ताजा अपडेट

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू  : सर्वोच्च अदालत

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू : सर्वोच्च अदालत

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
२७ माघ,काठमाडौं ।सर्वोच्च अदालतले सवारी साधनहरूमा अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सरकारका नाममा आदेश दिएको छ। न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यातायात व्यवस्था विभागले २०८२ भदौ ३ गते जारी गरेको सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो। त्यतिबेला भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेपछि सो निर्णयविरुद्ध आवाज उठाउँदै अधिवक्ता रामबहादुर रावल सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले आइतबार जारी गरेको आदेशमा भनेको छ,‘सुविधा र सन्तुलनको दृष्टिकोणबाट समेत भौतिक मन्त्री ज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णय र यातायात व्यवस्था विभागको सूचना कार्यान्वयन नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरिएको छ ।’ सर्वोच्च अदालतले यातयातका साधनमा जडान गरिने इम्बोस्ड नम्बरको अक्षर र अंक दुवैमा नेपाली...
नेपालले अन्तिमसम्म दबाबमा राख्यो :म्यान अफ दि म्याच विल ज्याक्स

नेपालले अन्तिमसम्म दबाबमा राख्यो :म्यान अफ दि म्याच विल ज्याक्स

खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
२६ माघ,काठमाडौं । नेपाल विरुद्धको खेलमा अलराउन्ड प्रर्दशन गरेका ईंग्ल्यान्डका विल ज्याक्सले आफूहरुलाई अन्तिमसम्म दवावमा राखेको बताएका छन् । उनले विष्फोटक ब्याटिङ गर्दै १८ बलमा ३९ रन बनाएका थिए भने आफ्नो पार्ट टाइम स्पिनमार्फत कुशल भुर्तेलको महत्वपूर्ण विकेट लिएका थिए । प्लेयर अफ दि म्याचको पुरस्कार थापेपछि ज्याक्सले नेपाली टिमको उच्च प्रशंसा गरेका छन् । खेलको पिच अप्ठेरो भए पनि नेपाली ब्याटरहरुले स्पिनरलाई निक्र राम्रो खेलेको उनको प्रतिक्रिया छ ।  ज्याक्सले भने, ‘नेपाललाई पूर्ण श्रेय दिन्छु, उनीहरू वास्तवमै उत्कृष्ट थिए । पिच निकै कठिन थियो तर उनीहरूले स्पिनलाई राम्ररी खेले र हामीलाई हारको निकै नजिक पुर्‍याए ।बलिङतर्फ सन्दीप लामिछानेले आफू जादु देखाए । उनले १७ ओभरमा गरेको बलिङ नेपाली समर्थकले लामो समय सम्झिने छन् । खासमा यो मेडन ओभर हुनुपर्थ्यो, तर ‘मिस फिल्ड’का कारण ईंग्ल्यान...
एचपिभी खोप सुरक्षित छ,निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री सुधा गौतम

एचपिभी खोप सुरक्षित छ,निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री सुधा गौतम

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
मनिषा गुरुङ २५ माघ,काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभी) खोप अभियानको भिडियो सन्देशमार्फत सफलताको शुभकामना दिँदै खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गरेकी छन् । उनले ३० वर्ष भन्दामाथि सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउन समेत अनुरोध गरेकी छन् । “पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी भाइरसको सङ्क्रमण हो।उक्त भाइरसविरुद्धको खोपबाट यो रोग रोकथाम गर्न सकिन्छ”, मन्त्री डा. गौतमले भिडियो सन्देशमार्फत भनेकी छन् । पाठेघरको मुखको क्यान्सरलाई नेपालमा निवारण गर्ने उद्देश्यले गत वर्षदेखि एचपिभी खोपलाई नियमित अभियान अन्तर्गत सञ्चालन गर्दै आइएको पनि उनले जानकारी गराएकी छन् । यस्तै गत वर्षको खोप अभियानमा छुटेका किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाह...
नागार्जुन नगरपालिकाले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान संचालन गर्दै

नागार्जुन नगरपालिकाले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान संचालन गर्दै

