बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग
३१ असोज,इस्लामाबाद । बङ्गलादेशका अभियोजकहरूले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरेका छन् ।
गएको वर्ष विद्यार्थीको नेतृत्वमा भएको सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा भएको प्रदर्शनलाई दबाएकोमा उनीमाथि मानवता विरुद्धको अपराधको आरोप लगाइएको जनाइएको छ ।
बङ्गलादेशमा विद्यार्थी प्रदर्शनहरू हिंसात्मक भएका थिए । प्रदर्शन दबाउनलाई सुरक्षा बलको कारबाहीमा धेरै मानिसहरू मारिएका थिए । अभियोजकहरूका अनुसार सो हिंसाले शेख हसिनालाई सत्ताबाट हटाएको र ज्यान जोगाउन हशिना देश छाडेर भाग्न बध्य भएकी थिइन् । हसिना अहिले भारतकै शरणमा छिन् ।
हसिनाले भने आरोपहरूलाई अस्वीकार गरेकी छिन् । गत वर्षको हिंसामा लगभग १ हजार ४०० मानिस मारिएका थिए । यसलाई १९७१ को स्वतन्त्रता युद्ध पछि बङ्गलादेशमा भएको सबैभन्दा खराब हिंसा मानिन्छ ।
एजेन्सी समाचारहरुमा उल्लेख भए अनुसार ‘हसिनाले १ हजारर ४०० ...









