ताजा अपडेट

भूमिसम्बन्धी विधेयक चाँडै पारित हुन्छ स् प्रधानमन्त्री ओली

भूमिसम्बन्धी विधेयक चाँडै पारित हुन्छ स् प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाइ तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको हो । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसहितको छलफलमा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दस वर्षदेखि बसोबास र अन्य सरकारी जग्गा नपाएका नागरिकलाई भूमिहीन, सुकुम्वासी पहिचान गर्ने तथा अव्यवस्थित बसोबासीका हकमा कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्ति जमिनामा आवादरकमोद गरेर बसोबास गरिरहेको हुनुपर्ने मापदण्ड तयार गरिएको जानकारी गराए ।...
बूढानीलकण्ठ नगरपालिकाले उन्नत बोका वितरण गर्ने

बूढानीलकण्ठ नगरपालिकाले उन्नत बोका वितरण गर्ने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
२५, जेठ काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले चालू आर्थिक वर्ष २०८/८२ अन्तर्गत सञ्चालन हुने उन्नत बोका वितरण कार्यक्रममा सहभागी हुन इच्छुक किसान, फार्म, समूह तथा सहकारी संस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ । पशु सेवा शाखाले सार्वजनिक सूचना जारी गर्दै ५० प्रतिशत लागत साझेदारीमा आधारित उक्त कार्यक्रमका लागि सात दिनभित्र आवेदन दिन आग्रह गरेको हो । नगरपालिकाभित्र व्यावसायिक बाख्रापालन गरिरहेका किसान, दर्ता भएका निजी फार्महरू तथा सहकारी संस्थाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ । पशु सेवा शाखाले गुणस्तरीय उन्नत बोका वितरणमार्फत बाख्रापालन व्यवसायलाई व्यवसायिक र आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याएको जनाएको छ। आवेदन दिन चाहनेहरूले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र, व्यवसाय दर्ता तथा नविकरण प्रमाणपत्र, प्यान दर्ता तथा कर चुक्ता प्रमाणपत्र, संक्षिप्त कार्ययोजना, कार्यान्वयन क्षेत्रको जग...
३ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

३ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२५, जेठ काठमाडौं । नेपाली बजारमा आज (आइतवार) सुनको मूल्य घटेको छ । तोलामा तीन हजार रुपैयाँले घटेर आज १ लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार एक लाख ९३ हजार सात सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदी पनि घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर आज तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार चाँदीको मूल्य तोलाको दुई हजार एक सय ५० रुपैयाँमा कायम भएको थियो ।...
देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२५, जेठ काठमाडौं । निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन थालेका छन् । ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा कर्मचारीहरुले आजदेखि आन्दोलन थालेका हुन् । निर्देशक समितिमा नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन् । यो निर्देशक समितिको जेठ २० गतेको बैठकले संघीय निजामती सेवा ऐन प्राप्तिका लागि आन्दोलनका कार्यक्रम तय गरेको थियो । अम्बादत्त भट्टको अध्यक्षतामा बसेको सो बैठकले जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका सबै राष्...
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक

‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक

ताजा अपडेट, राजनीति, समाचार
२५, जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतवार मध्याह्न १२ बजे बस्ने गरी बैठक बोलाइएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको सन्दर्भमा ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् ।...
बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
२५, जेठ काठमाडौं । काठमाडौँ महानगरपालिका–६ स्थित बौद्ध रामहिटीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजेतिर टिप्परको ठक्करबाट नाम नखुलेका करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । बागमती प्रदेश–०१–००६ ख ५५०८ नम्बरको टिप्पर चालक काभ्रे मण्डदनेउपुर नगरपालिका–६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । चालकलाई मण्डनदेउपुरबाट आइतबार बिहान नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको एसपी बोहराले जानकारी दिए ।...
अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि

अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, जेठ काठमाडौं । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुन लागेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । अनेरास्ववियुमा पहिलो पटक ३२ वर्षे उमेरहद लागू भएको छ । जसले गर्दा अध्यक्षका हालका चार जना उपाध्यक्ष र एक जना महासचिव त्यो दौडबाट बाहिर छन् भने अध्यक्षका चार जना सचिवहरू प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा एमालेले भने सहमतिको आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएको छ । चार जनाले नै आफ्नो दाबेदारी नछाडेको खण्डमा भने मतदानमार्फत नेतृत्व चयन गरिने अध्यक्षका दाबेदार तथा हालका सचिव डाक्टर सुजन कडरियाले जानकारी दिए । ३२ वर्षे उमेरहद लागू भएपछि पाँच जना सचिव मात्रै अध्यक्षका लागि दाबेदार मानिएका छन् । ती मध्ये आरती भट्टराईले महासचिवमा दाबी प्रस्तुत गरे...
अमेरिकाबाट डिपोर्ट भएका ४० भन्दा बढी नेपाली चार्टर्ड विमानबाट आज काठमाडौं आउँदै

अमेरिकाबाट डिपोर्ट भएका ४० भन्दा बढी नेपाली चार्टर्ड विमानबाट आज काठमाडौं आउँदै

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, जेठ काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका ४० जनाभन्दा बढी नेपाली आजै चार्टर्ड विमानमार्फत काठमाडौं आउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उनीहरु सवार विमान आइतबार अपराह्न ४स्१५ बजे अवतरण गर्ने तालिका रहेको छ। विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता तथा वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आउने पुष्टि गरे पनि सङ्ख्या भने यकिन नभएको बताए। “हामीलाई १०–१२ दिनअघि नै नेपालीहरु डिपोर्ट हुनेबारे जानकारी आएको थियो, तर सङ्ख्या यकिन थिएन,” न्यौपानेले भने, “विमान अवतरणपछि मात्रै यकिन सङ्ख्या थाहा हुन्छ।” अध्यागमन स्रोतका अनुसार डिपोर्ट हुने नेपालीको सङ्ख्या ४० भन्दा बढी हुन सक्ने अनुमान छ। सुरुमा ४८ जनालाई डिपोर्ट गर्ने तयारी भए पनि केहीको प्रक्रिया रोकिएकाले सङ्ख्या घट्न सक्ने बताइएको छ। अमेरिकाले चार्टर्ड गरेको उक्त विमानले डिपोर्ट गरिए...
ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र

ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२५, जेठ काठमाडौं । काभ्रेस्थित पनौतीवासी त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल (यही जेठ २६ देखि २८गतेसम्म) हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रही आएको छ । यहाँका वुढापाकाहरु ‘जेष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यता राख्दछन् । जात्रा मनाएको चार दिनदेखि पनौतीमा हुरीबतास चल्छ, अनि वर्षा सुरु हुने मान्यता समेत रहेको छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको यहाँका स्थानीयवासीसँग अनुभव पनि छ । स्थानीय बुढापाकाको भनाइमा जिल्लाको पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ । जात्रा सोमबारदेखि सुरु हुँदैछ । अहिले यसको तयारी चलिरहेको छ । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले य...
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
२५, जेठ कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रिय स्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’को उपाधि रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने बस्नेत र न्यौपानेले जनही रु। ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पुरस्कार प्रदान गरिन् । पुरुषतर्फ बस्नेतले ३१ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गरे भने महिलातर्फ न्यौपानेले ३७ मिनेट ४२ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । त्यसै गरी, पुरुषतर्फ दोस्रो हुने नरेन्द्रसिंह रावतले ३१ मिनेट ३८ सेकेन्ड, तेस्रो हुने मिङमार सिंगी तामाङले ३१ मिनेट ५७ सेकेन्ड, चौथो हुने कर्णबहादुर रोका मगरले ३२ मिनेट सात सेकेन्ड र पाँचौँ...