समाचार

आठ महिनामा १५ सयभन्दा बढीमा एचआईभी संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौं । नेपालमा एक हजार ५ सय भन्दा बढीमा एचआईभी एड्स संक्रमण पुष्टि भएको छ। आइतबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षणअनुसार एक लाख ९७ हजार १६७ जनामा गरिएको परीक्षणमा एक हजार ५३६ जनामा एचआईभी पोजेटिभ देखिएको हो । यो चालु आर्थिक वर्षको फागुनसम्मको आकडा हो । सो अवधिमा ३५ हजार ४३ एचआईभी संक्रमितलाई एन्टी रेट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको छ। गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटी सिटी) कार्यक्रममा आवद्ध ६१ गर्भवती महिलासहित २३ हजार ७ सय ६० संक्रमितलाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो।...

बालुवाटारमा शीर्ष नेता र कार्यदलबीच बैठक सुरु

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना छानबिन गर्ने संसदीय समितिको कार्यादेश तय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरु र सहकारी अपचलन छानबीन समितिको कार्यदलबीच केही बेरअघि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक लगायत सहभागी रहेको बताइएको छ । यस्तै, नेकपा (एमाले)बाट कानून मन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन्। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णीम् वा...

सिरोहियाको तेस्रो पटक म्याद थप्ने तयारी

ब्यानर-२, राजनीति, समाचार
धनुषा । प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ । नागरिकता किर्ते कसुरमा जेठ ८ गते पक्राउ परेका सिरोहियालाई आज म्याद थप्न जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषा लैजाने तयारी गरेको हो । उनीमाथि अनुसन्धान गर्न अदालतले दुईपटक तीन–तीन दिनको म्याद थप गरेको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत र्लैजाने प्रहरीको तयारी छ । चिकित्सकको सल्लाह बमोजिम सिरोहियाको अवस्था हेरेर अदालत लगिने प्रहरीले जनाएको छ । उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएकाले सिरोहिया अस्पताल लगिएको थियो । सुरुमा उनलाई प्रादेशिक अस्पताल लग्दा त्यहाँका चिकित्सकले उनको अवस्था नर्मल रहेको बताएका थिए । तर सिटी स्क्यानको बहानामा उनलाई ...

आईपीएल २०२४ को उपाधि कोलकातालाई

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
एजेन्सी । आईपीएल २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले हाल पारेको छ । हिजो राति भएको अन्तिम खेलमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आईपिएलको उपाधि जितेको हो । फाइनल खेलमामा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको थियो । कोलकाताको यो तेस्रो उपाधि हो । पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो । त्यसभन्दा अघि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो । तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गरेको थियो।...

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

कला, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
मनिषा गुरुङ काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’को नयाँ ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपनदेखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ।१३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुनः प्रर्दशन गर्न लागेको हो। चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन।ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन।भने,सुनील पोखरेल,सौगात मल्ल,दयाहाङ राई,विपिन कार्की जस्ता अहिलेका सुपरस्टार कालाकारहरुलाई समेत देख्न सकिन्छ । रोशन राई निर्माता रहेको यस फिल्ममा प्...

नेपालमा रेमल चक्रवातको अप्रत्यक्ष असर सुरु

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपालमा रेमल चक्रवातको अप्रत्यक्ष असर देखिन थालेको छ । नेपालको पूर्वीं भागमा बंगालको खाडीबाट उत्पन्न चक्रवातको असर सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका मोरङ, झापा लगायतका जिल्लामा मौसम बदली भई वर्षा भइरहेको छ । आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न पहिलो चक्रवातको सीधा असर भने नेपालमा नपर्ने मौसमविदहरुको दावी छ । महाशाखाका अनुसार रेमल चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव पर्ने छ । यसको अप्रत्यक्ष असरले सोमबार र मंगलबार नेपालका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने बताइएको छ ।...

भोलि दिउँसो १ बजे बजेट भाषण

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार(भोलि) दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनार्थ भोलि दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने गरि प्रतिनिधिसभा सदस्यहरुलाई १५ मिनेट अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह गरेका छन्। बजेट अर्थमन्त्रीद्धारा प्रस्तुत हुने हुँदा यस आवको बजेट वर्तमान अर्थमन्त्री वर्षमान पुनद्धारा प्रस्तुत हुँदै छ। संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।...

बूढानीलकण्ठका मेयरसहित २ वडाध्यक्ष र सदस्य गरि ४ जना जनप्रतिनिधिलाई १ महिना कैद गर्न आदेश

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारी बूढानीलकण्ठका मेयरसहित २ वडाध्यक्ष र सदस्य गरि ४ जना जनप्रतिनिधिलाई १ महिना कैद सजाय सुनाएको छ। अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा।राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना भनेको छ । यसमा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई,वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो। उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ।‘माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरुले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेश गरेमा उक्त कैद असुल गर्न पर्दैन’ आदेशमा भनिएको छ। तर ६० दिनभित्र पनि संरचन...

शरणार्थी शिविरमा इजरायलको हवाइ आक्रमण,५० जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।इजरायलको आक्रमणमा परी गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा ५० जनाको मृत्यु भएको छ।कैयौँ घाइते भएको बताइएको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सो क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्ष्य गरी हवाइ हमला गरेको पुष्टि गरेको छ।अघिल्लो दिन हमासले रफाहबाट तेल अबिवतर्फ आठ रकेट प्रहार गरेको थियो, जुन जनवरीदेखि त्यस शहरमा पहिलो लामो दूरीको आक्रमण भएको बताइएको छ। हमासले इजरायली हवाइ हमलाले विस्थापित प्यालेस्टिनीका लागि रफाहको उत्तर(पश्चिममा रहेको शिविरमा आक्रमण गरेको बताएको छ।ज्यान गुमाउने अधिकांश महिला र बालबालिका छन् ।संयुक्त राष्ट्रसंघका अनुसार हाल सम्म रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन्। अक्टोबर ७ यता भएको इजरायलको एक हजार २०० व्यक्तिको मृत्यु भएको छ भने २५२ जनालाई गाजामा बन्धक बनाएर फिर्ता गरेको छ।गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयताक...

भ्रष्टाचार ढाकछोप गर्न सरकारबाट संगठित अपराध हुन थाल्यो : महामन्त्री शर्मा

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका प्रकरण ढाकछोप गर्न सरकारमा संगठित अपराध जस्तो प्रवृत्ति देखा पर्न थालेको बताएका छन्। आइतवार सहकारी ठगी प्रकरणलाई लिएर काठमाडौं उपत्यका स्तरिय प्रदर्शनका क्रममा भृकुटिमण्डपमा भएको खुल्ला सभालाई सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावनाका साथ अघि बढिरहेको बताए। ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न देश,श्रमजीवी,नागरिकको चिन्ताको बारेमा नभई सहकारी प्रकरणमा गृहमन्त्रीको रक्षा गर्नेमा केन्द्रित रहेको आरोप लगाए।उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि सहकारीमा आफूलाई बचाएर गिरी बन्धु टी स्टेट प्रकरणमा अध्यक्ष ओलीलाई बचाउने ध्याउन्नमा लागेको आरोप महामन्त्री शर्माले लगाएका छन्। उनले भने, ‘भ्रष्टाचारका प्रकरण ढाकछोप गर्न स...