नेपाल–अमेरिका बिजनेस समिट हुने
३१ असार, काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार,लगानी,उद्यमशीलता,नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेस्टमेन्ट समिट (एनएबीआईएस) आयोजना गर्ने भएको छ ।
सेप्टेम्बर २५ देखि २७ सम्म न्यूयोर्कस्थित न्यूयोर्क जेएफके मेरियट होटलमा आयोजना हुने तीन दिने अन्तर्राष्ट्रिय व्यापार सम्मेलन ‘पूँजी,बिचार र अवसरलाई जोड्ने’नाराका साथ सञ्चालन हुने बताइएको छ ।
समिटमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि,व्यवसायी,लगानीकर्ता,उद्यमी,नीतिनिर्माता तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको सहभागिता रहने छ ।
सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार,लगानी प्रवर्द्धन,प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको छ ।
समिटको आधिकारिक घोषणा कार्यक्रममा बोल्दै ग्रेटर न्यूयोर्क न...