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
मनिषा गुरुङ २५ माघ,काठमाडौं।नागार्जुन नगरपालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एच.पी.भी. खोप अभियान सञ्चालन गर्ने भएको छ। एच.पी.भी.खोप अभियान यही माघ २७ गतेदेखि फागुन ५ गतेसम्म नगरपालिका अन्तर्गतका विभिन्न सामुदायीक र संस्थागत विद्यालयहरुमा सञ्चालन हुने नगरपालिकाद्धार आज जारी सूचनामा उल्लेख छ। अभियान अन्तर्गत नगरपालिका भित्रका कक्षा ६ देखी १० सम्म अध्ययनरत छात्रा र किशोरीहरुलाई  सो खोप लगाइने भएको हो। एच.पी.भी.खोप अत्यन्त महँगो भएपनि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको र किशोरीहरुलाई पाठेघर सम्बन्धी रोगबाट जोगाउन यो अभियान अत्यन्त महत्त्वपूर्ण रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सोही दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आफ्नो पायक पर्ने उल्लेखित खोप केन्द्रमा गएर खोप लगाउन भनेको छ। हेर्नुहोस् सूचना :  ...
१०.२५ अंक घट्यो सेयर बजार,कारोबार साढे ११ अर्बमाथि

१०.२५ अंक घट्यो सेयर बजार,कारोबार साढे ११ अर्बमाथि

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२५ माघ,काठमाडौं ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १०.२५ अंक घटेको छ।०.३७ प्रतिशत गिरावट सहित सेयर बजार २६९८.४४ बिन्दुमा झरेको छ । आइतबार ‘अन्य’ र लगानी उपसूचक बाहेक अन्य सबै उपसूचकको मूल्य घटेको छ । आज सबैभन्दा धेरै २.१३ होटल र पर्यटन उपसूचकका लगानीकर्ताले गुमाएका छन्। आइतबार कुल ३ सय ३० धितोपत्रको १ लाख ११ हजार ९ सय ७८ कारोबारबाट २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच भएको छ। आइतबार कुल ११ अर्ब ६५ करोड ९७ लाख बराबर कारोबार भएको देखिएको छ।  ...
सुन तोलामा साढे ९ हजार बढ्यो,कति पुग्यो भाउ  ?

सुन तोलामा साढे ९ हजार बढ्यो,कति पुग्यो भाउ ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२५ माघ,काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको साता बिहीबार तोलामा ९ हजार ५ सय र शुक्रबार ४ हजार २ सय रुपैयाँले घटेको सुन आज फेरि ९ हजार ५ सय रुपैयाँले बढेको हो। महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको जनाएको छ । आइतबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदी ४ हजार ७ सय १० रुपैयाँ थियो । बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।...
काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा, एक्युआई १७५ पुग्यो

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा, एक्युआई १७५ पुग्यो

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२५ माघ,काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको हो। काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ। विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ। वातावरण विभागका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो। औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ। काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना,२०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको...
आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय : गृहमन्त्री

आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय : गृहमन्त्री

जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२२ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकभर सञ्चारको पहुँच विस्तार गर्दै आर्थिक समृद्धिमा नेपाल टेलिकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । नेपाल टेलिकमको २२औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्, भूकम्प तथा महामारीजस्ता सङ्कटका समयमा नेपाल टेलिकमले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । सेवा विस्तारसँगै डिजिटल सेवा,डिजिटल साक्षरता र समग्र देश विकासमा नेपाल टेलिकमले उल्लेखनीय योगदान पुर्‍याएको उनको भनाइ छ ।  “नविनतम प्रविधिको आधारमा गुणस्तरीय सेवा प्रवाह गर्नु समयको आवश्यकता भएको छ,” उनले भने,“नयाँ–नयाँ प्रविधिमा आधारित सेवाको विकास गर्दै सार्वजनिक दायित्व र नवप्रवर्तनलाई सन्तुलनमा राखेर गुणस्तरीय सेवा उपलब्ध गराउनु सेवाग्राहीको हक र अधिकार हो ।” सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकासको आधारस्तम्भ भएकाले यसतर्फ कम्पनीले...
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

ताजा अपडेट, ब्यानर-२, समाचार
२२ माघ,काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ । आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सो को आधारमा प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाअनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्य तालिका छ ।तर, आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेस नगरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ । राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानक...
प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२२ माघ,काठमाडौं ।सरकारले यस वर्ष तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते यो दिवस मनाउने निर्णय गरेको हो । आज बिहिबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरि यसका लागि मूल समारोह समिति पनि गठन गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने समितिमा गृह मन्त्रालयका सचिव सदस्य–सचिव छन् ।भने,नेपाल सरकारका मन्त्रीहरू, उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू,नेपाल सरकारका मुख्य सचिव,प्रधान सेनापति,नेपाल सरकारका सचिवहरू,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य छन् । मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्चमा गरिनेछ ।...