ताजा अपडेट

बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, जेठ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद) ले राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व बकर इदको पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले सो विश्वास व्यक्त गरेका हुन् । मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने र खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई इद उल अज्हाको नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एकापसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ । उनले भने, “विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वको विभिन्न स्थानमा छरि...
वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२४,जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढी-पहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गरेका हुन् । “वर्षायाममा बाढी-पहिरोजस्ता विपत्तिको जोखिम बढी हुन्छ । विपद्बाट बच्न हर समय सजगता चाहिन्छ”, प्रधानमन्त्री ओलीले भनेका छन्, “यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ । चनाखो बनौँ, सुरक्षित रहौँ ।”...
नेकपा (एमाले) बागमती प्रदेशस्तरीय प्रचार सञ्जाल गठन,राष्ट्रिय हितमा डिजिटल प्रचारको स्पष्ट कार्यदिशा तय

नेकपा (एमाले) बागमती प्रदेशस्तरीय प्रचार सञ्जाल गठन,राष्ट्रिय हितमा डिजिटल प्रचारको स्पष्ट कार्यदिशा तय

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल २४ जेठ,भक्तपुर ।नेकपा (एमाले) बागमती प्रदेशमा १०१ सदस्यीय प्रचार सञ्जाल गठन भएको छ । एमाले बागमतीको प्रचार तथा प्रकाशन विभागद्वारा यहि जेठ २२ र २३ गते भक्तपुरको डोलेश्वरमा आयोजित प्रचार कार्यशालाबाट सो सञ्जालको औपचारिक गठन गरिएको एमाले बागमती प्रदेशकी उपसचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्त कुमारी लामाले जानकारी दिनुभयो । प्रमुख लामाका अनुसार सो सञ्जालमा बागमतीको प्रचार तथा प्रकाशन विभागका पदाधिकारी तथा सदस्यहरु, सहभागी १३ वटै जिल्लाका जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा सचिवहरु,प्रेस चौतारी नेपालका,केन्द्रीय अध्यक्ष तथा माहासचिव,प्रेस चौतारी नेपाल–उपत्यका प्रदेशका अध्यक्ष तथा महासचिव, प्रेस चौतारीको १३ वटै जिल्लाका अध्यक्ष तथा सचिवहरु, विभिन्न जनसंगठनका अध्यक्ष तथा सचिवहरु लगायत सूचना तथा सञ्चारको क्षेत्रमा अब्बल व्यक्तित्वहरु आबद्ध सञ्जाल गठन गरि...
ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह

ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२३,जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रूपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयवासीले आग्रह गरेका छन् । काठमाडौँको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयवासीको प्रमण्डलले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा ऐतिहासिक सुन्धारा तथा धरहरा क्षेत्रमा खुला बगैँचा, मुद्रा तथा भूकम्प संग्रहालय र देशकै सबै भन्दा ठुलो भूमिगत सुविधायुक्त पार्किङसहित नयाँ धरहरा निर्माण गर्न विशेष पहल गर्नुभएकोमा स्थानीय बासिन्दाको तर्फबाट धन्यवाद पनि दिइएको छ । सुन्धाराको सिरानमा रहेको जग्गामा कर्मचारी सञ्चय कोषले विक्रम संवत् २०४४ मा दुई तल्ले भूमिगत पार्किङसहित कार्यालय भवन बनाउन जग खन्दा त्यहाँ प्राकृतिक रूपले २४ सै घण्...
मनसुनजन्य विपदबाट सुदूरपश्चिमका २ लाख बढी मानिस प्रभावित हुने अनुमान

मनसुनजन्य विपदबाट सुदूरपश्चिमका २ लाख बढी मानिस प्रभावित हुने अनुमान

ताजा अपडेट, वातावरण, समाचार
२३,जेठ काठमाडौं । यस वर्षको मनसुनजन्य विपदबाट सुदूरपश्चिमका दुई लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। अछाममा आयोजना गरिएको विपद् जोखिम व्यवस्थापन सुशासन, ऐन, नीति, योजना र कार्यविधि स्वमूंल्याकन कार्यशालामा यो वर्षको मनसुनमा सुदूरपश्चिमका दुई लाख २७ हजार ७३६ जना मानिसहरू प्रभावित हुने अनुमान गरिएको तथ्यांक प्रस्तुत भएको छ । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वातावरण तथा विपद् व्यवस्थापन शाखाका अधिकृत सन्तोष कुमार खत्रीले प्रस्तुत गरेको तथ्यांक अनुसार सुदुपश्चिमका ९ जिल्लाका मनसुनजन्य घटनाबाट प्रभावित हुने ५२ हजार ११२ घरपरिवारका दुई लाख २७ हजार ७३६ जनसंख्या रहेको छ। तथ्यांक अनुसार कञ्चनपुरमा सबै भन्दा बढी ३६ हजार ८९६ क्रमशः कैलालीमा ३२ हजार २८०,बैतडीमा ३२ हजार १२४,बाजुरामा ३० हजार ७६६, डडेलधुरामा २९ हजार ५९३, डोटीमा २० हजार ८६९, बझाङमा १६ हजार ९३, ...
स्वास्थ्य बीमामा राष्ट्रसेवक कर्मचारीको सहभागिता अनिवार्य बनाउँदै सरकार

स्वास्थ्य बीमामा राष्ट्रसेवक कर्मचारीको सहभागिता अनिवार्य बनाउँदै सरकार

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
२३, जेठ काठमाडौं । सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्तरिक तयारी थालेकोे छ । मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने विषय उल्लेख गरेको थियो । स्वस्थ्य बीमा ऐन २०७४ मा भएको व्यवस्था अनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागू गराउन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपाल सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभागमा पहल थाल्ने निर्णय गरेका छन् । यसैगरी, प्रदेश सरकार मातहतका निकाय, विभाग तथा कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत पहल गर्ने निर्णय मन्त्री पौडेलले गरेका छन् । सबै स्थानीय तहहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पहल गर्ने निर्णय भइसकेको छ । मन्त्रालयले सरकारी तल...
विपक्षी दलहरूको बैठक जारी

विपक्षी दलहरूको बैठक जारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, जेठ काठमाडौं । विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक सुरु भएको हो । जहाँ माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको हो । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै मागेको विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन् । तर, सत्तापक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा सरकारले छुट्टै अनुसन्धान गर्ने प्रति...
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल

विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२३,जेठ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक रहेको बताएका छन् । नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औँ जन्म जयन्तीका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सिपवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका हुन् । राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गरे । उनले विद्यालय तह देखिनै बालबालिकालाई आधुनिक समयको माग अनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए । ...
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक

गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२३,जेठ काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक आवश्यक हुने बताए । गैरआवासीय नेपालीलाई नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको नागरिकता दिइने लेखकले बताए । विभिन्न मन्त्रालयहरूमा राय, परामर्शहरूका लागि पनि विधेयक गइसकेको र सरकारले चाँडै मन्त्रीपरिषद्को सहमतिका साथ सदनमा लैजाने उनले बताए । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो टुङ्ग्याउन उनले आग्रह गरे । नागरिकता विधेयक टुङ्गिएसँगै विभिन्न पीडामा रहेका नागरिकहरूको समस्या समाधान हुने बताए ।...
मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्छ : देउवा

मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्छ : देउवा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३,जेठ धनुषा । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमतिअनुसार छिट्टै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए। “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, काँग्रेस नेतृत्वमा सरकार बन्छ”, उनले भने ।...