महिलाहरुको शसक्तिकरण र बाह्य सुरक्षाको लागि बुढानीलकण्ठ नगरपालिका (बुनपा) वडा नं १ ले वल्र्ड बाँक्सिङ (डब्लुविसी) मुई थाईसँगको सहकार्यमा ‘इएफएस फाइट नाइट सिक्स’ आयोजना गर्ने भएको छ । बुधबार बुनपाको सभाहलमा पत्रकार सम्मेलन गरेर वडा अध्यक्ष सुरेन्द्र लामाले सो खेल हुने बारे जानकारी दिएका हुन् । उक्त पत्रकार सम्मेलनमा अध्यक्ष लामाले महिला सुपर फलाइजेट मुई थाई राष्ट्रिय विभाग अन्तर्गत यहि वैशाख १३ गते (२६ अप्रिल,२०२५) का दिन बुनपाको लेमन ट्री प्रिमियर होटलको खेल मैदानमा  ‘डब्लुविसी मुई थाई न्याशनल च्याम्पियनसिप’ को लागि प्रतिष्पर्धा हुने बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सो खेल प्रतियोगितामा देशका पाँच प्रदेश र २१ जिल्लाबाट एपीएफ र नेपाल आर्मीका खेलाडीसमेत गरि ३० जना उत्कृष्ट खेलाडीहरुले आफ्नो प्रतिभा प्रदर्शन...
चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग

चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
१०,वैशाख काठमाडौं । चन्द्रागिरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रमअन्तर्गत आफ्ना तीन छिमेकी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न रु दश-दश लाख रकम उपलब्ध गराउने भएको छ । कीर्तिपुर नगरपालिकालाई कीर्तिपुर-४ स्थित थापागाउँ खरिबोट कुलो निर्माण गर्न चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाबाट सो कुलो क्षति भएको जनाइएको छ । यसैगरी पिपलामोड-निशाकोट–डुडेभञ्ज्जाङ सडक स्तरोन्नति गर्न धुनिबेँसी नगरपालिकालाई चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । चन्द्रागिरि(२ र धुनिबेँसी-९ को सिमानामा सो सडक रहेको छ । दक्षिणकाली नगरपालिका-८ स्थित टिमुरबोट-ओबी डाँडा-घंगेरी हुँदै फास्टट्रयाक जोड्ने मोटरबाटोका लागि चन्द्रागिरिले रु। १० लाख उपलब्ध गराएको हो । चन्द्रागिरि नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली ...
गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार

गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
५ वैशाख,काठमाडौं । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ। मायादेवी गाउँपालिका–१ पकडी स्थित उनको निवासमा गएराति गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। शौचालय गएर फर्कने क्रममा चौधरी माथि गोली प्रहार भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार अहिले उनको अवस्था खतरामुक्त छ।  ...
बालाजु बाइसधारा मेलाको तयारी पुरा,चिटिक्क प¥यो बालाजु बाइसधारा क्षेत्र

बालाजु बाइसधारा मेलाको तयारी पुरा,चिटिक्क प¥यो बालाजु बाइसधारा क्षेत्र

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल (अर्चना)२८ चैत्र,काठमाडौं ।हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारा (ल्हुती पुन्ही) मेलाको तयारी पुरा भएको छ ।यस अवसरमा बालाजु बाइसधारा परिसर सरसफाई,रंगरोगन र सजावट गरि चिटिक्क पारिएको छ । बालाजु बाइसधारा (ल्हुती पुन्ही) मेला व्यवस्थापन समितिले आज बिहिबार बाइसधारा परिसरमा पत्रकार सम्मेलन गरेर पर्सि ३० गते शनिबार,चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारा मेला व्यवस्थापनको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा समितिका संयोजक प्रकाश बलामीले काठमाडौं महानगरपालिका वडा नं १६ को बालाजुमा रहेको बाइसधारा धार्मिक,सांस्कृतिक,पर्यटकीय एवम् ऐतिहासिक दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको बताए। उनले बालाजु बाइसधारालाई नेवार समुदायले ल्हुती पुन्ही मेलाका रुपमा मान्दै आएको पनि उल्लेख गरे । वि.सं. १८१२ तिर (नेपाल संवत् ८७५ ) मा कान्तिप...
बुटवल–नारायणगढ सडक अवरुद्ध

बुटवल–नारायणगढ सडक अवरुद्ध

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
२८ चैत्र,काठमाडौं ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको नवलपरासी उबर्दघाट सुस्तापूर्वए जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको र आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी भएको पनि प्रहरीले जानकारी दिएको छ।...