ताजा अपडेट

गुन्द्रुक,कोदो,भटमास जस्ता कृषि उपजमा अस्ट्रेलियाले लगायो प्रतिबन्ध

गुन्द्रुक,कोदो,भटमास जस्ता कृषि उपजमा अस्ट्रेलियाले लगायो प्रतिबन्ध

कृषि, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२७ वैशाख, काठमाडौं । अस्ट्रेलियाले नेपालबाट निर्यात हुने गुन्द्रुक,कोदो,भटमास,फापर,मकै लगायत खाद्य सामग्री आयातमा कडाइ गर्दै तत्कालका लागि रोक लगाएको छ । नेपालबाट निर्यात गरिएका यस्ता सामग्रीमा किरा भेटिएको र उपचार प्रक्रिया (विषादीकरण) मा प्रयोग गरिएका कागजातहरू शंकास्पद पाइएपछि अस्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसन (एनपीपीओ) ले नेपाली कृषि उपजमा प्रतिबन्ध लगाएको हो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार प्राविधिक कमजोरीका कारण निर्यातमा यस्तो अवरोध सिर्जना भएको हो । अन्तर्राष्ट्रिय नियम अनुसार जुन देशमा खाद्य सामग्रीको उपचार (फ्युमिगेसन ट्रिटमेन्ट) गरिन्छ, सोही देशले स्वास्थ्यताको प्रमाणपत्र जारी गर्नुपर्छ । नेपालमा अस्ट्रेलियाले तोकेको मापदण्ड अनुसारको उपचार गर्ने प्रविधि नभएका कारण सन् २०२१ देखि नेपाल...
३० गतेभित्र एसईईको नतिजा

३० गतेभित्र एसईईको नतिजा

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा यहि ३० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न गरि काम शुरु गरेको जनाएको थियो । ‘नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ । पर्सिसम्म आउँछ । आइटीले काम गरिरहेको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘त्रुटि नहुनेगरी नतिजा सार्वजनिक गर्छौं ।’ यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो । ‘आइटीले काम सकेपछि बोर्ड बैठक बोलाउने तयारी भएको पनि उनले बताए । बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ ।’ अधिकारीले भने ।  एसईई परीक्षा गत चैत १९ देखि २९ सम्म सञ्चलान भएको थियो भने ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए ।...
रुपामा समुदाय विपद स्वयंसेवक तालिम सम्पन्न

रुपामा समुदाय विपद स्वयंसेवक तालिम सम्पन्न

जीवनशैली, ताजा अपडेट, बिशेष, शिक्षा, समाचार, स्थानीय
२३ बैशाख,कास्की। कास्कीको रुपा गाउँपालिकामा ‘समुदाय विपद् स्वयंसेवक’ तालिम मंगलबार सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको सहकार्यमा १८ दिनको तालिम आयोजना गरि सम्पन गरिएको हो। ३५ जनाको सहभागिता रहेको सो तालिमपश्चात ५ नं वडाको सभाहलमा समापन कार्यक्रम गरि सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रशिक्षार्थीहरूलाई विपद्को परिचय र विशेषता,नेपालमा विपद् व्यवस्थापन प्रणाली,मेडिकल फस्ट रेस्पोन्डर,बाढी, पहिरो तथा डुबान,अग्नि नियन्त्रण तथा वन डढेलो,रोप रेस्क्यु बाट गरिने उद्धार,भूकम्पीय जोखिम न्यूनीकरण,सडक दुर्घटना र जोखिम न्यूनीकरणको परिचय सुरक्षा सावधानीद्वारा सामग्री प्रयोग सम्बन्धी जानकारी विभिन्न किसिमका गाँठाहरूको परिचय,काम विभिन्न किसिमको बेस बनाउने तरिका,वाटर रेस्कु टेक्निक जस्ता विविध विषयहरुमा सैद...
निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३ बैशाख,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय,विभाग,आयोग र निकायहरूमा रहेका निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियनका कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ। ​मन्त्रालयले परिपत्र जारी गर्दै ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज भएकाले सो निर्णय गरिएको जनाएको छ।...
बागमतीमा ८ वटा मन्त्रालय मात्रै कायम गरिदै

