ताजा अपडेट

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
२५, जेठ कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रिय स्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’को उपाधि रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने बस्नेत र न्यौपानेले जनही रु। ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पुरस्कार प्रदान गरिन् । पुरुषतर्फ बस्नेतले ३१ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गरे भने महिलातर्फ न्यौपानेले ३७ मिनेट ४२ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । त्यसै गरी, पुरुषतर्फ दोस्रो हुने नरेन्द्रसिंह रावतले ३१ मिनेट ३८ सेकेन्ड, तेस्रो हुने मिङमार सिंगी तामाङले ३१ मिनेट ५७ सेकेन्ड, चौथो हुने कर्णबहादुर रोका मगरले ३२ मिनेट सात सेकेन्ड र पाँचौँ...
वंशीय सत्ताको पक्षमा एमाले छैन : नेता पोखरेल

वंशीय सत्ताको पक्षमा एमाले छैन : नेता पोखरेल

ताजा अपडेट, राजनीति, समाचार
२५, जेठ काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समय एमाले पार्टीप्रति भ्रम छर्ने कोशिस भइरहेको बताएका छन् । नेकपा (एमाले) ओखलढुंगा–लिखु सम्पर्क मञ्चको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले एमाले पार्टी देश र जनताप्रति सधै उत्तरदायी रहेको बताएका हुन् । उनले एमालेले तीनवटा विषय कहिल्यै नगर्ने बताए । उनले एमालेले जन्मसिद्ध नागरिकलाई कहिल्यै पनि शासन चलाउने अधिकार नदिने प्रतिबद्धता व्यक्त गरे । उनले दोस्रोमा एमाले वंशको परम्पराको आधारमा शासन चलाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । वंशलाई आधार मानेर शासन चलाउन दिने पक्षमा एमाले कहिल्यै नरहेको र अब पनि नरहने स्पष्ट पार्दै पोखरेलले पूर्वराजा पक्षको सपना पूरा नहुने बताए । एमाले नेता पोखरेलले एमाले पार्टी कहिल्यै पनि अनिर्वाचित सत्ताको पक्षमा नरहेको बताएका हुन् । उनले राजाको पालामा र अहिलेको तुलना गर्दा देशम...
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२५, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाइ फर्कनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ हुने विश्वास पनि व्यक्त गरे। “जीवन विकास सामुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्थाको हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ । दुनियाँमा कमै मात्र यस्ता अस्पताल हुन्छन् ।’’, प्रधानमन्त्री ओलीले भने, “दुई सय श्यैयाबाट तीन सय श्यैयामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा हुन सकोस् । सरकार आवश्यक सहयोग गर्न तयार छ ।’’सो अस्पतालका अध्यक्ष एवं मोरङ–५ का संघीय सां...
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, जेठ काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश ग...
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२५, जेठ काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सो प्रणालीको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गत जेठ १५ गते रातिबाट नेपालको पूर्वबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ । दिउँसो कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहे...
देवघाट गाउँपालिका –२ मा साना किसानलाई मौरीको घार वितरण

देवघाट गाउँपालिका –२ मा साना किसानलाई मौरीको घार वितरण

अर्थतन्त्र, कृषि, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
२४,जेठ चितवन । देवघाट गाउँपालिकाले वडा नं–२ का साना किसानलाई मौरीका घार वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)’ अन्तर्गत पालिकाले ८० प्रतिशत अनुदानमा किसानलाई मौरीका घार वितरण गरेको गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगरले बाताउनु भयो । उहाँका अनुसार गाउँपालिकाले वडा नं–२ स्थित तालबारी र सिम्लेकका २८ जना किसानलाई तीन दिन मौरी पालनसम्बन्धी तालिम दिएपछि अनुदानमा मौरीसहितको घार वितरण गरेको हो । किसानलाई व्यावसायिक मौरी पालनकै माध्यमबाट आत्मनिर्भर बनाउन र  आर्थिकरुपमा विपन्न रहेका परिवारको आयस्रोत बढाउने पालिकाकाले लिएको छ।  वडा नं–२ का अध्यक्ष मीनबहादुर रानामगरले देवघाट गाउँपालिकाको वडा नं–२ कृषिका लागि ज्यादै उर्वर भूमि रहेकोले सो वडामा मौरी पालन व्यवसाय  फष्टाउने बताउनुभयो ।...
नेपालगञ्जमा धुमधामले मनायो बकर इद

