बुढानीलकण्ठको नीति तथा कार्यक्रमस् ‘ बुढानीलकण्ठ’ बनाउन वहुआयामिक क्षेत्रलाई समेट्ने प्रयास
२६, जेठ काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ (सन् २०२५र२६) का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । “स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बुढानीलकण्ठ” को मूल मन्त्रलाई आत्मसात् गर्दै नगरपालिकाले पूर्वाधार विकास, सुशासन प्रवर्द्धन र नवप्रवर्तनमैत्री प्रविधिको प्रयोगमार्फत समृद्ध नगर निर्माण गर्ने लक्ष्य राखेको छ ।
नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रमले आर्थिक, सामाजिक, पर्यावरणीय र प्राविधिक क्षेत्रलाई समेट्दै नगरवासीको जीवनस्तरमा परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । नगरपालिकाले यो नीति नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, संघीय तथा बागमती प्रदेशका नीति र दिगो विकास लक्ष्यमा आधारित रहेर तयार गरेको जनाएको छ । विभिन्न समितिका सिफारिस, राजस्व सुधार कार्य योजना र नगरपालिकाको दीर्घकालीन योजनालाई समेत समावेश गरिएको छ। नीतिमा सहभागितामूलक योजना निर्म...









