समाचार

इनिशा विकलाई न्याय माग्दै आज पनि देशका विभिन्न ठाउँमा प्रदर्शन

इनिशा विकलाई न्याय माग्दै आज पनि देशका विभिन्न ठाउँमा प्रदर्शन

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२ चैत,काठमाडौं ।सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग गर्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्डलामा उनको न्याय माग गर्दै दलित जेनजी अलाइन्सले प्रदर्शन गरेको हो । इनिशालाई न्याय दे भन्दै विद्यालय ड्रेसमै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ‘इनिशा विकलाई न्याय दे,बलात्कारीलाई फाँसी दे,जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ । प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत भएको थियो । र्‍यालीमा मेचीनगर नगरपालिका क्षेत्रका विभि...
रास्वपा नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण प्रशिक्षण दिने

रास्वपा नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण प्रशिक्षण दिने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार,भोली चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । यसका लागि सबै नवनिर्वाचित सांसदहरूलाई चैत्र ३ गते बिहान ९ बजेभित्र काठमाडौं उपत्यकामा तोकिएको स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ। अभिमुखीकरणमार्फत सांसदहरूलाई संसदीय अभ्यास, पार्टी नीति तथा आगामी कार्यदिशाबारे जानकारी गराइने जनाइएको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकबाट ५७ सांसद जितेको छ।...
लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण,सैनिक सुरक्षित

लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण,सैनिक सुरक्षित

अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
१ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा शुक्रबार बेलुका भएको हमलाबाट नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको बताइएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार लेबनानभर ५०० बढी नेपाली शान्ति सैनिक तैनाथ छन् । त्यहाँको खटनपटन दक्षिण लेबनानमा अवस्थित बटालियन हेडक्वाटरले गर्छ । बटालियन हेडक्वाटर इजरायलसँगको सिमाना नजिक छ । समाचार अनुसार त्यहाँको फोर्स कमाण्डर उपरथी मानबहादुर थापा छन् । आक्रमणको बेला सबै शान्ति सैनिकहरु बंकरभित्र रहेकाले सुरक्षित छन् ।...
रास्वपा सचिवालय बैठक भर्चुअल बस्ने

रास्वपा सचिवालय बैठक भर्चुअल बस्ने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१ चैत, काठमाडौं । समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ । फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउनेछ । समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण लगायत निर्वाचनका बाँकी प्रक्रिया पूरा भइसकेपछि नयाँ सरकार गठन हुने र त्यसका लागि १० दिन जति लाग्नसक्ने प्रवक्ता झाको भनाई छ । समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरुको नामावली आज निर्वाचन आयोगमा बुझाउने रास्वपाको तयारी छ ।  ...
रास्वपाको प्रत्यक्षभन्दा समानुपातिक मत बढी,रास्वपा पार्टी नै लोकप्रिय

रास्वपाको प्रत्यक्षभन्दा समानुपातिक मत बढी,रास्वपा पार्टी नै लोकप्रिय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१ चैत्र, काठमाडौं । गत २१ फागुनमा भएको मतदानमा प्रत्यक्षतर्फ उम्मेदवारहरूले पाएको मत र समानुपातिकतर्फ दलहरूको मतमा धेरै भिन्नता छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),श्रम संस्कृति पार्टी (श्रसंपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले भन्दा पार्टीले समानुपातिकमा पाएको मत धेरै छ । तर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका उम्मेदवारले पाएको भन्दा समानुपातिकमा प्राप्त मत कम छ । १२५ क्षेत्रमा जित्न सफल रास्वपाले देशभरी १६३ क्षेत्रमा उम्मेदवारी दिएको थियो । प्रत्यक्षतर्फ उनीहरूले पाएका मत ४५ लाख ८७ हजार ९९५ छ । जबकि रास्वपाले समानुपातिकतर्फ ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको छ । राप्रपा र श्रसंपाका उम्मेदवारहरूले पाएको मतभन्दा समानुपातिकतर्फ पाएको मत बढी छ । श्रसंपाले प्रत्यक्षतर्फ १०९ क्षेत्रमा उम्मेदवार उठाएको थियो । यो पार्टीका सबै उम्मेदवारले पाएको मत जोड्दा...
आजदेखि बैंकहरुमा नयाँ ब्याजदर लागू,कुन बैंकमा कति ब्याजदर ?

आजदेखि बैंकहरुमा नयाँ ब्याजदर लागू,कुन बैंकमा कति ब्याजदर ?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
१ चैत,काठमाडौं ।आज चेत्र १ गतेदेखि लागू हुने गरी प्रकाशन गरिएको ब्याजदरमा फागुन महिनाको तुलनामा अधिकतम औसत ब्याजदर घटेको छ । चैत महिनाका लागि बैंकहरुको ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत विन्दुमा झरेको छ।जबकि यस्तो ब्याजदर फागुन महिनामा व्यक्तिगतमा ४.५६ र संस्थागतमा ३.३३ प्रतिशत विन्दुमा थियो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक,कुमारी बैंक,प्राइम कमर्सियल बैंक,कृषि विकास बैंक,स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंक छन्।...
एमालेले छान्यो समानुपातिक सांसद

एमालेले छान्यो समानुपातिक सांसद

राजनीति, समाचार
१ चैत,काठमाडौं। नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ।शनिबार बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : • रामबहादुर थापा मगर • कुलभक्त शाक्य खस आर्य (५ जना) महिला : • पद्मा अर्याल • टुकाभद्रा हमाल • एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र) पुरुष : • गुरु प्रसाद बराल • पुष्पराज कंडेल थारु (१ जना) • कृपाराम राणा (पुरुष) दलित (२ जना) महिला : • विष्णुमाया वी.के. • नीता घटानी मधेसी (३ जना) महिला महिला : • रिङ्ला यादव • यशोधा कुमारी यादव पुरुष : • चन्द्रेश्वर मण्डल (पुरुष) मुस्लिम र महिला : • साजिदा सिद्दीकी ...
समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै

समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै

ब्यानर-२, राजनीति, समाचार
१ चैत,काठमाडौं ।नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसले पहिलोपटक आज आइतबार उक्त बैठक बोलाएको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपमा बस्ने छ ।...
रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बस्दैछ । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन् ।उनले सभापति रवि लामिछानेको निर्देशन अनुसार सचिवालय बैठक  बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन् । वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ ।    ...
गुडिरहेको नाइट बसको क्याबिनमा  ढुंगो बजारियो

गुडिरहेको नाइट बसको क्याबिनमा ढुंगो बजारियो

ब्यानर-१, समाचार
२९ फागुन, काठमाडौं । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको नाइट बसको क्याबिनमा ढुंगो बजारिएको छ । राष्ट्रिय यातायात व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार यात्रुहरुलाई खासै केही भएको छैन । बागमती प्रदेश ०३–००१ ख–४८७१ नम्बरको बसमा उक्त घटना भएको हो । बसमा ४३ जना सवार थिए । उनले गएराति चितवनको तुइन खोला पहिरोमा माथिबाट अचानक ढुंगा खसेको दृष्य बसमा रहेको सीसीटीभी क्यामरामा रेकर्ड भएको पनि बताए ।    ...