ताजा अपडेट

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ,चुनाव सर्दैन : प्रधानमन्त्री

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ,चुनाव सर्दैन : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१ माघ,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको बताएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा यसबारे जानकारी दिएकी हुन् । पूर्वनिर्धारित समयमै निर्वाचन सम्पन्न गराउन सरकार क्रियाशील रहेको भन्दै उनले चुनाव सर्ने हल्लाबारेको भ्रममा नपर्न पनि सबै मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्न पनि सबैलाई आग्रह गरेकी छन् । कहीँ कतै केही कारणले निर्वाचन रोकिएमा दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने तथा हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भए पनि निर्वाचन गराउने प्रधानमन्त्री कार्कीको स्पष्टोक्ती छ । प्रधानमन्त्री...
बेनीदेखि दिल्लीसम्म बस सेवा सुरु

बेनीदेखि दिल्लीसम्म बस सेवा सुरु

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार, स्थानीय
२१ माघ,म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्लीसम्म बस सेवाको सुरुवात भएको छ।मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आज बुधबारदेखि देखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ,भैरहवा,अयोध्या,आग्रा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बस सेवाको शुभारम्भ गरेका छन्। “बेनीदेखि दिल्लीसम्म २७ घण्टामा यात्रा गर्न सकिन्छ”,उनले भने,“बेनीदेखि हरेक दिन बिहान ६ः४५ बजे र दिल्लीको सरोजनी नगरबाट साँझ ४ः०० बजे बस छुट्नेछ।” बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर कायम भएको छ । ४५ जनाको बसको क्षमता रहेको छ।बेनी–दिल्लीको दूरी १४ सय किलोमिटर छ । यस सेवाबाट म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका सर्वसाधारण लाभान्वित हुनेछन् ।यसअघि म्याग्दीबाट भारत ...
एकैदिन १४ हजार ४०० ले बढ्यो सुन

एकैदिन १४ हजार ४०० ले बढ्यो सुन

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२१ माघ,काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको भाउ फेरि हावात्तै बढेको छ ।बुधबार अघिल्लो दिनको तुलनामा  १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।हिजो मंगलबार प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो । त्यसैगरी,आज चाँदी पनि तोलामा २ सय ६५ रुपैयाँले बढेको छ ।मूल्य बढेसँगै  प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
आज विश्व क्यान्सर दिवस : विश्वमा हरेक वर्ष १० लाखको मृत्यु

आज विश्व क्यान्सर दिवस : विश्वमा हरेक वर्ष १० लाखको मृत्यु

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
२१ माघ,काठमाडौं ।आज विश्व क्यान्सर दिवस हो ।क्यान्सर रोगप्रति चेतना अभिवृद्धि गर्ने,यसको रोकथाम,समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर ‘विश्व क्यान्सर दिवस’ विविध चेतनामूलक कार्यक्रमहरु गरि मनाउने गरिन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान,तमाखु सेवन,अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् । अन्य कारणमा एचआइभीरएड्स, हेपाटाइटिस बी,एचपिभी भाइरस, एच पाइलोरी आदि रहेका छन्।विकिरण उत्पन्न हुने क्षेत्रमा काम गर्ने,रंग्याउने रसायन,एसबेस्टस तथा प्रदूषित वातावरण प...
रवि लामिछानेको अन्य दलहरुलाई चुनौती : देश अन्तिम सुनामीको तयारीमा छ,जो जो मिल्नु छ मिल

रवि लामिछानेको अन्य दलहरुलाई चुनौती : देश अन्तिम सुनामीको तयारीमा छ,जो जो मिल्नु छ मिल

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२१ माघ,काठमाडौं ।रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा आक्रमक स्टाटस लेखेका छन् । देश अन्तिम सुनामीको तयारीमा रहेको भन्दै उनले अन्य राजनीतिक शक्तिहरुलाई मनपरी नगर्न र देशलाई थप भडखालोमा नपार्न भन्दै दलहरुलाई व्याँग्यात्मक तवरले चुनौति दिएका हुन् । फागुन २१ मा हुने चुनावपछि देशमा प्रतिपक्षसमेत नयाँ हुनुपर्ने रविको भनाइ छ । सामान्य ठानेको चोटले सताएर केही दिन आराम गर्नुपरेको र आजबाटै सार्वजनिक जीवनमा फर्किन लागेको उनले बताएका छन् । रविले लेखेका छन्, ‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ ।मेरो खुला आग्रह छ( अझै पनि जो–जो मिल्नु छ, मिल।खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो,गर।अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखे...
चुनीखेल नयाँबस्तीको आगलागीबाट २४ परिवार विस्थापित

