२७ जेठ,काठमाडौं । आज बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि २ लाख ९१ हजार ८ सय रुपैयाँ सुनको मूल्य तोकेको छ।
आज चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७४० रुपैयाँ कायम भएको छ । ग...
जेष्ठ २६, २०८३, २१:२३ मा प्रकाशितजेष्ठ २६, २०८३, २१:२३ मा प्रकाशितजेष्ठ २६, २०८३, २१:२३ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२६ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अब हरेक फाइल खोल्ने घोषणा गरेका छन् ।
दोस्रोपटक गृहमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग गुरुङले अनुसन्धानमा रहेका फाइलाहरु शिघ्र टुंगोमा पुर्याउने बताए ।
‘हाल अनुसन्धानका क्रममा रहेका फाइलहरुलाई शीघ्र टुंगोमा पुर्याउने निर्देशन दिने,’ गृहमन्त्री गुरुङले भने । मन्त्रालयमा आएपछि गरेका निर्णय सुनाउने क्रममा उनले हरेक फाइल खोल्ने बताए ।
‘हरेक फाइल खोलिन्छ अब थ्याङ्क यू सो मच,’ उनले भने ।
गृहमन्त्री गुरुङले अब चरित्र हत्याको विषयलाई समेत गम्भीर ढंगले हेरिने जिकिर गरेका छन् ।
‘ ममाथि जेनजी आन्दोलनदेखि नै जति पनि आरोप लगाइयो म त थेग्न सकौंला । तर विशेषगरी कुनै नागरिकलाई अपमान गर्ने, चरित्रहत्या गर्ने प्रयास गरेको खण्डमा गृह मन्त्रालयमा एक दम संवेदशनील भएर सिरियस्ली हेर्नेछ,’ उनले भने ।
उनले चरित्र हत्याका कारण कोही नेपाली छोरीको ज्या...
जेष्ठ २६, २०८३, २१:१६ मा प्रकाशितजेष्ठ २६, २०८३, २१:१६ मा प्रकाशितजेष्ठ २६, २०८३, २१:१६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२६ जेठ, काठमाडौं । अर्थतन्त्र र भू–राजनीतिमा केन्द्रित रहेर काठमाडौंमा अर्को साता अन्तर्राष्ट्रिय सम्मेलन ‘बोधि संवाद’ हुने भएको छ ।
सेन्टर फर इकोनोमिक्स एन्ड स्ट्राटेजिक स्टडिज (सेसिफ) ले आउँदो मंगलबारदेखि शुक्रबारसम्म चार दिने सम्मेलन गर्न लागेको हो ।
सम्मेलनमा नेपालको आर्थिक विकासको सम्भावना र दक्षिण एशियामा विकसित हुँदै गएको भू–राजनीतिक परिवेशमा चीनको भूमिकाबारे नेपाली र विदेशी विज्ञहरूबीच प्यालन छलफल हुने सेसिफका अध्यक्ष एवं पूर्वराजदूत विजयकान्त कर्णले जानकारी दिए ।सो संवादमा विदेशी १६ जना स्कलरहरू पनि सहभागी हुनेछन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर सेसिफले बोधि संवादलाई आर्थिक,राजनीतिक तथा भूराजनीतिक परिवर्तनबारे गम्भीर र दूरदर्शी बहसको साझा मञ्चका रूपमा प्रस्तुत गर्ने बताएको छ ।
विश्वव्यापी रूपमा शक्ति सन्तुलन, प्रविधि र अन्तर्राष्ट्रिय सम्बन्धमा तीव्र परिवर्तन भइरहेको अ...
जेष्ठ २६, २०८३, ०७:३३ मा प्रकाशितजेष्ठ २६, २०८३, ०७:३३ मा प्रकाशितजेष्ठ २६, २०८३, ०७:३३ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२६ जेठ,काठमाडौं ।पछिल्लो समय सरकारी निकायका प्रतिवेदन र प्रयोगशालाका परीक्षणहरूले बाहिर ल्याएको तथ्यले दूधका माध्यमबाट हाम्रो भान्सामा ‘मन्द विष’ भित्रिरहेको देखाइरहेको छ।
बजारमा उपलब्ध दूध धेरै समयसम्म नबिग्रिने बनाउन र अत्यधिक नाफा कमाउनका लागि केही दुग्ध उद्योगी र संकलकहरूले मानव स्वास्थ्यमाथि गम्भीर अपराध गरिरहेका छन् ।
नेपाली बजारमा प्राकृतिक दूधको बदलामा कृत्रिम दूध तयार गरी बिक्री–वितरण भइरहेकोतथ्य भेटिएको छ ।
हालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एउटा दुग्ध उद्योगमा गरेको अनुगमन क्रममा यस्तै गम्भीर लापरबाही फेला पारेको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं र प्रहरी वृत्त जगातीको एउटा संयुक्त टोलीले सूर्यविनायक नगरपालिका सञ्चालित एक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड अनुगमन गर्दा उद्योगको प्रशोधन कक्षबाट दूधमा मिसावट ग...
