वातावरण

एकद्वार प्रणालीमार्फत राहत केन्द्रित गर्न अनुरोध

एकद्वार प्रणालीमार्फत राहत केन्द्रित गर्न अनुरोध

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
२३ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनामा प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ । बुधबार सिंहदरबारमा बसेको ‘क्लस्टर र को–लिड्स’मा रहेका विभिन्न निकायसँग समन्वय बैठकमा प्राधिकरणले उक्त अनुरोध गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले अन्तरनिकाय समन्वय गरी विपद्बाट बढी प्रभावित जिल्लामा दोहोरो नपर्नेगरी एकद्वार प्रणालीमार्फत आफ्ना राहत क्रियाकलाप केन्द्रित गर्न सबै ‘लिड्स’ र ‘को–लिड्स’ निकायलाई आग्रह गरेका छन् । सरकारले यसरी विपद् व्यवस्थापनमा समन्वय गर्ने ११ वटा क्लस्टर बनाइ त्यसको लिड र कोलिड तोकेर जिम्मेवारी बाँडेको छ । जसमा खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा, सुरक्षा, आवास, ‘क्याम्प’ समन्वय, बन्दोबस्ती, प्रारम्भिक पुनःलाभ र आपतकालीन सञ्चार लगायत पर्दछन् । ...
चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
२२ असोज,चितवन।चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या  साउन यता ६ पुगेको छ ।  जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका,एक जना खैरहनी नगरपालिका,दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका रहेका छन्। पछिल्लो पटक खैरहनी वडा नम्बर ४ मा एक महिलाको  मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए ।चितवनमा हालसम्म १७ जनामा यो रोगको सङ्क्रमण देखा परेको छ । उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका रहेका छन् । सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाएको अवस्था अस्पष्ट रहेको केसीले बताए।  यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो ।यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । य...
मौसम पूर्वानुमान : मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२१ असोज,काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू–भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाकोे सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुन बाहिरिए पनि पश्चिमी वायूको प्रभावका कारण आज मङ्गलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली,पहाडी र तराईका भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको र ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ। ती प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। विभागका अनुसार चार दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिन थालको छ ।मनसुन सामान्यतया २ अक्टोबरमा बाहिरिने भए पनि चार दिनजस्तो ढिला गरी सोमबार देखि मात्रै बारिन थालेको हो। ‘यस वर्षको मनसुन नेपालको सुद...
स्थानीय वायु सक्रिय ,धेरै प्रदेशमा वर्षा, अझै केही दिन पानी पर्ने सम्भावना

स्थानीय वायु सक्रिय ,धेरै प्रदेशमा वर्षा, अझै केही दिन पानी पर्ने सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण
८ असोज,काठमाडौं।स्थानीय वायुको प्रभावले बागमती,गण्डकी,कोशी र कर्णाली प्रदेश धेरै भूभागहरुमा पानी परिरहेको छ।पानी आजै रातिदेखि कम हुँदै जाने पूर्वानुमान भएपनि भोलि–पर्सिसम्म पनि पानी पर्ने सम्भावना भने कायमै रहेको मौसविदहरुले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु थप सक्रिए भएको र यसको प्रभावले आज दिनभर जसो पानी परिरहेको हो। अहिले पनि गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मध्यमसम्मवर्षा भइरहेको छ।लुम्बिनी,कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का पानी परिरहेको छ।राति धेरै स्थानमा पानी पर्न रोकिने पूर्वानुमान गरिएको छ। यस्तै भोलि विहीबार दिन पनि एक–दुई स्थानमा मात्र भारी वर्षा खण्डित रुपमा हुनसक्ने सम्भावना छ।भोलि विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम खालको वर्षा हुन सक्ने छ...
मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
७ असोज,काठमाडौं ।तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । एसपी गोविन्द पुरीका अनृसार चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३ः२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको छ। तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना नरहेको उनको भनाइ छ। पहिरो निरन्तर खसिरहेको हुँदा पहिरो छिटो पन्छाउन सक्ने सम्भावना नरहेको र सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै आँकलन गर्न नसकिएको पनि उनको भनाइ छ।  ...
धादिङको जवाङ खोलामा रोकिएन सुक्खा पहिरो,मुग्लिन–काठमाडौं बन्द सडक आज खुल्ने सम्भावना न्युन