नेपालगञ्जमा धुमधामले मनायो बकर इद

ताजा अपडेट, वातावरण, समाचार
२४, जेठ नेपालगञ्ज । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज विपी चोकको इदगाहमा धुमधामले मनाइएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार इदगाहमा भेला भएर सामूहिक नवाज पढिएको छ । इदगाहभित्रको स्थान साँघुरो भएका कारण अधिकांश इदगाह बाहिर सडकमा बसेर नवाज पढेको देखिन्थ्यो । बिहानै स्नान गरेर नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले जानकारी दिए । उनले यसको विशेषता भनेकै गरिब समुदायको उत्थान भएको उल्लेख गर्दै कुर्बान अर्थात् बलि गरिएको मासुलाई तीन भागमा विभाजन गरेर इष्टमित्र, आफन्तजन र गरिब, विपन्न समुदायलाई वितरण गरिने बताए। हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामला...
अमेरिकामा घरभित्रै मृत भेटिए ४ नेपाली

अमेरिकामा घरभित्रै मृत भेटिए ४ नेपाली

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, समाचार
२४, जेठ काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली मृत फेला परेका छन् । प्रहरीका अनुसार एकै घरका उनीहरु घरभित्रै मृत फेला परेका हुन् । मृत्यु हुनेमा सन्तोष परियार ३८, अञ्जु श्रेष्ठ ३६ र उनका दुई सन्तान ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन् ।घटना बिहीबार राति पौने ११ बजेको हो । घरको तल्लो तलामा बस्ने उनीहरुसँग सम्पर्क हुन छाडेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जाँच गर्दा चारै जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ । ‘हालसम्मको अनुसन्धानबाट हेर्दा यो घटना हत्या गरेर आत्महत्या गरिएको हुन सक्ने देखिएको छ’, मनासस पार्क प्रहरीले भनेको छ । तर, कसले गोली चलायो भन्ने बारेमा प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा केही खुलाएको छैन ।छिमेकीहरूका अनुसार सन्तोषको परिवार करिब ६ महिनाअघि मात्र उक्त घरमा भा...
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
२४, जेठ काठमाडौं । काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइपाउँ भन्ने रहेको छ । कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइपाउँ भन्ने र त्यसको ५० प्रतिशत सहकारीसँगै सम्बन्धित विषय रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । जसमा समयमा बहाल नतिरेको कारण घरकोठा खाली गराइपाउँ, बहाल कर नतिरेको कारण सो तिराइ घरकोठा खाली गराइ पाउँ, सहकारीको कारण घरमा भएको क्षतिको पूर्ति गराई खाली गराइपाउँ, आफ्नो बचत समेत सहकारीमा रहेकोले सो रकम र भाडा समेत उपलब्ध गराई सहकारी हटाइ पाउँ, सहकारी कार्यालयमा घरधनीले ताला लगाइदिएको कारण कार्यालय सञ्चालन गर्न सहजीकरण गरीपाउँ, दुई प्रकारको सम्झौता खारेज गरी बहाल कर तिराइ पाउँजस्ता विवाद बढी आएका छन् । कामपा कार्य क्षेत्र भएर लामो समयदेखि बन्द अवस्थामा रहेका सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्रक...
‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’-मन्त्री अधिकारी

‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’-मन्त्री अधिकारी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, जेठ काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत थप कार्यक्रम अगाडि बढाएको बताएका छन् । एग्री प्रडक्ट नेपालले सञ्चालन गरिरहेको ‘रैथाने कृषि हाटबजार’ को एक सयौँ हप्ता सम्पन्न गरेको अवसरमा आज आयोजित कार्यक्रममा उनले सरकार रैथाने बाली संरक्षण र परम्परागत कृषि सीप संरक्षणमा क्रियाशील रहेको बताए । मन्त्री अधिकारीले पछिल्लो समय स्थानीय उत्पादन, परम्परागत बाली र त्यसको उपभोगका विषयमा जागरण आइरहेको उल्लेख गर्दै अब अत्यावश्यक खाद्यवस्तुको आयात प्रतिस्थापन गर्ने गरी व्यावसायिक विकासमा केन्द्रित हुनुपर्ने बताए । “पहिले दुई छाक भात खान नपाउँदा गरिब भएको महसुस हुन्थ्यो, हाल दुई छाक भात खानुपरे पीडा महसुस हुन्छ, थोरै उत्पादन होस् तर रोग नलाग्ने विषादीरहित खाद्यवस्तु खान पाइयोस् भन्ने चेतना...