जेष्ठ २६, २०८३, ०७:०८ मा प्रकाशितजेष्ठ २६, २०८३, ०७:०८ मा प्रकाशितजेष्ठ २६, २०८३, ०७:०८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२६ जेठ, काठमाडौं ।सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रायका लागि कानुन मन्त्रालय पठाइएको विधेयकमा ५५ वर्ष उमेर पूरा भएका निजामती कर्मचारीहरूलाई अवकाश दिने प्रस्ताव उल्लेख गरेको छ ।जसमा सेवा अवधि ३० वर्ष पुगेकाहरू पनि अवकाश हुनेछन
३० वर्षे योजना कार्यान्वयन भए २०५३ सालअघि संघीय निजामती सेवामा रहेका कर्मचारीहरू स्वतः अवकाश हुनेछन् ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एकदेव अधिकारी का अनुसार सरकारले तय गरेको रणनीति कार्यान्वयन भए संघीय निजामती सेवामा करिब ५५ सय जति कर्मचारीहरू अवकाश हुने अनुमान छ । उनीहरूले अवकाश हुँदा अतिरिक्त सुविधा पाउने छैनन् ।
निजामती किताबखानाले मन्त्रालयमा पठाएको विवरण अनुसार, अहिले संघीय निजामती सेवामा ५५ वर्ष उमेर कटेका ४ हजार १३५ जना कर्मचारी छन् ।त्यसमा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूको संख्या ...
जेष्ठ २५, २०८३, १३:३० मा प्रकाशितजेष्ठ २५, २०८३, १३:३० मा प्रकाशितजेष्ठ २५, २०८३, १३:३० मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२५ जेठ, काठमाडौं । सोमबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको सुन आज ९ सय रुपैयाँ घटेको हो ।
यो गिरावटसँगै सुनको भाउ ३ लाखमुनि झरेको छ ।सोमबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ छ । अघिल्लो दिन ३ लाख ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
तर चाँदीको भाउ १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०५ रुपैयाँ पुगेको छ ।...
जेष्ठ २४, २०८३, ०६:२९ मा प्रकाशितजेष्ठ २४, २०८३, ०६:२९ मा प्रकाशितजेष्ठ २४, २०८३, ०६:२९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
जेठ २४,काठमाडौँ । मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा आयोजित ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयक वक्तृत्वकला प्रतियोगितामा कुसुम अधिकारी प्रथम भएकी छन् ।
फाउन्डेसनले शनिबार काठमाठौंमा आयोजना गरेको ‘नेपालको महिला आन्दोलनकी नेत्री ‘मङ्गलादेवी सिंहको योगदानमा आधारित वक्तृत्वकला प्रतियोगिता’ मा अधिकारी प्रथम भएकी हुन् ।
प्रथम स्थान हाँसिल गर्न सफल अधिकारीलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै सो प्रतियोगितामा बिनिता तामाङ दोस्रो र शिवानी राउत तेस्रो भएकी छन् । दोस्रो र तेस्रो उपाधि हासिल गर्ने तामाङ र राउतलाई क्रमशः नगद रु १५ र रु १० हजार,मेडल र प्रमाणपत्र प्रदान गरिएकोछ ।
आरध्या घिमिरे,मान्यता धिताल र मनिषा खनालले प्रतियोगितामा सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उनीहरूलाई जनही रु पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ६० जनाले भाग ल...
जेष्ठ २२, २०८३, ०८:५४ मा प्रकाशितजेष्ठ २२, २०८३, ०८:५४ मा प्रकाशितजेष्ठ २२, २०८३, ०८:५४ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो ।
वातावरण संरक्षण,जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि आजको आवश्यकता रहेको छ ।
विश्व वातावरण दिवसका अवसरमा विभिन्न संस्थाहरुले आज शुक्रबार वृक्षारोपणसहित देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै छन् ।
स्विडेनको स्टकहोममा पहिलो पटक सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो ।
वातावरण संरक्षणका लागि विश्वका देशहरू एकै ठाउँमा उभिएको त्यो पहिलो ठूलो ऐतिहासिक पाइला थियो ।त्यही सम्मेलनको सम्झना र महत्त्वलाई कदर गर्दै संयुक्त राष्ट्रसंघले जुन ५ लाई ‘विश्व वातावरण दि...
जेष्ठ २१, २०८३, १३:५३ मा प्रकाशितजेष्ठ २१, २०८३, १३:५३ मा प्रकाशितजेष्ठ २१, २०८३, १३:५३ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२१ जेठ,काठमाडौँ ।सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) मुद्दामा फैसला गर्दै चेकमा लेखिएको रकम (बिगो) र सो को ब्याज समेत पीडितलाई भराउनुपर्ने आदेश दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्टी गर्दै उक्त आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ (क) को व्याख्या गर्दै भनेको छ— ‘चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको जानीजानी चेक काट्नु र त्यो अनादर हुनु आफैँमा कसुर हो ।यस्तो अवस्थामा धारक (चेक पाउने व्यक्ति) ले ड्रयर (चेक काट्ने व्यक्ति) बाट चेकमा उल्लेखित रकम र ब्याज भराई लिन पाउने कुरा कानुनले सुनिश्चित गरेको छ ।’
अदालतले थप व्याख्या गर्दै भनेको छ– ‘प्रतिवादीले ‘मैले जर्बजस्ती चेक काट्न लगाइएको हो’ वा ‘यो तमसुकको आधारमा होइन’ भनी जिकिर गरे तापनि सर्वोच्चले चेकमा भएको हस्ताक्षर र मि...
जेष्ठ २१, २०८३, १०:०० मा प्रकाशितजेष्ठ २१, २०८३, १०:०० मा प्रकाशितजेष्ठ २१, २०८३, १०:०० मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
२१ जेठ,काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेसँगको भेटपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्याउन नेपालको वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन्।
बुधबार रास्वपाका सभापति लामिछानेसँगको भेटलगत्तै आफ्ना सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनले सो विषय उल्लेख गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबिचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ।’
मोदीले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको समेत बताएका छन्। ...