समाचार

सिरहामा सुरक्षा व्यवस्था,थप सक्रिय बन्यो नेपाली सेना

सिरहामा सुरक्षा व्यवस्था,थप सक्रिय बन्यो नेपाली सेना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२७ भदौ,काठमाडौं । सिरहामा कफ्र्यु आदेश जारी भएपनि प्रदर्शन हुने सूचना पाएपछि नेपाली सेनाले चेकजाँचसहित सुरक्षामा कडाइ गरेको छ । अत्यावश्यक काम वाहेक मानिसहरुलाई सडकमा हिड्न समेत रोक लगाइएको छ । जिल्ला प्रशासनले मंगलबारदेखि नै जिल्लाका चारवटा नगरपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।...
आज  शुक्रबार दिउँसोको कर्फ्यु हट्यो,निषेधाज्ञा यथावत

आज शुक्रबार दिउँसोको कर्फ्यु हट्यो,निषेधाज्ञा यथावत

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
२७ भदौ,काठमाडौं।नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ ।आज शुक्रबार बेलुकी ७ बजेदेखि भोली शनिबार भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ। आज बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको सेनाले ११ बजेदेखि बेलुकी ५ बजेसम्म भने निषेधाज्ञा लागू हुने सेनाद्धारा जारी सूचनामा उल्लेख छ । निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै लगेपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो। उपत्यका बाहिरका केही जिल्लाहरुमा भने जिल्ला प्रशासन कार्यालयले कर्फ्यु तथा निषेधाज्ञा जारी गरेका छन् ।  ...
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुनःछलफल,होला त संसद विघटन् ?निस्केला त निकाश ?

अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुनःछलफल,होला त संसद विघटन् ?निस्केला त निकाश ?

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२७ भदौ,काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए ।सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो । त्यसैले आज शुक्रबार बिहान ९ बजेबाट पुन : छलफल सुरु हुन लागेको हो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोत बताउँछ ।जेनजी युवाहरूको समूहले संसद बिघटनलाई बटमलाइन बनाएका छन् । छलफलमा जेनजी युवाको प्रतिनिधिको रुपमा अधिवक्ता ओमप्रकाश अर्यालसमेत सहभागी थिए । अर्याल काठमाडौं महानगरपालिकाका मेयर ब...
आज पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू

आज पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू

ताजा अपडेट, ब्यानर-१, समाचार
२७ भदौ, काठमाडौं । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा आज शुक्रबार पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ । सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्ति अनुसार, आज २७ गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । भने,साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ । बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ । जेनजी युवाहरूले गत सोमबार र मंगलबार गरेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्देज विरुद्धमा गरेको शान्तीपूर्णंं आन्दोलनमा घुसपैठ भई प्रदर्शन उग्र बनेपछि यतिबेला देशभर कर्फ्यू र निषेधाज्ञा लागेको हो । हाल नेपाली सेनाले सुरक्षाको नेतृत्व गरिरहेको छ । सेनाले नयाँ सरकारको नेतृत्वका लागि पहल गरिरहेको छ । जेनजी युवाहरू नेतृत्वको विषय टुंगो लगा...
अमेरिकी राष्ट्रपति ट्रम्पका मित्र चार्ली कर्कको हत्या

अमेरिकी राष्ट्रपति ट्रम्पका मित्र चार्ली कर्कको हत्या

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार
२६ भदौ,काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका मित्र मानिने चार्ली कर्कको हत्या भएको छ।युटामा आयोजित कार्यक्रममा कन्जभर्टिभ अभियन्ता कर्कको गोली लागेर मृत्यु भएको हो।  कर्क अमेरिकाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा बहस कार्यक्रमका लागि परिचित थिए।कर्कले अमेरिकामा हुने सामूहिक हत्याबारे बोलिरहेका वेला नै घरको छतबाट प्रहार भएको गोली लागेको थियो।   कर्कको हत्याको घटनालाई राष्ट्रपति ट्रम्पले गम्भीररूपमा लिएका छन्। राजनीतिक हिंसाको संज्ञा दिँदै ट्रम्पले संलग्नलाई जसरी पनि खोज्ने पनि बताएका छन्। ...
त्रिविको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द

त्रिविको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द

ब्यानर-१, समाचार
भदौ २६ ,काठमाडौं । त्रिभुवन विश्व विद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गरेको छ । मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै कात्तिक ११ गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गरिएको आज त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गरेर जनाएको हो । रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले निकालेको सूचनामा हिउँदे बिदाबाट कटौती गर्नेगरि कात्तिक ११ गतेसम्मका बिदाहरू मिलाइएको जनाइएको छ ।...
रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो,२ जनाको मृत्यु

रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो,२ जनाको मृत्यु

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
२६ भदौ काभ्रेपलाञ्चोक । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएको थापाले बताए । प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन र नाराबाजीसहित जेल तोडेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन पर्‍यो’। प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहको छ । अहिले कारागार नियन्त्रणमा लिइसकेको छ।...
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

ताजा अपडेट, ब्यानर-१, समाचार
२६ भदौ, काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने सम्भावना छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग विहीबार बिहानदेखि छलफल हुने बताएका छन् । सो छलफलले आज निकास निकाल्ने उनले विश्वास व्यक्त गरे । नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए । हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका ...
काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यूकाे नयाँ तालिका सार्वजनिक (नियम सहित)

काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यूकाे नयाँ तालिका सार्वजनिक (नियम सहित)

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, राजनीति, वातावरण, समाचार
२६भदौ, काठमाडौं ।नेपाली सेनाले काठमाडौं ललितपुर र भक्तपुर जिल्लाको लागि कर्फ्यु र निषेधाज्ञाको नयाँ समय तोकेको छ । सेनाले यी तीन जिल्लामा अत्यावश्यक कार्यको लागि आवागमन गर्न सकिने समय पनि निर्धारण गरेको छ । हेर्नुहोस् ः नियम
विना काम घरबाहिर ननिस्कन नागरिकलाई सेनाले ग¥यो आग्रह

विना काम घरबाहिर ननिस्कन नागरिकलाई सेनाले ग¥यो आग्रह

ताजा अपडेट, बिशेष, समाचार
२५ भदौ, काठमाडौं ।सेनाले विना काम घरबाहिर ननिस्कन नागरिकलाई  आग्रह गरेको छ। काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ। सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सुरक्षाका लागि सेना तैनाथ भएका छन् ।...