वातावरण

सरकारले ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने

सरकारले ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
१ असोज, काठमाडौं । सरकारले जेनजी प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने भएको छ । सरकार आफैं र थप स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गर्ने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले मंगलबार सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण गर्दै मन्त्री कुलमान घिसिङले यस्तो बताएका हुन् मन्त्री घिसिङले सहरी विकास मन्त्रालयले संरचनामा पुगेको क्षति एकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको पनि बताए। विनासबाट ‘हामी उठ्यौं’भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने,मन्त्रालय तथा कार्यालयको परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरुन्त हटाउने तयारी गरेको पनि मन्त्री घिस...
बिपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा

बिपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
१ असोज,काठमाडौं । रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैं, तिहार लगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचना अनुसार गत असार पहिलो सातादेखि रातिको समयमा पूर्ण रूपमा रोक लगाइएकोमा अब भने खुल्ने भएको छ ।...
मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१ असोज, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।जसका कारण देशभर साधरणतया बदली रहेको छ। बिहानैदेखि बागमती,गण्डकी,कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ। आज दिउसो देशभर साधरणतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। माहाशाखाका अनुसार कोशी,बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराईका भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।आज राति कोशी,मधेस,बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी केही स्थानहरूमा तथा बाँक...
आजको मौसमः देशका केही ठाउँमा भारी वर्षाको सम्भावना

आजको मौसमः देशका केही ठाउँमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३१ भदौ,काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ।यसका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।भने,बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उता आज राति पनि देशभर साधारणतया बदली रहनुका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने ,भारी वर्षाको...
सरकारले जेनजी स्मारक पार्क बनाउने

सरकारले जेनजी स्मारक पार्क बनाउने

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३० भदौ, काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा  ‘जेनजी स्मारक पार्क’  बनाउने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । तर, त्यसका लागि ठाउँ भने तोकि नसकेको बताइएको छ ।  हालसम्म जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते (८सेप्टेम्बर) का दिन युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीले गोली चलाउँदा १९ जनाले र त्यसपछि अन्य व्यक्तिहरुसहित सो संख्यामा  मृत्यु भएको छ । त्यसमा  प्रदर्शनकारी ५९ जना,कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना छन् ।सरकारका अनुसार १३४ जना प्रदर्शनकारी र केही प्रहरी घाइते भएका छन् ।...
सिरहामा सुरक्षा व्यवस्था,थप सक्रिय बन्यो नेपाली सेना

सिरहामा सुरक्षा व्यवस्था,थप सक्रिय बन्यो नेपाली सेना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२७ भदौ,काठमाडौं । सिरहामा कफ्र्यु आदेश जारी भएपनि प्रदर्शन हुने सूचना पाएपछि नेपाली सेनाले चेकजाँचसहित सुरक्षामा कडाइ गरेको छ । अत्यावश्यक काम वाहेक मानिसहरुलाई सडकमा हिड्न समेत रोक लगाइएको छ । जिल्ला प्रशासनले मंगलबारदेखि नै जिल्लाका चारवटा नगरपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।...
आज  शुक्रबार दिउँसोको कर्फ्यु हट्यो,निषेधाज्ञा यथावत

आज शुक्रबार दिउँसोको कर्फ्यु हट्यो,निषेधाज्ञा यथावत

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
२७ भदौ,काठमाडौं।नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ ।आज शुक्रबार बेलुकी ७ बजेदेखि भोली शनिबार भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ। आज बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको सेनाले ११ बजेदेखि बेलुकी ५ बजेसम्म भने निषेधाज्ञा लागू हुने सेनाद्धारा जारी सूचनामा उल्लेख छ । निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै लगेपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो। उपत्यका बाहिरका केही जिल्लाहरुमा भने जिल्ला प्रशासन कार्यालयले कर्फ्यु तथा निषेधाज्ञा जारी गरेका छन् ।  ...
काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यूकाे नयाँ तालिका सार्वजनिक (नियम सहित)

काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यूकाे नयाँ तालिका सार्वजनिक (नियम सहित)

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, राजनीति, वातावरण, समाचार
२६भदौ, काठमाडौं ।नेपाली सेनाले काठमाडौं ललितपुर र भक्तपुर जिल्लाको लागि कर्फ्यु र निषेधाज्ञाको नयाँ समय तोकेको छ । सेनाले यी तीन जिल्लामा अत्यावश्यक कार्यको लागि आवागमन गर्न सकिने समय पनि निर्धारण गरेको छ । हेर्नुहोस् ः नियम
जेनजी प्रदर्शन : प्रहरी दमनपछि हिंसात्मक बनेको आन्दोलनमा २ जनाको मृत्यु,करिब एक सय भन्दा बढी घाइते

जेनजी प्रदर्शन : प्रहरी दमनपछि हिंसात्मक बनेको आन्दोलनमा २ जनाको मृत्यु,करिब एक सय भन्दा बढी घाइते

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
२३ भदौ,काठमाडौं ।सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनमा  २ जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ । प्रहरी दमनपछि हिंसात्मक बनेको र  बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कर्फ्यू लगाइएको छ ।...
आज राति खग्रास चन्द्रग्रहण लाग्ने,ग्रहणका समयमा के गर्ने ? के नगर्ने ?

आज राति खग्रास चन्द्रग्रहण लाग्ने,ग्रहणका समयमा के गर्ने ? के नगर्ने ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने जनाएको छ ।समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने  छ । ग्रहणका समयमा के गर्ने ? के नगर्ने ? ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा र नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्र...