अन्नपूर्ण पोस्ट्ले मनायो वार्षिकोत्सव
काठमाडौं ।अन्नपूर्ण पोस्ट् दैनिक २३ वर्षमा प्रवेश गरेको छ।काठमाडौंको गैरी गाउँस्थित मुख्यालयमा एक समारोहको आयोजना गरेर पोष्टले २३ औं वार्षिकोत्सव मनाएको हो ।
पत्रिकाले वार्षिकोत्सवका अवसरमा काठमाडौं गैरी गाउँस्थित मुख्यालयमा आयोजित विशेष समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सबैको साथ र सहयोगलाई धन्यवाद दिँदै स्वतन्त्र र स्वच्छ पत्रकारिताका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनिन सफल भएकोमा गौरवान्वित महसुस गरेको बताए ।‘धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा कलम चलाएका छौं। छुट्टै पहिचान बनाउन सफल भएका छौं। साँच्चै नै गर्वको विषय हो यो,’ अध्यक्ष थापाले भने।
नेटवर्कअन्तर्गत आमसञ्चारका सम्पूर्ण माध्यम– अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण पोस्ट् डटकम अनलाइन, एपीवान टेलिभिजन र रेडियो अन्नपूर्ण सशक्त सञ्चार माध्यम सञ्चालन भएको अध्यक्ष थाप...









