ताजा अपडेट

सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्दै सरकार

सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्दै सरकार

कानुन, ताजा अपडेट, बिशेष, समाचार
२९ चैत, काठमाडौं ।सरकारले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्न लागेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ‘सार्वजनिक खरिद ऐन संशोधन विधेयक’ को प्रारम्भिक मस्यौदा तयार पारिसकेको जनाएको छ । विधायन ऐन २०८१ को दफा (६) को उपदफा (२) मा विधेयक को प्रारम्भिक मस्यौदा जनताको राय लिनका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।यसअनुसार सार्वजनिक खरिद अनुगमनको कार्यालयले विधेयकको प्रारम्भिक मस्यौदा यही चैत २५ गते प्रकाशन गरेको छ । वैशाख १ गतेसम्म राय र सुझाव संकलन गर्ने जनाएको छ ।प्राप्त राय तथा सुझाव अनुसार मस्यौदामा केही हेरफेर गर्नुपर्ने भए गरेर मन्त्रालय हुँदै यो विधेयक मन्त्रिपरिषद् पुग्छ । मन्त्रिपरिषद्बाट स्वीकृत पाएपछि मन्त्रालयले संसद्मा पेश गर्छ । संसदले पास गरेर राष्ट्रपतिकहाँ पठाउँछ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।विधेयकको मस्यौदामा ३८ वटा दफामा स...
बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२९ चैत, काठमाडौं ।आइतबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदी पनि बढेको छ ।अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९७५ रुपैयाँमा कायम भएको छ । आज सामान्य बढेको हो।...
आशा भोसलेको निधन

आशा भोसलेको निधन

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार
२९ चैत,काठमाडौं ।भारतीय संगीतकी महान् एवम् विश्वमै चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । राति आईसीयूमा राखेर उपचार भइरहेको थियो । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका हुन् ।उनको अन्त्येष्टि भने भोलि सोमबार गरिने परिवारले जनाएको छ ।उनकी दिदी स्वर्गीय लता मंगेशकर पनि निकै चर्चित संगीतकर्मी थिइन् । सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन् भने १९५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन् ।  उनी फिल्मफेयर उत्कृष्ट महिला पाश्र्वगायनतर्फ सात पटक सम्मानि...
एउटै संसदीय समितिमा ४ दलका प्रमुख नेता

एउटै संसदीय समितिमा ४ दलका प्रमुख नेता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९ चैत, काठमाडौं । चार पार्टीका प्रमुख एउटै संसदीय समितिमा बसेका छन् ।गत शुक्रबार प्रतिनिधिसभाले १० वटा विषयगत समिति र दुई वटा संयुक्त समितिमा रहने सदस्यहरू तय गरेको थियो ।त्यसक्रममा प्रमुख पार्टीका नै प्रमुखहरू राज्य व्यवस्था तथा सुशासन समितिमा बसेका हुन् । यसको सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड छन् । यसबाहेक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाही पनि राज्य व्यवस्था तथा सुशासनमा छन् । यसबाहेक समितिमा अफ्साना बानु, अमरेश कुमार सिंह,अर्जुननरसिंह केसी,कमल सुबेदी,करिस्मा कठरिया, कविन्द्र बुर्लाकोटी,गजाला शमीम मिकरानी,गणेश कार्की,निश्कल राई,पद्माकुमारी अर्याल,पुरुषोत्तम शुप्रभात यादव सदस्य रहेका छन् । यस्तै सांसदहरू बिश्...
टोखामा बिस्केट जात्रा वैशाख १ गतेदेखि ४ गतेसम्म मनाइने

टोखामा बिस्केट जात्रा वैशाख १ गतेदेखि ४ गतेसम्म मनाइने

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) २८ चैत,काठमाडौं ।काठमाडौंको उत्तरी भेगस्थित टोखामा नयाँवर्षको शरुवातसँगै बिस्केट जात्रा शुरु हुँदैछ। प्रत्येक वर्ष वैशाख १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने ऐतिहासिक,धार्मिक र पुरातात्विक महत्व बोकेको उक्त जात्रा यो वर्ष पनि बैशाख १ गते मंगलबारदेखि ४ गते शुक्रबारसम्म हुँदैछ ।भने, वैशाख ५ गते बिहान ६ः३० बजे लिङ्गो ढाली जात्रा विर्सजन हुनेछ। टोखा विस्केट जात्रा –२०८३ (ने.सं.११४६) मूल व्यवस्थापन समितिले शुक्रबार दिउँसो टोखा नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी अगामी वैशाख १ गतेदेखि ४ गतेसम्म विस्केट जात्रा मनाउन लागिएको जानकारी दिएको हो । सो पत्रकार सम्मेलनमा समितिका सह–संयोजक गणेशमान श्रेष्ठले जात्रालाई व्यवस्थित र मर्यादित बनाउन शान्तिसुरक्षा,स्वयम्सेवक,सवारीसाधन पार्किङ,बाजागाजा र रथजात्रा व्यवस्थापन लगायत जात्राको सम्पुर्णपक्षको व्यवस्थापनको लागि विभिन्न उपसमि...
अध्यागमन विभागले भन्यो- वैदेशिक रोजगारीमा जाँदा विमानस्थलमा थप कागजात पेस गर्नुपर्दैन