धादिङको जवाङ खोलामा रोकिएन सुक्खा पहिरो,मुग्लिन–काठमाडौं बन्द सडक आज खुल्ने सम्भावना न्युन

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
७ असोज,काठमाडौं ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो ।तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन कठिनाई भएको छ । रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु बाटोमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले भनेको छ । मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए ।यसले दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ । नागढुंगा– मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो...
मनसुनी वायु थप कमजोर,केही स्थानमा बाहेक अन्य स्थानमा छैन भारी वर्षा

मनसुनी वायु थप कमजोर,केही स्थानमा बाहेक अन्य स्थानमा छैन भारी वर्षा

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
७ असोज, काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव थप कमजोर रहेको छ । तर, स्थानीय वायुको भने आंशिक प्रभाव रहेको छ ।आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया मौसम बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका तथा तराईका भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।तर कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागको एक(दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा ...
दसैँघरमा जमरा राखियो

दसैँघरमा जमरा राखियो

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
६ असोज,काठमाडौँ ।सोमबारबाट सुरु भएको नवरात्रको पहिलो दिन,घटस्थापनाको अवसरमा आज काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ।बिहान ९ः१३को शुभ साइतमा जमरा राखिएको थियो। यस अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढाइँ पनि गरिएको थियो।दसैँको पहिलो दिन घरघरमा घटस्थापना गरी जमरा राख्ने परम्परा रहेको छ। सोमबार बिहानै नित्यकर्म सकेर नजिकको नदी वा चोखो ठाउँबाट ल्याइएको बालुवा वा माटोलाई गाईको गोबरले लिपपोत गरिएको कोठा वा दसैँघरमा राखेर जमरा छर्ने गरिन्छ।घटस्थापना गर्दा पूजाकोठा वा दसैँघरमा दीप,कलश र गणेशको स्थापना गरी शक्तिस्वरूपा दुर्गाको आह्वान गरी पूजा गरिन्छ। नवरात्रको नौ दिनमा क्रमशः शैलपुत्री,ब्रह्मचारिणी,चन्द्रघण्टा,कुष्माण्डा,स्कन्दमाता,कात्यायनी,कालरात्रि,महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको पूजाअर्चना गरिन्छ। &n...
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
६ असोज,म्याग्दी । शरद याम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पर्यटकहरूको चहलपहल बढेको छ। मौरिस हर्गोज पदमार्ग हुँदै जाने पर्यटकहरूका कारण सो ठाउँमा पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको छ। अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाका अनुसार हाल दैनिक १५ देखि ४० जना पदयात्रीहरू आधार शिविरको यात्रा गरिरहेका छन्। दसैं-तिहारको बिदामा यो संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। छोटो समयमा नै पुग्न सकिने र मनमोहक प्राकृतिक सौन्दर्यका कारण यो पदमार्ग पर्यटकहरूको रोजाइमा परेको छ। यहाँको पदयात्रामा मिस्त्रीखोलाको किनारै किनार यात्रा, अग्ला झरना, मनमोहक हिमश्रृंखला, अनौठो भूगोल, दुर्लभ वनस्पति र वन्यजन्तुको अवलोकन गर्न पाइन्छ। नारच्याङबाट दुई घण्टा गाडीमा हुमखोला पुगेपछि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिनमा फर्कन सकिन्छ। सहरको कोलाहलबाट टाढा शान्त...
दशैं सुरु,आज घटस्थापना

दशैं सुरु,आज घटस्थापना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
६ असोज,काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिदै छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने चलन छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा गरिने हुँदा घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भन्ने चलन छ । नवरात्रको पहिलो...