फागुन २१ : निर्वाचनको उत्सवमा नेपाल
२१ फागुन, काठमाडौं । आज फागुन २१ गते। आज प्रतिनिधिसभा सदस्य छनौट गर्ने दिन हो ।आकस्मिक रुपमा हुन लागेको यो निर्वाचनलाई पहिलापहिलाका निर्वाचनभन्दा विशेष मानिएको छ ।
आज बिहिबार नागरिकहरू यसलाई उत्सवको रुपमा लिएर मतदानमा सहभागी हुँदैछन् ।
जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको सो निर्वाचन सत्ता परिवर्तनसँग जोडिएको छ। पुरानो सत्ताबाट नयाँ सत्ताले सरकार गठन गर्ने अवसरका रुपमा यो निर्वाचनलाई हेरिएको छ ।
गत भदौको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य पारेर २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।
बिहीबारको निर्वाचनपछि जनताले चयन गरेको सरकार बन्ने छ । गत २७ भदौमा अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तय गरेका हुन् । यसलाई निर्वाचन आयोगले ‘संवैधानिक दायित्...