अध्यागमन विभागले भन्यो- वैदेशिक रोजगारीमा जाँदा विमानस्थलमा थप कागजात पेस गर्नुपर्दैन

ताजा अपडेट, बिशेष, समाचार
२८ चैत, काठमाडौं ।अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूले विमानस्थलमा अनावश्यक थप कागजात तथा बिल र रसीद पेश गर्न नपर्ने जनाएको छ। विभागले शुक्रबार सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्ने क्रममा श्रमिकसँग अतिरिक्त कागजात मागिएको भन्ने विषय सार्वजनिक भएपछि विभागले स्पष्टीकरण दिएको हो। सूचना अनुसार नेपाल सरकार,गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णय तथा प्रचलित अध्यागमन कानुनअनुसार वैध भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य मुलुकको हवाई टिकट र सम्बन्धित देशको भिसा पर्याप्त हुने व्यवस्था छ। त्यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हकमा वैदेशिक रोजगार विभागबाट जारी गरिएको श्रम स्वीकृति र राहदानीजस्ता न्यूनतम आवश्यक कागजात भए पुग्ने विभागले जनाएको छ। यसबाहेक अध्यागमन कार्य...
सार्वजनिक गाडीको भाडा बढ्यो,उपत्यकामा न्यूनतम कति ?

सार्वजनिक गाडीको भाडा बढ्यो,उपत्यकामा न्यूनतम कति ?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२८ चैत,काठमाडौं । पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनको भाडादर बढेको छ। बागमती प्रदेश सरकार अन्तर्गतको श्रम,रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ भाडादर निर्धारण गरेको हो। संशोधित भाडादर शनिवारदेखि लागू भइसकेको छ।नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यका भित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको न्यूनतम भाडा अब २४ रुपैयाँ कायम गरिएको छ,जुन यसअघि १९ रुपैयाँ थियो। दूरीका आधारमा भाडा समायोजन गरिएको छ।पाँच किलोमिटरसम्म २४ रुपैयाँ,१० किलोमिटरसम्म ३३ रुपैयाँ,१५ किलोमिटरसम्म ३९ रुपैयाँ र २० किलोमिटरसम्म ४४ रुपैयाँ निर्धारण गरिएको छ।२० किलोमिटरभन्दा माथिको दूरीका लागि ५० रुपैयाँ भाडा कायम गरिएको मन्त्रालयले जनाएको छ। इन्धन मूल्य वृद्धि तथा सञ्चालन खर्च बढेकाले भाडा समायोजन गरिएको वागमती सरकारको भनाइ छ। यद्यपि,विद्युतीय माध्यमबाट सञ्चालन हु...
अभिभावकले वैशाख महिनाको पठनपाठन शुल्क तिर्न नपर्ने

अभिभावकले वैशाख महिनाको पठनपाठन शुल्क तिर्न नपर्ने

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
मनिषा गुरुङ २८ चैत,काठमाडौं ।निजी विद्यालयले आगामी वैशाख महिनाको शुल्क लिन नपाउने भएका छन्। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीले सरकारले नै वैशाख २१ गतेदेखिमात्रै पठनपाठन थाल्ने निर्णय गरेकाले वैशाखको कुनै पनि शुल्क अभिभावकले तिर्न नपर्ने जानकारी दिएका हुन्। सरकारले वैशाख १५ देखि भर्ना थालेर वैशाख २१ देखिमात्रै पठनपाठन थाल्ने भनेपछि अभिभावकलाई वैशाख महिनाको शुल्क तिर्नुपर्ने की नपर्ने भन्ने अन्यौलता छाएको थियो। किनभने यसअघिसम्म वैशाख १ बाट नै भर्ना अभियान सञ्चालन भइ शैक्षिक सत्र सुरु हुन्थ्यो।अभिभावकले पनि वैशाख महिनाबाटै शुल्क तिर्दै आएका थिए।तर,यसपाली भने यो अवधिमा पठनपाठन नै नहुने भएकाले कुनै पनि शुल्क निजी विद्यालयले लिनै नपाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता पराजुलीले जानकारी दिए। नियम विपरी...
नागरिक एपमा नयाँ सेवा विस्तार, थपिँदैछन् यी सुविधा

नागरिक एपमा नयाँ सेवा विस्तार, थपिँदैछन् यी सुविधा

ताजा अपडेट, ब्यानर-१, समाचार
२७ चैत, काठमाडौं । सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यअनुसार नागरिक सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई तिब्र बनाएको छ । सोही क्रममा निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फत प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले हाल उक्त प्रणाली परीक्षणको चरणमा रहेको र आगामी एक साताभित्र पूर्ण कार्यान्वयनमा आइसक्ने बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले मातहतका सम्बन्धित निकायहरूलाई नागरिक एपमार्फत थप सेवा एकीकृत गर्न तथा डिजिटल प्लेटफर्ममार्फत सेवा विस्तारलाई तीव्रता दिन निर्देशन समेत दिएका छन् ।  ...
प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदै

प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदै

कला, जीवनशैली, ताजा अपडेट, पर्यटन, मनोरन्जन, समाचार, स्थानीय
२७ चैत, भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । आज साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ । बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो । जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहि...