ताजा अपडेट

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी

ताजा अपडेट, राजनीति, समाचार
२१ फागुन,काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा हिजो बुधबार भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । आज बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । गृहमन्त्रालयले पनि शान्ति सुरक्षाको बन्दोबस्ती चुस्त बनाइएको बताएको छ ।...
छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१ फागुन, काठमाडौं ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । आज बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता,सवारी चालक अनुमति पत्र,राहदानी,राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको जनाएको छ ।...
घट्यो सुनको भाउ,प्रतितोला कति ?

घट्यो सुनको भाउ,प्रतितोला कति ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
५ फागुन,काठमाडौं ।नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ। सुन मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।सोमबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।आइतबार ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। तर चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । चाँदी मंगलबार प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।...
पशुपतिमा नागा बाबाको बिदाइ,कति दिइन्छ दक्षिणा ?

पशुपतिमा नागा बाबाको बिदाइ,कति दिइन्छ दक्षिणा ?

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, समाचार
५ फागुन,काठमाडौं ।महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिएको छ। महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहेनुसार संस्थान र कोषले पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ गरेको हो । बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको थियो । नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई रु ५ हजार ५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गर्न गरिएको संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए। पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधुसन्त चार हजारभन्दा बढी रहेको पनि उनले बताए ।संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले पनि थप...
मतपत्र छपाइ सकियो,१० दिनभित्र सबै जिल्लामा पु¥याइने

मतपत्र छपाइ सकियो,१० दिनभित्र सबै जिल्लामा पु¥याइने

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
५ फागुन,काठमाडौं।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइ कार्य सम्पन्न भएको जानकारी दिएका छन्।साथै उनले आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने पनि बताए ।उनले १० दिनभित्र सबै जिल्लामा मतपत्र पु¥याउने प्रतिबद्धतासमेत जाहेर गरे। पौडेलले भने, ‘प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरेका छौँ ।४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ ।अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउँछौं ।’ कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा १० दिनभित्र मतपत्र पु¥याउने उनको भनाइ छ।  ...
निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५ फागुन,काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन् । मंगलबार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसारको शुभकामना दिँदै उनले निर्वाचन सफल बनाउन आह्वान गरेका हुन् । लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको जिकिर गदै राष्ट्रपति पौडलले भने, ‘सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ । त्यसैका लागि लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकोले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्न आजको यस पावन अवसरमा म सबैलाई आह्वान गर्दछु ।’  निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै एक भएर लाग्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।  ...
निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

ताजा अपडेट, राजनीति, समाचार
१ फागुन,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लामा फागुन २१ गते नै निर्वाचन हुने स्पष्ट पारेकी  छन्। हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु आइपुगेकी उनले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरिने स्पष्ट पारेकी हुन्। प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन्। उनले भनिन्, “देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन। हिमाली भेगका चुनौतीलाई मद्देनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ।” प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरिन्। सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वा...
बंगलादेशमा बीएनपीलाई बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

बंगलादेशमा बीएनपीलाई बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१ फागुन,काठमाडौं ।बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । बंगलादेशका कुल ३०० मध्ये २९९ सिटमा निर्वाचन भएकोमा २०६ सिटको नतिजा आउँदा बीएनपीले १६५ सिट जितेको ढाका ट्रिब्युनले जनाएको छ ।अध्यक्ष  रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवैमा विजयी भएका छन् । जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिट मात्र जितेको छ । करीब दुई दशकदेखि सत्ताबाहिर उक्त पार्टी सत्ता बाहिर थियो ।  बिहीबार मतदानपछि बीएनपी अध्यक्ष तारिक रहमानले आफू निर्वाचित भएमा देशको कानून–व्यवस्था सुधार आफ्नो पहिलो प्राथमिकता हुने बताएका थिए ।बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले भने यस निर्वाचनलाई फर्जी र असं...
महाशिवरात्रीका दिन बिहान २ बजे पशुपति मन्दिरका ४ वटै ढोका खोलिने

महाशिवरात्रीका दिन बिहान २ बजे पशुपति मन्दिरका ४ वटै ढोका खोलिने

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
२९ माघ,काठमाडौं ।पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको पूर्वसन्ध्यामा बिहीबार पत्रकार सम्मेलन गर्दै महाशिवरात्रीका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने र मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लाइनको व्यवस्था गरिएको जानकारी दिएको छ । पाशुपत क्षेत्रमा मदिरा,गाँजा,भाङ,चरेश आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्नरनगराउन समेत कोषले सचेत गराएको छ । महाशिवरात्री मनाउन पशुपतिनाथ मन्दिरमा बिभिन्न देशबाट साधुसन्तहरुको समेत आगामन भइसकेको पनि कोषले जनाएको छ । कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।महशिवरात्री फाल्गुन ३ गते आइतबार मनाइदैछ ।...
टी–२० विश्वकपः नेपाल इटालीसँग १० विकेटले पराजित

टी–२० विश्वकपः नेपाल इटालीसँग १० विकेटले पराजित

अन्तर्राष्ट्रिय, कला, खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
२९ माघ,काठमाडौं । टी–२० विश्वकप अन्तर्गत भएको खेलमा नेपालले दोस्रो हार ब्यहोरेको छ ।आज भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा विकेट नगुमाई भेट्टाएको थियो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरेका थिए । जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहेका छन् । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भएको थियो । आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् । बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई वि...