चुनीखेल नयाँबस्तीको आगलागीबाट २४ परिवार विस्थापित

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
२१ माघ, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ । मंगलबार राति करिब पौने ११ बजेतिरबाट सुरु भएको आगो सवा १ बजेतिरसम्म दन्किरहेको थियो ।काठमाठौं महानगर,बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा निभाइएको वडा अध्यक्ष टिकानारायण श्रेष्ठले बताए । वडाध्यक्ष श्रेष्ठले भने, ‘आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ । त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बस्नु भएको थियो, उहाँहरुको २४ परिवार थियो,सबै विस्थापित हुनुभएको छ’ ।   विस्थापित भएकाहरुलाई नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न,लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ। विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।आगलागीको क्षतिको विवरण निकाल्न बाँकी छ ।...
सरकारी कागजातमध्ये कुनै एक देखाएर मतदान गर्न पाइने

सरकारी कागजातमध्ये कुनै एक देखाएर मतदान गर्न पाइने

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२० माघ, काठमाडौं । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने बताएको हो । आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिर्वाय छ । मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ । मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र,राष्ट्रिय परिचयपत्र, राहदानी,सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।  ...
सुन तोलामा ३७ सयले बढ्यो

सुन तोलामा ३७ सयले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२० माघ,काठमाडौं ।नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ। आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम थियो। आज चाँदीको भाउ पनि बढेको छ ।चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम छ । सोमबार चाँदी ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।...
निर्वाचन आयोगमा मतदाताका गुनासै गुनासा

निर्वाचन आयोगमा मतदाताका गुनासै गुनासा

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२० माघ,काठमाडौं ।मतदाता,नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन आयोगमा कल सेन्टर छ ।निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहेमा निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ। माघ ५ गते स्थापना भएको कल सेन्टरमा स्थापनाको दुई सातामा एक हजार ६७७ वटा जिज्ञासा तथा प्रश्नहरू प्राप्त भएको आयोजले जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार,तीमध्ये मतदाता नामावली सम्बन्धी जिज्ञासा तथा प्रश्नहरूको संख्या ९०६ छ ।बाँकी निर्वाचन आचारसंहिता सम्बन्धी १३५ वटा, मतदाता शिक्षा सम्बन्धी ६१ वटा र अन्य ५७५ वटा रहेका छन् । एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरू होल्डमा रहनुपर्ने छैन।यसका लागि कल सेन्टरमा ६ वटा डेस्क राखिएको छ।निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावली सम्बन्धी जिज्ञासा तथा प्रश्नहरू मुख्यतस् चार प्रकृति...
निर्वाचनमा फैलिने मिथ्या सूचनाविरुद्ध अनलाइनखबर र नेपाल फ्याक्टचेकबीच सहकार्य

निर्वाचनमा फैलिने मिथ्या सूचनाविरुद्ध अनलाइनखबर र नेपाल फ्याक्टचेकबीच सहकार्य

ताजा अपडेट, ब्यानर-२, समाचार
२० माघ,काठमाडौं ।आगामी फागुनमा २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे सोसल मिडियामार्फत फैलिने मिथ्या सूचनाविरुद्ध अनलाइनखबर र नेपाल फ्याक्टचेकबीच सहकार्यको सहमति भएको छ। निर्वाचन अवधिमा फैलिने गलत तथा भ्रामक सूचनाको तथ्यजाँच गरी सही सूचना आमनागरिकसम्म पुर्‍याउने उद्देश्यसहित यो सहकार्य भएको हो। नेपाल फ्याक्टचेकका परियोजना प्रमुख उज्ज्वल आचार्य र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले सोमबार सहमति पत्रमा हस्ताक्षर गरेका छन्। ‘मिथ्या सूचनाले नेपाली समाज,राजनीति तथा विशेषगरी निर्वाचन प्रक्रियामा पार्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने सहकार्य भएको हो,’ दुवै संस्थाले भनेका छन् । निर्वाचनजस्तो संवेदनशील समयमा गलत सूचनाले लोकतान्त्रिक अभ्यासमा गम्भीर असर पार्न सक्ने भएकाले त्यसविरुद्ध सचेत पहल आवश्यक रहेको सम्झौता पत्रमा उल्लेख छ । सहमतिअनुसार नेपाल फ्याक्टचेकले अनलाइनखबर...