बालाजु बाइसधारा मेला व्यवस्थापनको तयारी तिब्र,मेलाको महत्व के छ ?
सीता पौडेल (अर्चना )
२६ चैत्र,काठमाडौं ।हरेक वर्ष चैत्र शुक्ल पूणिमाको दिन लाग्ने बालाजु,बाइसधारा (ल्हुती पुन्ही) मेलाको व्यवस्थापनको तयारी तिब्र पारिएको छ ।
यहि चैत्र ३० गते शनिबारदेखि ५ दिनसम्म सञ्चालन हुने सो मेलामा आउने श्रद्धालु भक्तजनहरुको सुविधाको लागि बालाजु,बाइसधारा (ल्हुती पुन्ही) मेला व्यवस्थापन समितिले व्यवस्थापनलाई चुस्त तथा दुरुस्त पार्न राम्रो तयारी गरिरहेको समितिका संयोजक प्रकाश बलामीले जानकारी दिए ।
संयोजक बलामीले यस वर्ष शनिबारका दिन मेला शुरु हुने भएकाले पनि धेरै संख्यामा भक्तजनहरुको सहभागीता रहने कुरालाई मध्येनजर गर्दै व्यवस्थापनलाई निकै प्रभावकारी तवरबाट चुस्त तथा दुरुस्त बनाउने तयारी भएको पनि बताए ।यसका लागि समितिले विभिन्न उपसमितिहरु बनाएर काम गरिरहेको उनले स्पष्ट पारे ।
सोमबार सगरमाथाप्रेससँग कुराकानी गर्दै उनले प्राचीन धार्मिक,सांस्कृतिक,पर्यटकीय तथा...