बागमतीमा ८ वटा मन्त्रालय मात्रै कायम गरिदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३ वैशाख,काठमाडौं । बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । बागमतीमा हाल मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय छन् । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट ल्याएपछि मात्रै मन्त्रालयको संख्यामा हेरफेर गर्ने भन्ने विषयमा रहेको मतभेदलाई स्पष्ट पार्दै सरकारले ८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको  हो । यसमा वन तथा वातावरणलाई कृषि मन्त्रालयमा,सहकारीलाई कानुन मन्त्रालयमा र यातायातलाई उद्योग मन्त्रालयमा गाभिएको छ । सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय,आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालय, भौतिक पुर्वाधार विकास मन्त्रालय कायम गर्ने निर्णयसमेत गरेको छ । ...
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
३० चैत,काठमाडौं ।सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ।सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी पनि घटेको छ।अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेको हो ।हिजो प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०० रुपैयाँमा झरेको छ। ...
उपसभामुख ठाकुरले गरिन पदभार ग्रहण

उपसभामुख ठाकुरले गरिन पदभार ग्रहण

ताजा अपडेट, ब्यानर-२, समाचार
३० चैत, काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हालेकी हुन् । उपसभामुख ठाकुरले पदभार ग्रहणपश्चात सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट समेत गरेकी छन् । गत २७ गते सम्पन्न उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीबाट ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार थिए । रास्वपाको समर्थनसहित बहुमत पाएकी ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन् ।लामालाई जम्मा ५ जनाको समर्थन मिलेको थियो    ...
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति : बैंकमा १.४६ करोड,श्रीमतीको नाममा १९० तोला गहना

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति : बैंकमा १.४६ करोड,श्रीमतीको नाममा १९० तोला गहना

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३० चैत,काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। शाहको धनुषामा १.२ बिघा र काठमाडौंमा ५ आना जग्गा (घरसहित) रहेको छ। त्यस्तै महोत्तरीमा ९ बिघा जमिन रहेको जनाइएको छ। सो जग्गा बुवा रामनारायण साहको नाममा रहेको पनि विवरणमा उल्लेख छ।त्यस्तै पैतृक सम्पत्तिबाट प्राप्त भएको भनि पत्नी सविना काफ्लेको नाममा १९० तोला सुनचाँदी भएको जनाइएको छ।साथै बैंकमा प्रधानमन्त्री शाहको १ करोड ४६ लाख रुपैयाँ बचत रहेको उल्लेख छ। उक्त आम्दानीको स्रोत भने सामाजिक सञ्जालहरू फेसबुक,युट्युब, टिकटक,स्पटीफाईलगायत बताइएको छ। शाहको फेसबुकमा ४० लाख,युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर रहेको पनि उल्लेख गरिएको छ ।...
सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२९ चैत, काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रालयको निर्णयअनुसार यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोकिएको छ । मन्त्रालयका अनुसार चैते धानको यो समर्थन मूल्य १८ प्रतिशत चिस्यान भएको धानमा लागू हुनेछ । यदि धानमा चिस्यानको मात्रा १८ प्रतिशतभन्दा बढी पाइएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाएर भुक्तानी दिइने व्यवस्था गरिएको छ । किसानहरूलाई उत्पादनमा प्रोत्साहन गर्न र बजारमा उचित मूल्यको ग्यारेन्टी गर्न सरकारले हरेक वर्ष बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।...
महासंघले सार्वजनिक सवारीका कर्मचारीलाई भन्यो : यात्रुसँग नम्र भाषा प्रयोग गर्नू

महासंघले सार्वजनिक सवारीका कर्मचारीलाई भन्यो : यात्रुसँग नम्र भाषा प्रयोग गर्नू

ताजा अपडेट, ब्यानर-१, समाचार
२९ चैत, काठमाडौंं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मातहतमा सञ्चालित सार्वजनिक सवारी साधनका कर्मचारीलाई यात्रुसँग नम्र भाषा प्रयोग गर्न आग्रह गरेको छ । आइतबार सूचना सार्वजनिक गर्दै महासंघले भनेको छ, ‘सार्वजनिक यात्रुवहाक सवारी साधन चालक, परिचालक अनुशासित भई यात्रुसँग नम्र भाषा प्रयोग गर्ने । समय समयमा यात्रुलाई शौचालय भएको स्थानमा रोकी सफा, शुद्ध खानाको व्यवस्था मिलाउनु पर्नेछ । सार्वजनिक सवारी साधनमा कर्मचारीको अमानवीय व्यवहारको शिकार धेरै यात्रु बनिरहेका छन् । तीव्र आलोचना हुँदा पनि उनीहरूको व्यवहारमा परिवर्तन नआउँदा व्यवसायीमाथि नै आलोचना हुने गरेको छ। महासंघले सञ्चालन गर्नुअघि सवारी साधनको चेकजाँच अनिवार्य गर्न, साधन सफा र आकर्षक बनाई चलाउन समेत भनेको छ । र्य टिकट लिएर यात्रा गर्न महासंघले आग्रह गरेको छ...