अर्थतन्त्र

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एक सातापछि सञ्चालनमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एक सातापछि सञ्चालनमा

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट पूर्णरूपमा सूचारु भएको छ । एक सातादेखि न्यून ‘भिजिबिलिटी’ का कारण उडान प्रभावित भएको सो विमानस्थले आजबाट सुचारु भएको हो । दैनिक हजारौं यात्रु आउजाउ गर्ने पर्यटकीय राजधानी पोखरामा २५ अप्रिलबाट उडान प्रभावित थिए। यहाँबाट नेपालगञ्ज,भैरहवा तथा भरतपुरमा समेत सिधा उडान हुन्छ।मे १ दिउँसो १ देखि मौसम सुधार भएपछि ५ उडान भएको थियो।उडान नहुँदा हवाइयात्रा प्रभावित बनेको थियो। मौसमका कारण उडान हुन नसकेका यात्रुले पुनः उडान गर्न चाहे अर्को दिनको टिकट दिने प्रावधान छ।नजाने यात्रुको टिकटको रकम फिर्ता गरिन्छ। यस विमानस्थलमा बुद्ध एयरले मात्र काठमाडौंबाट दैनिक १७ उडान राखेको छ।...
तरकारी–फलफूलमा थपिएका ३३ ‘जोन’ र ५ ‘सुपर जोन’

तरकारी–फलफूलमा थपिएका ३३ ‘जोन’ र ५ ‘सुपर जोन’

अर्थतन्त्र, कृषि, बिशेष, समाचार
काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बढी क्षेत्रफल ओगटेर ठूलो परिमाणमा तरकारी तथा फलफूल उत्पादन हुने क्षेत्रलाई ‘जोन’ र ‘सुपर जोन’ तोक्ने गरेको छ । पछिल्लो पटक सरकारले तरकारी तथा फलफूलका पाँच जोनलाई सुपर जोनमा लैजाने र ३३ नयाँ जोन बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको निर्देशक समितिले २२ चैत २०८० मा तरकारी तथा फलफूलका ५ जोनलाई सुपर जोन र ३३ क्षेत्रलाई नयाँ जोन बनाउने निर्णय गरेको थियो । त्यसअघि २६ पुस २०७३ मा २१ वटा सुपर जोन बनाउने निर्णय भएको थियो । राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधार भएको र तोकिएको बालीरवस्तुमा न्यूनतम १ हजार हेक्टरमा सञ्चालन भएको वृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्रका रूपमा सुपर जोन रहने भनेर २०७३ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुरु गरेको एक कार्यक्रम हो । पर...
नबिल बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ

नबिल बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ

अर्थतन्त्र, ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलका अनुसार उनीहरुलाई पक्राउ अनुसन्धान भइरहेकाले उनीहरुको विवरण प्रहरीले गोप्य राखेको छ ।चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेको प्रहरीको भनाई छ। सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट एक करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको थियो । चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको प्हरीले बताएको छ ।चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ । ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको र ५÷६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएको प्रहरीले बताएको छ ।दुई जना पक्राउ परे पनि रकम भने प्रहरीले थोरै मात्रामा बरामद गरेको छ । बाँकी रकम भारत पुर्‍याइसकेको आशंका प्रहरीले गरेको छ...
डिजेल र मट्टीतेलको मूल्य घट्यो

डिजेल र मट्टीतेलको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थ को मूल्य घटएको छ।भारतबाट मूल्य घटेर आएको भन्दै निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो। निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ।डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ। मूल्यवृद्धि भएसँगै पहिलो वर्गअन्तर्गत चारआली,विराटनगर,जनकपुर,अमलेखगञ्ज,भलवारी,नेपालगञ्ज,धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर डिजेल–मट्टितेलको मूल्य १५६ रुपैयाँ ५० पैसा पुगेको छ। यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य १५८ र तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५९ रुपैयाँ पुगेको छ।यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ।...

