ताजा अपडेट

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
२३, जेठ काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न कामपाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ । विश्व वातावरण दिवसका अवसर पारेर बिहीबार ड्यासबोर्ड सार्वजनिक गरिएको हो । ड्यास बोर्डबाट कामपा क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पिएम दुई दशमलव पाँच र वायु गुणस्तर सूचकाङ्कको विवरणलाई वास्तविक समयमा हेर्न सकिने कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सीता राईले जानकारी दिए। यसबाट अहिले कुन ठाउँमा वायुको गुणस्तरको अवस्था के छ भन्ने जानकारी पाउन सकिन्छ, कामपा स्वस्थ्य सहरका लागि थालेका प्रयत्नमध्ये यो एउटा महत्त्वपूर्ण प्रयास हो प्रमुख राईको भनाइ छ ।वायु गुणस्तरको अवस्थालाई विभिन्न छवटा रङले अवस्था सङ्केत गरिएको छ । जसमा हरियो रङ राम्रो अवस्थाको सङ्केत हो । पहेँलो रङ...
आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’

आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
२३, जेठ झापा । ‘युवाहरूको सशक्तीकरण स् जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आजदेखि भद्रपुरमा दोस्रो नगर युवा सम्मेलन हुन लागेको छ । भद्रपुर नगरपालिका, नगर युवा परिषद्को आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा नगरभित्रका १६ देखि २४ वर्ष उमेर समूहका दुई सय २० जना युवा सहभागी हुने नगरप्रमुख गणेश पोखरेलले बताए । सम्मेलनमा युवाहरूको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि युवाहरूमा सकारात्मक उत्प्रेरणा मिल्ने नगरप्रमुख पोखरेलले विश्वास व्यक्त गरे । साथै विश्वव्यापी जलवायु प्रभाव, स्थानीय विकासमा युवा सहभागिता र युवा अभियानबारे युवाहरूको परिचालनको अवगत गराई स्थानीय युवा परिचालनको अवस्थामा सुधार ल्याउन सम्मेलनले सहयोग पुर्‍याउने नगरप्रमुख पोखरेलले बताए । सम्मेलनमा वैज्ञानिक, समाजिक अभियन्ता, कवि, कलाकारलगायत सम्बन्धित विषयका वि...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२३, जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, ...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै,यस्ता छन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै,यस्ता छन् कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२३, जेठ काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १:०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने छन् । यस्तै, राष्ट्रिय सभाको बैठक आज दिउँसो १स:१५ बजे बस्ने छ । सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ ।...
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२३, जेठ काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान जनाएको छ । उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदे...
विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर नगरपालिकामा  वृक्षारोपण र सरसफाई कार्यक्रम  सम्पन्न

विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर नगरपालिकामा वृक्षारोपण र सरसफाई कार्यक्रम सम्पन्न

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
२२, जेठ काठमाडौं । तारकेश्वर नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा “प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्न हाम्रो दायित्व” भन्ने नारा सहित विशेष वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना ब्रलाकोटी, सम्पूर्ण वडा अध्यक्ष तथा सचिवहरू, तारकेश्वर वातावरण शाखाका प्रमुख, स्थानीय संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागिता थिए ।   कार्यक्रम अन्तर्गत धर्मस्थल परिसर र आसपासका क्षेत्रमा विभिन्न प्रजातिका रूखहरू रोपिएका छन्, जसले वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, प्लास्टिक तथा अन्य कचराहरूको व्यवस्थित सरसफाई गरी क्षेत्रलाई स्वच्छ बनाइएको छ । कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जनले “यस प्रकारका सामुदायिक पहलहरूले न केवल वातावरण संरक्षणमा योगदान पुर्याउँछ, तर स्थानीयस्तरमा जनचेतना ...
सत्य तथ्य प्रवाह गरी पार्टीमाथिको चौतर्फी आक्रमणलाई रोक्नु पर्छ : शंकर पोखरेल

सत्य तथ्य प्रवाह गरी पार्टीमाथिको चौतर्फी आक्रमणलाई रोक्नु पर्छ : शंकर पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
जमुना धमला २२, जेठ काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्वको सरकारले राम्रा काम गरेपनि पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका छन् । नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालामा उनले पार्टी र सरकारप्रति गलत सूचना सम्प्रेषण भइरहेको बताए । महासचिव पोखरेलले भने, “अहिले सामाजिक सञ्जालको दुरुपयोग गरी एमाले माथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ । सरकारको नेतृत्व माथि आक्रमण भइरहेको छ । नेतामाथि प्रहार भइरहेको छ । यसलाई एमाले प्रचार विभागले चिरेर जानुपर्छ ।”मूलकको समृद्धि र विकासको नेतृत्व गर्न, मुलुकमा सुशासन कायम गर्न सरकारले काम गरिरहेको उल्लेख गरे। एक वर्षभित्र विकासशील राष्ट्रमा प्रवेश गर्ने १० मूलक मध्ये नेपाल पहिलो...
एकीकृत समाजवादीका नेताहरू छलफलमा

एकीकृत समाजवादीका नेताहरू छलफलमा

ताजा अपडेट, राजनीति, समाचार
२२, जेठ काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरू छलफलमा बसेका हुन् । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।...
सरकारले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरणको प्रक्रिया अघि बढाउँदै

सरकारले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरणको प्रक्रिया अघि बढाउँदै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, जेठ काठमाडौं । गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्न सरकारले प्रक्रिया अघि बढाएको बाएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । हालसम्म जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागकिरता दिने व्यवस्था छ । समितिको बैठकमा बिहीबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ताहरूसँग छलफल भएको हो । सो बारेमा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले जिल्ला सदरमुकाम टाढा हुने र आवतजावतमा झमेला र खर्चिलो हुने भएकाले झनै जटिलता हुने स्थितिलाई मध्यनजर गर्दै सरकारले नजिकको इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता प्राप्त हुन सकोस् भनेर इलाका प्रशासन कार्यलयबाटै पनि नागरिकताको व्यवस्थापन गर्नेकुरा अगाडि बढाइएको जानकारी दिए । त्यसको लागि शाखा अधिकृत सबै इलाका प्रश...
माधव नेपालको सांसद पद स्वतः निलम्बन

माधव नेपालको सांसद पद स्वतः निलम्बन

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२२, जेठ काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।...