बिशेष

त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा.पोखरेल,प्रा.खनालको राजीनामा स्वीकृत

त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा.पोखरेल,प्रा.खनालको राजीनामा स्वीकृत

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा.प्रवलराज पोखरेल नियुक्त भएका छन् । विभागीय प्रमुख चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयका उपकुलपति प्रा. डा.केशरजङ्ग बरालले पोखरेललाई तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन् । विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिंदै प्राध्यापक पोखरेलले पत्रकारिता शिक्षाको प्रवर्द्धन,प्राज्ञिक विकास र अध्ययन अनुसन्धानमा सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरेल १६ वर्षअघि पनि पत्रकारिता केन्द्रीय विभागका प्रमुख थिए ।...
बागमतीमा समिति सभापति चयन गरिदै,४ जेठमा निर्वाचन हुने

बागमतीमा समिति सभापति चयन गरिदै,४ जेठमा निर्वाचन हुने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेश सभाका पाँच वटा विषयगत संसदीय समिति सभापति चयन तयारी थालिएको छ ।यसका लागि आगामी जेठ ४ गते निर्वाचन गर्ने दलहरूबीच सहमति भएको छ। प्रदेश सभाका सभामुखद्धारा प्रस्तावित प्रस्ताव उपर छलफल गरेर उक्त सर्वदलीय बैठकमा सभापति चयनका लागि निर्वाचन गर्ने सहमति जुटेको हो ।प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति संलग्न छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार सर्वसम्मत रूपमा सभापतिको टुंगो लगाउने प्रयास गरिने र यसका लागि प्रदेश सभाका पाँच ठूला दललाई एक–एक वटा समिति सभापति बनाइने छ। जसअनुसार नेपाली कांग्रेस, नेकपा एमाले,माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राप्रपाले सभापति पाउने छन्।१८ पुस २०७९ मा प्रदेश सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि १२ असार २०८० मा आएर...
आज नेपाल पत्रकार  महासंघको केद्रिय महाधिवेशन : प्रभातफेरी हुँदै

आज नेपाल पत्रकार महासंघको केद्रिय महाधिवेशन : प्रभातफेरी हुँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपाल पत्रकार महासंघले महासंघको २७ औं केद्रिय महाधिवेशन–२०८१ र विश्व प्रेस स्वतनत्रता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गरेको छ । महासंघले आज शुक्रबार काठमाडौंको रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी गर्न लागेको नेपाल पत्रकार महासंघका काठमाडौं जिल्ला शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिनुभएको छ ।अध्यक्ष सुवेदीले सो प्रभातफेरीमा सहभागी हुन सम्पूर्ण पत्रकार,शुभेच्छुक र सरोकारवालाहरुलाई अनुरोध समेत गर्नुभएको छ । शान्ति बाटिकामा बिहान ६ः३० बजे जम्मा भएर प्रभातफेरीलाई सफल पार्न पनि महासंघले अनुरोध गरेको छ। शान्ति बाटिकाबाट प्रभातफेरि शुरु गरेर भृकुटीमण्डपको प्रदर्शनि मार्गमा अवस्थित महाधिवेशन स्थल ‘राष्ट्रिय सभागृह’मा जाने कार्यतालिका बनेको महासंघका जिल्ला शाखा कार्यसमिति सदस्य रमेश कुमार बोहोराले जानकारी दिनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको...
सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड

सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई विभिन्न सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ । बिहीबार सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यि विधामा सम्मान गरेको हो । जसअन्तर्गत राप्ति इन्जियनियरिङ कलेजका अध्यक्ष शैलेन्द्र गिरीलाई नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ ,प्रदान गरेको छ।यस्तै एनसेलकी चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारलाई नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ (वुमन) प्रदान गरिएको छ। यस्तै एपीआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरि बैंक तथा वित्तीय क्षेत्रलाई सहज बनाएको भन्दै वान प्वाइन्ट कम्पनीलाई नेशनल आइसिटी नवप्रवर्द्धन अवार्डले सम्मान गरेको छ। यस्तै सामाजिक सुरक्षा कोषलाई नेशनल आइसिटी पब्लिक सेक्टर अवार्डले सम्मान गरेको छ।भन...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एक सातापछि सञ्चालनमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एक सातापछि सञ्चालनमा

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट पूर्णरूपमा सूचारु भएको छ । एक सातादेखि न्यून ‘भिजिबिलिटी’ का कारण उडान प्रभावित भएको सो विमानस्थले आजबाट सुचारु भएको हो । दैनिक हजारौं यात्रु आउजाउ गर्ने पर्यटकीय राजधानी पोखरामा २५ अप्रिलबाट उडान प्रभावित थिए। यहाँबाट नेपालगञ्ज,भैरहवा तथा भरतपुरमा समेत सिधा उडान हुन्छ।मे १ दिउँसो १ देखि मौसम सुधार भएपछि ५ उडान भएको थियो।उडान नहुँदा हवाइयात्रा प्रभावित बनेको थियो। मौसमका कारण उडान हुन नसकेका यात्रुले पुनः उडान गर्न चाहे अर्को दिनको टिकट दिने प्रावधान छ।नजाने यात्रुको टिकटको रकम फिर्ता गरिन्छ। यस विमानस्थलमा बुद्ध एयरले मात्र काठमाडौंबाट दैनिक १७ उडान राखेको छ।...
तरकारी–फलफूलमा थपिएका ३३ ‘जोन’ र ५ ‘सुपर जोन’

