वातावरण

देउवा र खड्काको घरमा पैसाका चाङैचाङ र पैसा लुकाउने सुरुङ कस्तो थियो होला त ?के हो सत्य?

देउवा र खड्काको घरमा पैसाका चाङैचाङ र पैसा लुकाउने सुरुङ कस्तो थियो होला त ?के हो सत्य?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
५ असोज,काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसकै नेता तथा पूर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली पुगेको छ । हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार उनीहरूको घरमा पुगेको उच्च स्रोतले जानकारी दिएको छ ।टोलीले आजै मुचुल्का उठाएर काम अगाडी बढाइसकेको छ । जेनजी आन्दोलनका क्रममा यी दुवै नेताको घर प्रदर्शनकारीले जलाएका थिए । उक्त घरमा ठूलो मात्रामा नगद रकम रहेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो । बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूको खातैखात र पैसा राख्ने सुरुङ समेत भेटिएको भिडियोहरु सार्वजनिक भएका थिए । यस्तै पूर्वऊर्जामन्त्री दीपक खड्काको घरबाट पनि केही रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो । मन्त्री खड्काको घरमा रहेको भन्दै केही रकम उड्दै गरेका भिडियो बाहिरिएका थिए । रकम भेटिएको भ...
इन्फरमेशन ओभरलोड : यो किन र कसरी हुन्छ ? यसबाट कसरी बच्ने ? 

इन्फरमेशन ओभरलोड : यो किन र कसरी हुन्छ ? यसबाट कसरी बच्ने ? 

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल काठमाडौं । सूचना प्रविधिका माध्यमबाट  मानिसको दिमागले ग्रहण गर्ने, छान्ने वा बुझ्ने क्षमताभन्दा बढी मात्रामा  सूचना तथा जानकारीको बाढी आउनुलाई इन्फरमेशन  ओभरलोड भनिन्छ ।  यसले कुन सूचना सही अथवा उपयोगी हो र कुन गलत, हो भनेर छुट्याउन नसक्ने स्थिति  सृजना गरिदिन्छ ।  इन्फरमेशन  ओभरलोडले हाम्रो फोकस, निर्णय क्षमता  र विश्वासलाई कमजोर बनाइदिन्छ ।आमसञ्चार माध्यम र सामाजिक सञ्जालको प्रयोग वा  सूचना महामार्गबाट  हजारौं लाखौं सूचनाहरु एकै चोटी बग्ने हुनाले पनि इन्फरमेशनको ओभरलोड हुने गर्दछ। विभिन्न आन्दोलन,क्रान्ति र द्वन्द्वका बेला सूचनाको बाढी आउँछ ।सूचनााको महामार्गबाट  वास्तविकता र अफवाह दुवै छिट्टै फैलिन्छ। प्रचार–प्रसार र प्रतिप्रचार वा एक पक्षले आफ्नो विचार ,सिद्धन्त र नारालाई बलियो बनाउन प्रयोग गर्छ भने अर्को पक्षले अर्काको  खण्डन गर्छ।जसले सुचनाको ओभरलोड गराउँदछ ।  यस्त...
मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभाव कमजोर बन्दै,तीन प्रदेशका केही स्थानमा मात्रै वर्षाको सम्भावना

मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभाव कमजोर बन्दै,तीन प्रदेशका केही स्थानमा मात्रै वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
५ असोज,काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव  छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको हुँदा ती स्थानहरुमा सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।  ...
आजको सूर्यग्रहण : नेपालबाट नदेखिने भएकाले बार्न नपर्ने

आजको सूर्यग्रहण : नेपालबाट नदेखिने भएकाले बार्न नपर्ने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
५ असोज,काठमाडौं ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज ५ गते आइतबारका दिन लाग्ने भनिएको सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ। आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने ? सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताएका छन्। नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनको भनाई छ। भनेको के हो त ? सो सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने बताइएको छ । जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपम...
पहिरोका कारण तुइन खोलामा पर्ने नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण तुइन खोलामा पर्ने नारायणगढ–मुग्लिन सडक अवरुद्ध

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
४ असोज,चितवन।नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । सडक डिभिजन कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् ।शुक्रबार साँझ ६ स् ०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् । थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ । फाइल फोटो  ...
मौसम पूर्वानुमान : कमजोर बन्दै मनसुन

मौसम पूर्वानुमान : कमजोर बन्दै मनसुन

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
४ असोज,काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी,मधेस र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी,मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी,मधेस,बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ।कोशी र बागमती प्रदेशका केही स्थानहरूमा,मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उता पनि राति कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका ...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३ असोज ,चितवन । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । अवरुद्ध सडकको पहिरो पन्छाइ  आज बिहान ७ः१५ बजेदेखि  दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन् ।    ...
मौसम पूर्वानुमान :यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान :यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३ असोज,काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। अहिले देशको पहाडी भू–भागको थोरै तथा तराई भू–भागको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो पनि देशभर साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशााखाका अनुसार कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उता आज राति कोशी,मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ।कोशी, मधेस,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा म...
उपत्यकामा चाडपर्वलाई लक्षित गरी १५ वटा यात्रु सहायता कक्ष सञ्चालनमा

उपत्यकामा चाडपर्वलाई लक्षित गरी १५ वटा यात्रु सहायता कक्ष सञ्चालनमा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
२ असोज,काठमाडौंं। ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोग तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख,प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार नयाँ बसपार्क,नागढुङ्गा,कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गरि आज विहिबारदेखि सञ्चालनमा ल्याइएकोे छ । यात्रुको सहज आवतजावत,सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गर्न लागिएको  उनले बताएका छन् । यातायात व्यवस्था विभाग,ट्राफिक प्रहरी र व्यवसायीसहित खटिएको  टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको,लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए–नभएको ल...
हर्क साम्पाङका समर्थकले सफा गरे कालिमाटीको प्रहरी वृत्त

हर्क साम्पाङका समर्थकले सफा गरे कालिमाटीको प्रहरी वृत्त

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२ असोज,काठमाडौं।गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा घुसपैठ गरेको समुहले आगजनी गरेको कालिमाटीको प्रहरी वृत्त धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थकहरुले बुधबार सफा गरेका छन् । त्यहाँ दुई वटा आधुनिक भवन जलेको अवस्थामा छन् ।भने,कार्यालय परिसरमा रहेका १६२ वटा मोटरसाइकल र ८ वटा निजी गाडी पनि जलेर खरानी भएका छन् । वृत्तबाट प्रदर्शनकारीहरूले एउटा सटगन समेत लुटेर लगेको प्रहरीले जनाएको छ ।तर सेनाले सो सटगन बरामद गरिसकेको जानकारी प्राप्त भएको छ । वृत्तमा आगजनी हुँदा करिब ३१ करोड क्षति भएको आँकलन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको भनाई छ। सफा गरेर भवनमा रंगरोगन गर्ने र त्यहिँबाट शान्ति सुरक्षाको काम सुरु गर्ने कालिमाटी प्रहरीको तयारी छ।  ...