टुँडिखेलमा सञ्चालन हुने सिप मेलाको तयारी पूरा

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
काठमाडौं ।काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा सञ्चालन गर्ने ‘सिप मेला’ को तयारी पूरा भएको बताएको छ।मंगलबार पत्रकार सम्मेलन गरेर मेलाको तयारी पूरा भएको महानगरले जानकारी दिएको हो। ‘शिक्षालाई सिपसँग’,‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु,सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यले यस प्रकारको मेलाको आयोजना गरिएको महानगरको भनाई छ । महानगरकी उपमेयर सुनिता डंगोलका अनुसार उच्च माग भएका पेसासँग सम्बन्धित २ हजार ८१ जनालाई एक महिना निःशुल्क तालिम उपलब्ध गराउने लक्ष्य महानगरले लिएको छ।महानगरले सो तालिम लिएका व्यक्तिलाई रोजगार,स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । रोजगारदाता,शैक्षिक क्षेत्र,सामाजिक क्षेत्र सबै एकै ठाउँ भएर सञ्चालन हुने तालिम, नतिजाका लागि उत्कृष्ट सहकार्यको नमुना कार्...

अघि बढ्यो ‘रेमिट हाइड्रो’ परियोजना,वैदेशिक रोजगारीमा रहेकालाई २९ प्रतिशत कोटा

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, समाचार
 काठमाडौं। हाइड्रोइइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सोमबार उर्जामन्त्री शक्ति बस्नेत, ‘रेमिट हाइड्रो’ परियोजनाका लागि एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम र राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरूबीच सम्झौता भएको हो।हस्ताक्षर कार्यक्रममा कतार,युएई,बहराइन,जापान,ओमन,मलेसिया र इराकका परिषद् सदस्यहरु सहभागी थिए। रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने उद्देश्यले रेमिट हाइड्रोको अवधारणा अघि बढेको र जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीको लगानी बढाउन यस्तो अवधारणा ल्याइएको हो। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्ट,यूएईका अध्यक्ष विकास शाही,बहराइनका अध्यक्ष राजुकुमार श्रेष्ठ,मलेसियाका अध्यक्ष विनोद थापा,इराकका अ...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैङ्कमा ग्लोबल आइएमई

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेड आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैङ्क तथा वित्तीय संस्थाको रूपमा रहेको छ । आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैङ्क तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएको भन्दै ग्लोबल आइएमई बैङ्कलाई नेपाल राष्ट्र बैङ्कको ६९औँ वार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको हो। नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारमा हालै आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसापत्र प्रदान गरेका थिए । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व,सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकोले प्रशंसा पत्र प्रदान गरिएको राष्ट्र बैङ्कले उल्लेख गरेको...

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, फिचर, समाचार
काठमाडौं। सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मि) सम्म बाटो खुलेको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ।मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ।विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए। रोपफिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र वैशाखको २८ देखि आरोहण सुरु हुनेछ छ । यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो।‘यो याममा सगरमाथालगायत ल्होत्से हिमालमा दोस्रो शिविर (क्याम्प २) देखि चुचुरोसम्म रोपफिक्सिङको जिम्मेवारी पर्वतारोहण सञ्चालक सङ्घ नेपालको व्यवस्थापनमा सेभेन समिट ट्रेक्स प्रालिलाई दिएको र आइतबार रोप फिक्सिङ टोलीले चौथो शिविरसम्म डोरी ...

लगानी सम्मेलमा भएका सम्झौता के के छन्,आशयपत्र पेश गर्न समयअवधि कति?

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
काठमाडौं । हिजो सोमबार सम्पन्न भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सम्मेलनमा ८ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सय भन्दा बढीले सहभागिता जनाए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशी भट्टका अनुसार नेपाल लगानी प्रवद्र्धनका लागि अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिन सफल भएको छ।तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी,उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो रहेको उनको भनाई छ । आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डीङ (लगानीकर्ताको प्रतिक्रिया संकलन)का ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको सम्मेलनमा लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको बोर्डले जानकारी दिएको छ। विश्व बैंक,चीन,भारत,कुवेत,युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गर...

लगानी सम्मेलनबाट ९ अर्ब १३ करोड लगानी स्वीकृत

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । लगानी सम्मेलनमा उद्योग विभागले ९ अर्ब १३ करोडको लगानी स्वीकृत गरेको छ ।विभागका अनुसार विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको हो । जसमा भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब,काठमाडौंमा व्यावसायिक भवन निर्माणका लागि ३ अर्ब लगानी स्वीकृत भएको विभागले जनाएको छ । यस्तै संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ७ करोड ६६ लाख लगानी स्वीकृत भएको विभागले उल्लेख गरेको छ ।   यसैगरी ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ। विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको समेत उद्घाटन गरेको छ। सरकारले स्वचालित मार्गबाट विदेशी ...