तरकारी–फलफूलमा थपिएका ३३ ‘जोन’ र ५ ‘सुपर जोन’

अर्थतन्त्र, कृषि, बिशेष, समाचार
काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बढी क्षेत्रफल ओगटेर ठूलो परिमाणमा तरकारी तथा फलफूल उत्पादन हुने क्षेत्रलाई ‘जोन’ र ‘सुपर जोन’ तोक्ने गरेको छ । पछिल्लो पटक सरकारले तरकारी तथा फलफूलका पाँच जोनलाई सुपर जोनमा लैजाने र ३३ नयाँ जोन बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको निर्देशक समितिले २२ चैत २०८० मा तरकारी तथा फलफूलका ५ जोनलाई सुपर जोन र ३३ क्षेत्रलाई नयाँ जोन बनाउने निर्णय गरेको थियो । त्यसअघि २६ पुस २०७३ मा २१ वटा सुपर जोन बनाउने निर्णय भएको थियो । राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधार भएको र तोकिएको बालीरवस्तुमा न्यूनतम १ हजार हेक्टरमा सञ्चालन भएको वृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्रका रूपमा सुपर जोन रहने भनेर २०७३ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुरु गरेको एक कार्यक्रम हो । पर...
बालबालिकालाई असल बनाउन साथीप्रति सावधानी राखौं

बालबालिकालाई असल बनाउन साथीप्रति सावधानी राखौं

जीवनशैली, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, मनोरन्जन, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । आफ्ना बालकालिकालाई असल बनाउने रहर जो कोही बाबुआमालाई हुन्छ ।तर असल बनाउन बाबुआमाले के के गर्नु पर्दछ भन्ने सैद्धान्तिक विषयको ज्ञानको अभाव वा अज्ञानताका कारण पनि कतिपय बालबालिकामा खराब बानी विकसित हुँदै गएको पाइन्छ । खराब आचरण र लतमा पर्नुभन्दा अगाडि नै बालबालिकालाई सुर्धार्न,सामाजिकिकरण गर्न र असल बनाउने तर्फ लाग्नु जरुरी छ।बालबालिकालाई असल बनाउने धेरै उपाएहरुमध्ये उनीहरुका साथीप्रति सावधानी राख्नु पनि एक उत्तम विषय हो।बालबालिकाको जीवनमा जोडिएका साथीहरुले नै उसलाई राम्रो र नराम्रो व्यवहार निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा अभिभावकले यसतर्फ ध्यान दिनु पर्दछ।वास्तवमा बालबालिकाको व्यक्तित्व निर्माण र प्रतिभा विकासका लागि असल साथीको अति आवश्यक्ता पर्दछ। असल साथीको संगतले बालबालिकाले आफ्ना खराब आचरण पनि सुधार्दै जान सक्छन् भने खराब साथीको संगतले बा...
पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अवरुद्ध

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अवरुद्ध

ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
 काठमाडौं ।नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियाका सम्बन्धमा पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशदेव सुवेदीको संयुक्त इजलासले यस अघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै यो रिट निवेदनलाई अग्राधिकारमा राखेको छ।यो आदेशसँगै  मुद्दाको टुङ्गो नलाग्दासम्म पर्यटन बोर्ड सीईओ छनोट प्रक्रिया अवरुद्ध भएको छ। २०८० माघ १६ मा तात्कालिक कार्यकारी डा.धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि सिइओ छनोट उपसमितिले नयाँ सिइओ छनोट प्रक्रिया सुरु गरेको थियो। बोर्ड कार्यकारी प्रमुख विहीन हुँदा बजेटमा परेका धरै कार्यक्रम हुन सकिरहेका छैनन्।अदालतबाट यो प्रक्रियाको टुङ्गो नलाग्दासम्म बोर्डका धरै कार्यक्रम प्रभावित हुने देखिएको छ ।...
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरेर आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताउनु भएको छ। १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनु पर्ने आवश्यक्ता औंल्याउनु भएको छ। शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ ।” यस अवसरमा उहाँले स्वदेशी उत्पादनक...
डिजेल र मट्टीतेलको मूल्य घट्यो

डिजेल र मट्टीतेलको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थ को मूल्य घटएको छ।भारतबाट मूल्य घटेर आएको भन्दै निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो। निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ।डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ। मूल्यवृद्धि भएसँगै पहिलो वर्गअन्तर्गत चारआली,विराटनगर,जनकपुर,अमलेखगञ्ज,भलवारी,नेपालगञ्ज,धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर डिजेल–मट्टितेलको मूल्य १५६ रुपैयाँ ५० पैसा पुगेको छ। यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य १५८ र तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५९ रुपैयाँ पुगेको छ।यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ।...