समाचार

नेपाली कप्तान रोहितसँग झगडा गरेका बंगलादेशी खेलाडीलाई आइसीसीको कारबाही

नेपाली कप्तान रोहितसँग झगडा गरेका बंगलादेशी खेलाडीलाई आइसीसीको कारबाही

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।टी–२० विश्वकपमा नेपालली कप्तान रोहित पौडेलसँग झगडा गरेका बंगलादेशी खेलाडीलाई आइसीसीले कारवाही गरेको छ। फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो। तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ। सकिब सो खेलमा म्यान अफ द म्याचसमेत बनेका थिए। नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए। उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो। आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइदैन। दुई खेलाडीबीचको नोकझोक भएको थियो। तान्जिमले हातै हालेर रोहितलाई धकेल्न खोजेका थिए। सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउने क्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो। –  एजेन्सी...
पाँचमहिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिका विदेश गएपछि एक्लो महसुस गर्थे अजितले

पाँचमहिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिका विदेश गएपछि एक्लो महसुस गर्थे अजितले

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं।बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा आफैंले बोक्ने राइफलबाट गोली हानेर आत्महत्या गरेको भनिएका प्रहरी जवान अजित गोलेले पाँच महिनाअघि मात्रै इन्गेजमेन्ट गरेको खुलेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दान कार्कीले पनि ड्यूटीमै रहेका प्रहरी जवान गोलेले व्यक्तिगत सम्बन्धमा तनाव भएका कारण आफैंलाई निधारमा गोली हानेको प्रारम्भिक निष्कर्ष निस्किएको बताएका छन् ।प्रहरीको अनुसन्धान अनुसार प्रेमिकाले विदेश गएपछि आफूलाई बेवास्ता गर्दै आएको गुनासो पनि गोलेले गर्दै आएका थिए । गोलेले गर्दै आएको गुनासो र घटनाको तत्कालीन अवस्थाको विश्लेषणका आधारमा प्रहरीले प्रेमिकासँगकै विवादका कारण गोलेले आत्महत्या गरेको हुन सक्ने निष्कर्ष निकालेको छ ।प्रहरीले गोलेको मोबाइलका फेसबुक म्यासेन्ज र अन्य म्यासेजको पनि अध्ययन गरिरहेको छ । दोलखाको मेलुङ गाउँपालिका–४ निवासी २२ वर्षीय प्रहरी जवान उनले सुरक्षाका...
ललितपुर महानगरको नीति :सामाजिक तथा आर्थिक हिसाबले सम्भाव्य नरहेका योजनाको लगत कट्टा गरिने

ललितपुर महानगरको नीति :सामाजिक तथा आर्थिक हिसाबले सम्भाव्य नरहेका योजनाको लगत कट्टा गरिने

ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) ललितपुर ।ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव)०८१ ÷०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।बुधबार भएको ललितपुर महानगरपालिकाको ५ औं नगर सभामा महानगर प्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। मेयर महर्जनले सो नगर सभामा आगामी आवको ३३६ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर महर्जनले २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका साथै ‘सुन्दर ललितपुर नगरी स् घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गरिएको उल्लेख गरेका छन् । महर्जनले प्रस्तुत गरेको आव ०८१÷८२ को नीति तथा कार्यक्रममा महानगरपालिकाभित्र लामो समयदेखि अधुरा रहेका प्राविधिक,सामाजिक तथा आर्थिक हिसाबले सम्भाव्य नरहेका योजनाको लगत कट्टा गरिने उल्लेख गरिएको छ। त्यस्तै आगामी आवदेखि आयोजना बैङ्कबाट आयोजना छनोट गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा ग...
आगामी शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

आगामी शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं। मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो । योसँगै उपत्यकावासी यही शुक्रबार (पर्सि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उनको भनाइ छ ।...
२ अंकले बढ्यो नेप्से

२ अंकले बढ्यो नेप्से

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । लगातार घटिरहेको नेप्से परिसूचक बुधबार दुई अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज नेप्से २.२७ अंकले बढेर २०७८।७६ विन्दुमा बन्द भएको छ। मंगलबारका तुलनामा भने आज कारोबार रकम घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६५ करोड रूपैयाँ कमी आएको हो। मंगलबार चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार ८८४ रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रूपैयाँको सेयर कारोबार भएको छ। आज ३०८ वटा धितोपत्रको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ । बुधबार १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन नेपाल फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।...
काँग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

काँग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दल बोलाएको छ । काँग्रेसले शुक्रबार (असार ७) गतेका लागि बैठक बोलाएको हो । संसदीय दलका अनुसार बैठक संघीय संसद भवनमा रहेको संसदीय दल नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ। त्यसपछि अपराह्न ३ गते संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दल बैठक बस्ने जनाइएको छ ।...
संघीय संसदमा मृत भेटिएका प्रहरी जवानले आत्महत्या गरेको पुष्टि

संघीय संसदमा मृत भेटिएका प्रहरी जवानले आत्महत्या गरेको पुष्टि

ताजा अपडेट, समाचार
काठमाडौं । बुधबार बिहान संघीय संसदको शौचालयमा गोली लागेर मृत भेटिएका प्रहरी जवानले आत्महत्या गरेको पुष्टि भएको छ । काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका अजित गोलेले प्रेमिकासँगको विवादका कारण गोली हानेर आत्महत्या गरेको खुलेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले दुबईमा रहेकी प्रेमिकासँग विवाद हुँदा भिडियो कल गरेर गालेले आफैँले बोकेको राइफलले अनुहारमा गोली हानेर आत्महत्या गरेको देखाएको छ । प्रहरीका अनुसार उनले बिहान ८ बजेर २ मिनेट जाँदा गोली हानेका थिए । गोलेको ड्युटी बिहान ६ बजेदेखि १० बजेसम्म राखिएको थियो । गोलेले प्रेमिकालाई आफ्नै खर्चमा दुबई पठाएको समेत प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीको कार्यदलबाट बानेश्वर संसद् भवनमा खटिएका गोलेले बुधबार बिहान ड्युटीमै खटिएका बेला शौचालयमा पुगेर राइफलले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए ।...
चट्याङ लागेर किसोरीको मृत्यु

चट्याङ लागेर किसोरीको मृत्यु

समाचार, स्थानीय
विराटनगर । चट्याङ लागेर १६ वर्षीय एक किसोरीको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–४ की विपना महतोको चट्याङ लागेर मृत्यु भएको हो । मंगलबार बेलुका आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदुरपश्चिममा बढ्दै डेंगुको संक्रमण

सुदुरपश्चिममा बढ्दै डेंगुको संक्रमण

समाचार, स्वास्थ्य
कञ्चनपुर । सुदुरपश्चिम प्रदेशमा डेंगुको संक्रमण बढ्न थालेको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेंगुलगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्न थालेको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेंगुको संक्रमण पनि बढ्न थालेको छ । गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेंगुको संक्रमण देखिएको उनले बताए । सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना संक्रमति फेला परेको निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्यांकअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुईजनामा संक्रमण देखिएको छ ।...

मेलम्ची खानेपानीलाई दुई अर्ब अनुदान दिँदै एडीवी

अर्थतन्त्र, ब्यानर-१, समाचार
काठमाडौं । एशियाली विकास बैंक (एडीवी) ले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब (१९दशमलव७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीले २ अर्ब भन्दा बढी नेपाली रुपैंया अनुदानमा उपलब्ध गराएको हो । बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएको थियो । २ वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भएपनि मन्त्रीपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसंगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनोट प्रक्रिया अघि बढाएको छ ।...