जापानका मेयर बुढानीलकण्ठमा,दुई नगरपालिकाका कार्ययोजना र अनुभव आदानप्रदान
सीता पौडेल(अर्चना)
काठमाडौं ।जापानको ओईजुमी नगरपालिकाका नगर प्रमुख मुरायामा र बूढानीलकण्ठ नगरपालिका(बूनपा)का प्रमुख मिठाराम अधिकारीबीच भेटवार्ता भएको छ ।
जेठ १ गते (हिजो) मंगलबार जपानका नगर प्रमुख (मेयर) तोसिआकीसहित उनका स्वकिय सचिव ताकोई सिहायुकी,त्यहाँको बहुसाँस्कृतिक विभागका प्रबन्धक फुकुदा मासामी सान र सोही विभागका सान खुनिको हासेगावा,नेपाल साझा समाजका अध्यक्ष वुद्धि सेरचन,सल्लाहकार रन्जय अमात्य,महासचिव निरज गुरुङ र पूर्व महासचिव गोपाल पोखरेल गरि थप ४ जना इन्टरप्रेनर सहितको टोलीलाई स्वागत गरिएको हो।
सो टोलीलाईलाई बुढानीलकण्ठ नगरका नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामासहित मेयरका स्वकीय सचिव रविन्द्र अधिकारी,प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याललगायतले स्वागत गरेका थिए ।स्वागतपश्चात नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि दुई नगरपालिकाबीचका कार्य...









