ताजा अपडेट

कास्की-३ मा पनि रास्वपा उम्मेदवार नै अगाडि

कास्की-३ मा पनि रास्वपा उम्मेदवार नै अगाडि

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२२ फागुन,काठमाडौं ।कास्की क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नै अगाडि देखिएका छन् । बिहान ४ बजेसम्मको मतगणना अनुसार ४८२ मत पाएर रास्वपाकी बिना गुरुङ अग्रस्थानमा रहेकी हुन् । नेपाली कांग्रेसका मनोज गुरूङले २८० मत ल्याएका  छन् । एमाले उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ ११९ मत पाएका छन् । एक लाख सात हजार ५६० मतदाता भएको यो निर्वाचन क्षेत्रमा ५२ हजार ५४३ पुरुष, ५५ हजार १५ महिला र २ जना अन्य मतदाता छन् ।...
दाङ–१ मा रास्वपाका देवराज पाठक फराकिलो मतले अगाडि

दाङ–१ मा रास्वपाका देवराज पाठक फराकिलो मतले अगाडि

ताजा अपडेट, राजनीति, समाचार
२२ फागुन, काठमाडौं । दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठकले फराकिलो मतका साथ अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार पाठकले २ हजार ३८१ मत ल्याएका छन् । पाठकपछि नेपाली कांग्रेसका योगेन्द्र चौधरीले ५७१ मत ल्याएका छन् । एमालेका रेवतीरमण शर्मा घिमिरेले ३४० मत र नेकपाका मेटमणि चौधरीले २३९ मत ल्याएका छन् ।...
काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुलीको फराकिलो अग्रता

काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुलीको फराकिलो अग्रता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२ फागुन,काठमाडौं ।काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले फराकिलो अग्रता बनाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पहिलो मतपरिणाम अनुसार उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठुलो मतान्तरले पछि पारेका हुन्। सार्वजनिक विवरण अनुसार,पराजुलीले ७२१ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रमोदहरि गुरागाईँले १६६ मत प्राप्त गरेका छन्। त्यसैगरी, तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार प्रकाश श्रेष्ठले १३४ मत पाएका छन् ।...
रास्वपाको उत्साहप्रद अग्रता

रास्वपाको उत्साहप्रद अग्रता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२ फागुन, काठमाडौं ।बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । केही निर्वाचन क्षेत्रमा मतगणना सुरु गर्ने तयारी भइरहेको छ । पछिल्लो विवरण अनुसार ५३ निर्वाचन क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले उत्साहजनक अग्रता बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणना जारी रहेका ५३ मध्ये ४२ क्षेत्रमा अग्रता बनाइरहेको छ । काठमाडौं – १ मा रञ्जु न्‍यौपाने, काठमाडौं – ८ मा विराजभक्त श्रेष्ठ, रूपन्देही – २ मा सुलभ खरेल, काठमाडौं – १० मा प्रदीप विष्‍ट,धनुषा – ३ मा मनिष झा,काठमाडौं – ७ मा गणेश पराजुली,काठमाडौं – ३ मा राजुनाथ पाण्डे, काठमाडौं – ४ मा पुकार बम,मोरङ – ४ मा सन्तोष राजवंशी,काठमाडौं – ५ मा सस्मित पोखरेल,महोत्तरी – १ मा प्रमोदकुमार महतो,भक्तपुर – १ मा रुकेश रञ्जित,चितवन – २ मा रवि लामिछाने,काठमाडौं – ६ मा शिशिर खनाल, कास्की –२ मा उत्तमप्रसाद पौडेल,भ...
प्रधानमन्त्री कार्कीले टोखाबाट मतदान गर्ने,बालेन्द्र शाह,रवि  र कुलमानले कहाँबाट ?

प्रधानमन्त्री कार्कीले टोखाबाट मतदान गर्ने,बालेन्द्र शाह,रवि र कुलमानले कहाँबाट ?

ताजा अपडेट, ब्यानर-१, समाचार
२१ फागुन,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले धापासीस्थित टोखा नगरपालिकाबाट मतदान गर्दै छिन् । त्यस्तै,रास्वपाका सभापति रवि लामिछानेले काठमाडौं-३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्रबाट बिहान ७ बजे नै मतदान गर्नेछन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकाका वरिष्ठ नेता बालेन्द्र शाहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्ने उनको सचिवालयले जनाएको छ । यस्तै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोलि बिहान ७:०० बजे बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । निर्वाचनको तयारी पूरा भएसँगै विभिन्न दलका शीर्ष नेताहरूले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । बिहान ७ बजेदेखि मतदान सुरु भई साँझ ५ ब...
सुर्खेतमा अवतरण गर्दा श्री एयरलाइन्स जहाजको टायर पड्कियो

सुर्खेतमा अवतरण गर्दा श्री एयरलाइन्स जहाजको टायर पड्कियो

जीवनशैली, ताजा अपडेट, वातावरण, समाचार
२१ फागुन, काठमाडौं ।सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुधबार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए ।जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले जानकारी दिए । सो जहाज ग्राउन्डेड गरेर राखिएको बताइएको छ । यो सँगै सुर्खेत–काठमाडौं उडान रद्द भएको जनाइएको छ ।...
गणना शुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा दिने आयोगको दाबी

गणना शुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा दिने आयोगको दाबी

ताजा अपडेट, राजनीति, समाचार
२१ फागुन, काठमाडौं । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना शुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने ९(प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यसका लागि भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको जानकारी छ। प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढ्ने र त्यसको नतिजा पनि छिट्टै सार्वजनिक गरिने उनको भनाइ छ । आयोगले गरेको यो प्रतिवद्धता कति पूरा हुन्छ भनेर निगरानी गर्न उनले सञ्चारकर्मीहरूलाई आग्रह समेत गरेका छन् । उनले भने, ‘हाम्रो पहाडी र हिमाली भूभागबाट मतपेटिका संकलन गर्न समय लाग्छ, तर हामी छिटोभन्दा छिटो संकलन गर्ने प्रयासमा छौँ । अधिकांश छिटो आउन नसक्ने ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गर्ने तयारी ...
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी

ताजा अपडेट, राजनीति, समाचार
२१ फागुन,काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा हिजो बुधबार भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । आज बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । गृहमन्त्रालयले पनि शान्ति सुरक्षाको बन्दोबस्ती चुस्त बनाइएको बताएको छ ।...
छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१ फागुन, काठमाडौं ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । आज बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता,सवारी चालक अनुमति पत्र,राहदानी,राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको जनाएको छ ।...
घट्यो सुनको भाउ,प्रतितोला कति ?

घट्यो सुनको भाउ,प्रतितोला कति ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
५ फागुन,काठमाडौं ।नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ। सुन मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।सोमबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।आइतबार ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। तर चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । चाँदी मंगलबार प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।...