वातावरण

तीन करोडभन्दा महँगो जग्गा सिधै किन्न नपाइने

तीन करोडभन्दा महँगो जग्गा सिधै किन्न नपाइने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
३० असोज,काठमाडौंं । तीन करोडभन्दा महँगो जग्गा अब सिधै किन्न नपाइने भएको छ। सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै तीन करोड रुपैयाँ भन्दा धेरैको मूल्यको कारोबारमा संस्थागत कारोबारलाई अनिवार्य गरेको हो । यस अनुसार अब इजाजतपत्र प्राप्त गरेको संस्थालाई ब्रोकर बनाएर मात्रै यस्तो खरिदबिक्री गर्नु पर्नेछ ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा मालपोत ऐन,२०३४ को दफा २६ क र २६ख को प्रयोजनका लागि मन्त्रिपरिषद्ले घरजग्गा कारोबारसम्बन्धी नयाँ मापदण्ड जारी गरेको जनाएको छ। यो व्यवस्था हालका लागि महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा हकमा मात्रै अनिवार्य गरिएको छ ।क्षेत्रफल भने निर्धारण भइनसकेको मन्त्रालयले जनाएको छ।...
मौसम पूर्वानुमान : दिउँसो यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना,राति भने मुख्यतया सफा

मौसम पूर्वानुमान : दिउँसो यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना,राति भने मुख्यतया सफा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३० असोज,काठमाडौं। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । बागमती,गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । उता आज राति भने, देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।...
आजको मौसम : यो प्रदेशमा हल्का वर्षाको सम्भावना,अन्य स्थानमा सफा रहने

आजको मौसम : यो प्रदेशमा हल्का वर्षाको सम्भावना,अन्य स्थानमा सफा रहने

ब्यानर-१, वातावरण, समाचार
२९ असोज,काठमाडौं। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उता आज राति भने, देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ ।...
भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु

भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु

अर्थतन्त्र, ब्यानर-१, वातावरण, समाचार
२८ असोज,काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा भएको उक्त एक्स्पोकोपुष्प विकास केन्द्र र वनस्पति विभाग प्रवर्द्धक रहेको छ । मेलामा विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल लगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको छ । आयोजकका अनुसार मेलामा ७० वटा स्टल छन् ।मेलामा ३५ हजारको संख्याले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ। मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० विद्यार्थीहरूको लागि निःशुल्क रहेको छ ।  ...
तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

अर्थतन्त्र, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२६ असोज,काठमाडौं ।नेपालीहरुको दोस्रो ठूलो चाड तिहार जिकिँदै गर्दा देशका विभिन्न स्थानका बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ। यस पटक तिहार आगामी कात्तिक १ गतेदेखि सुरु हुँदैछ ।तर,तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको व्यापारीहरू बताउँछन् । राजधानीका मुख्य व्यापारिक क्षेत्रहरू न्युरोड,असन,इन्द्रचोक,भोटाहिटी,लगनखेल,बानेश्वर,कोटेश्वर,थिमिलगायत स्थानमा तिहारको सामान किन्ने ग्राहकको चाप दिनप्रतिदिन बढ्दै जान थालेको त्यहाँका व्यापारीहरुको भनाई छ। अहिले माटोका पाला(दियो) झिलिमिली बत्ती,सप्तरङ्गी टीका,मखमली फूलका माला,लक्ष्मी पूजामा प्रयोग हुने सामग्री,भाइमसला, अमला, ढाका टोपी, भाँडावर्तन र लुगा कपडा किनमेल गर्ने गरेको असनका व्यापारी बताउँछन्। व्यापारीहरु भन्छन् “अहिले यहाँका बजारमा तिहारको किनमेल गर्नेका कारण रौनक बढ्दै गएको छ।तिहारक...
मौसम पूर्वानुमान : यस्तो हुने छ आजको मौसम

मौसम पूर्वानुमान : यस्तो हुने छ आजको मौसम

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२६ असोज,काठमाडौं। हाल देशभर मौसम प्रणालीको प्रभाव न्युन छ । मौसम पूर्वानुमान महशाखाका अनुसार आज आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महशाखाले जनाएको छ ।  उता आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाको भनाई छ ।...
लेकसाइडको सुरक्षा र पर्यटन विकासका लागि तीन दर्जन समिति गठन

लेकसाइडको सुरक्षा र पर्यटन विकासका लागि तीन दर्जन समिति गठन

अर्थतन्त्र, पर्यटन, ब्यानर-२, वातावरण, स्थानीय
२४ असोज ,पोखरा ।पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ध्यानमा राख्दै होटल संघ पोखराले लेकसाइड र ड्यामसाइड क्षेत्रका विभिन्न सडक तथा टोलहरूका लागि संयोजक तोकेको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार संघले २८ वटा स्ट्रिट र ६ वटा टोललाई लक्षित गर्दै संयोजक नियुक्त गरेको हो।संयोजकहरूले स्थानीय व्यवसायी र टोलवासीसँग समन्वय गरी सदस्य चयन गरेर उपसमिति गठन गर्नेछन्। ड्यामसाइड,खहरेचोक,गैह्राचौतारा,हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमा समेत संयोजक तोकिएको पनि उनले जानकारी दिएका छन्। जेनजी आन्दोलनपछि प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने उद्देश्यले यस प्रकारको व्यवस्था गर्न लागिएको पनि उनले बताएका छन्।  संघले सबै होटल र टोलका सीसीटीभी क्यामेरा सञ्चालनमा राख्ने,विग्रिएका उपकरण मर्मत गर्ने,सुरक्षाकर्मीको मनोबल वृद्धि गर्ने, सडक बत्ती मर्मत गर्ने र खाल्डाखुल्डी सडक मर्मत गर्न स...
काठमाडौँमा र्‍याली,प्रदर्शन जस्ता कार्यक्रम गर्न कसैलाई पनि स्विकृति नदिने निर्णय

काठमाडौँमा र्‍याली,प्रदर्शन जस्ता कार्यक्रम गर्न कसैलाई पनि स्विकृति नदिने निर्णय

बिशेष, ब्यानर-२, वातावरण, समाचार
२४ असोज,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबारका लागि विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्‍याली तथा सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाएको छ। जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनामा यस्ता कार्यक्रम गर्न स्वीकृति नदिने निर्णय भएको उल्लेख गरेको छ । गत भदौ २३ गतेको जेनजी आन्दोलन पछिका दिनहरूमा तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेका घटनाको स्मरण गराउँदै प्रशासनले शान्ति–सुरक्षा कायम राख्ने, सार्वजनिक सम्पत्ति जोगाउने र सेवा प्रवाहलाई सुचारु राख्ने कार्यमा प्रशासन केन्द्रित रहेको जनाएको छ। सूचनामा भनिएको छ,’विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली,जुलुस,धर्ना,सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन थप जटिलता सिर्जना गर्न सक्ने भएकाले यस कार्यालयबाट त्यस प्रकारका कुनै...
नागढुंगा सुरुङमार्ग दसैँमा किन सञ्चालनमा ल्याइएन ?

नागढुंगा सुरुङमार्ग दसैँमा किन सञ्चालनमा ल्याइएन ?

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२४ असोज,काठमाडौं ।सरकारले चाडपर्वको समयमा हुने सवारीको चापलाई मध्यनजर गर्दै दसैँअघि परीक्षणको रूपमा नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको थियो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पनि दसैँअघि सञ्चालन गर्न निर्देशन दिइएका थिए । उपत्यकाबाट बाहिरिँदा खुला गर्ने तयारी पनि भएको थियो । तर सवारी सञ्चालनका लागि दशैंका बेला खुला गरिएन । निर्माण कम्पनी र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण सम्पन्न नभएकाले सञ्चालनका लागि स्वीकृति नदिएपछि सञ्चालन गर्न नसकिएको आयोजनाले जनाएको छ । जापानी सरकारबाट नेपाल सरकारलाई औपचारिक रूपमा आयोजना हस्तान्तरण नभइसकेको र सुरक्षा संवेदनशीलतासम्बन्धी कामहरू बाँकी रहेकाले तत्काल सञ्चालनमा ल्याउन नसकेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना कार्यालयले जनाएको छ। दसैँमा परीक्षणका लागि सञ्चालनमा ल्याउने भनिए पनि आधिकारिक रूप...
कमजोर हुँदै मनसुन, यस्तो छ आजको मौसम

कमजोर हुँदै मनसुन, यस्तो छ आजको मौसम

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२३ असोज,काठमाडौं ।जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ । आज बिहिबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उता राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ  ...