कानुन

ड्युटीमा खटिएका ट्राफिक प्रहरीले अब हात मिलाउन नपाउने

ड्युटीमा खटिएका ट्राफिक प्रहरीले अब हात मिलाउन नपाउने

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
१० असार, काठमाडौं । ड्युटीमा खटिएका ट्राफिक प्रहरी अब सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एक परिपत्र गर्दै मातहतका सबै ट्राफिक युनिटलाई यसबारे निर्देशन दिएको छ । मंगलबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीद्धारा हस्ताक्षरित पत्रमा यसबारे उल्लेख गरिएको छ । ‘ट्राफिक प्रहरीले चेकिङ तथा अन्य ड्युटीको समयमा सवारी चालक लगायत अन्य सेवाग्राहीहरुसँग हात मिलाएक दृश्यहरु सम्बन्धमा सामाजिक सञ्जाल तथा आम नागरिहरूबाट समेत विभिन्न गुनासो प्राप्त हुन आएको हुँदा अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालक लगायत अन्य सेवाग्राहीसँग हात मिलाउने कार्यलाई पूर्णरुपमा अस्वीकार गरी टाढैबाट नमस्कार मात्र भनि सम्मान गर्नरगराउन हुन निर्देशानुसार अनुरोध गरिएको छ,’ पत्रमा भनि...
बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह हटाइए

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह हटाइए

अपराध, कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
८ असार, काठमाडौं ।सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन्। कोषको अध्यक्षसमेत रहेकी कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ। कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूको कारण पत्ता खोज्न प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजक्तमा ३ सदस्यसीय छानबिन समिति बनाइएको जनाएको छ। समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा.मधु क्षेत्री सदस्य छन्।दुवै जनालाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।...
ओली,आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन

ओली,आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन

अपराध, कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार
२९ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दामा सम्बन्धमा हाइप्रोफाइल व्यक्तिहरुलाई पनि बयानमा बोलाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), पूर्वमन्त्री आरजु राणा, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई बयानका लागि झिकाउनुपर्ने माग गरी तीन जना उजुरीकर्ताहरुले जिल्ला अदालतमा निवेदन दर्ता गरेका हुन् । जाहेरीकर्ताहरुले उनीहरु बाहेक पूर्वमन्त्री बालकृष्ण खाँणकी पत्नी एवं पूर्वसांसद मञ्जु खाँण, पूर्वमन्त्री थापाकी पत्नी नैनकला थापा,पूर्वप्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्य,पूर्वसांसद अजय क्रान्ति शाक्य र काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई समेत अदालतको बयानमा झिकाउन माग गरेका छन् । उनीहरुले निवेदनमार्फत अदालतमा माग गरेका छन्, ‘उनीहरुले यस मुद्दाका प्रतिवादीहरुब...
दूधमा रसायन मिसावट : भान्साको ‘मन्द विष,स्वास्थ्यप्रति खेलवाड,गम्भीर अपराध

दूधमा रसायन मिसावट : भान्साको ‘मन्द विष,स्वास्थ्यप्रति खेलवाड,गम्भीर अपराध

अपराध, कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
२६ जेठ,काठमाडौं ।पछिल्लो समय सरकारी निकायका प्रतिवेदन र प्रयोगशालाका परीक्षणहरूले बाहिर ल्याएको तथ्यले दूधका माध्यमबाट हाम्रो भान्सामा ‘मन्द विष’ भित्रिरहेको देखाइरहेको छ। बजारमा उपलब्ध दूध धेरै समयसम्म नबिग्रिने बनाउन र अत्यधिक नाफा कमाउनका लागि केही दुग्ध उद्योगी र संकलकहरूले मानव स्वास्थ्यमाथि गम्भीर अपराध गरिरहेका छन् । नेपाली बजारमा प्राकृतिक दूधको बदलामा कृत्रिम दूध तयार गरी बिक्री–वितरण भइरहेकोतथ्य भेटिएको छ । हालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एउटा दुग्ध उद्योगमा गरेको अनुगमन क्रममा यस्तै गम्भीर लापरबाही फेला पारेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं र प्रहरी वृत्त जगातीको एउटा संयुक्त टोलीले सूर्यविनायक नगरपालिका सञ्चालित एक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड अनुगमन गर्दा उद्योगको प्रशोधन कक्षबाट दूधमा मिसावट ग...
निजामती सेवा विधेयक : ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको प्रस्ताव

निजामती सेवा विधेयक : ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको प्रस्ताव

कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२६ जेठ, काठमाडौं ।सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रायका लागि कानुन मन्त्रालय पठाइएको विधेयकमा ५५ वर्ष उमेर पूरा भएका निजामती कर्मचारीहरूलाई अवकाश दिने प्रस्ताव उल्लेख गरेको छ ।जसमा सेवा अवधि ३० वर्ष पुगेकाहरू पनि अवकाश हुनेछन ३० वर्षे योजना कार्यान्वयन भए २०५३ सालअघि संघीय निजामती सेवामा रहेका कर्मचारीहरू स्वतः अवकाश हुनेछन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एकदेव अधिकारी का अनुसार सरकारले तय गरेको रणनीति कार्यान्वयन भए संघीय निजामती सेवामा करिब ५५ सय जति कर्मचारीहरू अवकाश हुने अनुमान छ । उनीहरूले अवकाश हुँदा अतिरिक्त सुविधा पाउने छैनन् । निजामती किताबखानाले मन्त्रालयमा पठाएको विवरण अनुसार, अहिले संघीय निजामती सेवामा ५५ वर्ष उमेर कटेका ४ हजार १३५ जना कर्मचारी छन् ।त्यसमा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूको संख्या ...
बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने

बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने

अर्थतन्त्र, कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२१ जेठ,काठमाडौँ ।सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) मुद्दामा फैसला गर्दै चेकमा लेखिएको रकम (बिगो) र सो को ब्याज समेत पीडितलाई भराउनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्टी गर्दै उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतले विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ (क) को व्याख्या गर्दै भनेको छ— ‘चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको जानीजानी चेक काट्नु र त्यो अनादर हुनु आफैँमा कसुर हो ।यस्तो अवस्थामा धारक (चेक पाउने व्यक्ति) ले ड्रयर (चेक काट्ने व्यक्ति) बाट चेकमा उल्लेखित रकम र ब्याज भराई लिन पाउने कुरा कानुनले सुनिश्चित गरेको छ ।’ अदालतले थप व्याख्या गर्दै भनेको छ– ‘प्रतिवादीले ‘मैले जर्बजस्ती चेक काट्न लगाइएको हो’ वा ‘यो तमसुकको आधारमा होइन’ भनी जिकिर गरे तापनि सर्वोच्चले चेकमा भएको हस्ताक्षर र मि...
संसद्‌मा अमर्यादित गविविधि गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन

संसद्‌मा अमर्यादित गविविधि गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन

कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१९ जेठ,काठमाडौँ। संसद्‍मा अमर्यादित गतिविधि गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन भएको छ ।  सभामुख डोलप्रसाद अर्यालले ७ दिनभित्र प्रतिवेदन तयार पार्ने गरी समिति गठन भएको जानकारी गराए। सदन अवरोध गर्दा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख अर्यालले समिति गठन गरेका हुन्। सचिव प्रकाश अधिकारी संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरिएको हो। सदनमा सभामुखले भने, ‘प्रतिनिधि सभाको मिति २०८२ जेठ १७ गतेको बैठकमा सभाका केही माननीय सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानी नोक्सानी र क्षति समेत रहेको व्यवहोरा प्रतिनिधिसभा नियमावली २०८३को नियम ३३ को उपनियम ४ बमोजिम सभामुखलाई विस्तृत जानकारी हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तया...
सडक सुरक्षा एउटा निकायको प्रयासले सम्भव हुँदैन : आईजीपी कार्की

सडक सुरक्षा एउटा निकायको प्रयासले सम्भव हुँदैन : आईजीपी कार्की

कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
१९ जेठ, काठमाडौं ।आईजीपी दान बहादुर कार्कीले सडक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार आयोजना गरेको ‘इन्टिग्रेटेड ट्राफिक मेनेजमेन्ट सिस्टम’ सम्बन्धी एक दिवसीय कार्यशालामा बोल्दै कार्कीले भने, ‘सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारीलाई गम्भिरतापूर्वक लिएर उच्चस्तरको समन्वय गरेपछि मात्र सडकको यात्रालाई सुरक्षित बनाउन सकिन्छ ।’ आईजीपी कार्कीले वैज्ञानिक ट्राफिक व्यवस्थापन र सड्क सुरक्षालाई थप व्यवस्थित बनाउन प्रविधिको उच्चतम प्रयोग आवश्यक रहेको बताए । कार्यक्रममा उनलेले उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रकाशन गरेको ट्राफिक पुलिस मिरर–२०२६ को लोकार्पण गरे । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सड्क सुरक्षाबारे सरोकारवाला निकायहरूसँगको समन्वय र वैज्ञानिक ट्राफिक व्यवस्थापनबारे सो कार्यशाला आयोजना गरेको बताए । &nb...
यातायात व्यवसायी र ट्राफिक प्रहरीको आह्वान : मापसे/लापसे गरी सवारी नचलाऔं

यातायात व्यवसायी र ट्राफिक प्रहरीको आह्वान : मापसे/लापसे गरी सवारी नचलाऔं

अपराध, कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
१४ जेठ, काठमाडौं ।यातायात व्यवसायी र ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गरी सवारी नचलाउन संयुक्त आह्वान गरेका छन् । मनसुनजन्य विपद्बाट जोगिन यातायात सेवा सञ्चालन सम्बन्धमा संयुक्त सूचना निकाल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो आह्वान गरेका हुन् । सडकको अवस्थाबारे जानकारी लिन,सवारीसाधनको अवस्था दुरुस्त राख्न,मनसुन अवस्थाबारे जानकारी लिन र प्रहरीसँग समन्वय गर्नसमेत आह्वान गरिएको छ । सूचनामा क्षमताभन्दा बढी मानिस तथा मालसामान नबोक्न,यात्रु र मालसामानको विवरण दुरुस्त राख्न र सुरक्षित स्थानमा मात्र पार्किङ र विश्राम लिन उल्लेख गरिएको छ ।  ...
पोखराको पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर

पोखराको पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर

कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, राजनीति, वातावरण, समाचार
१४ जेठ, पोखरा । पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम थालिएको छ । त्यहाँको सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको छ ।  ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडासमेत उठाउँदै आइरहेका थिए । नेकपानिकट मजदुर संगठनले पनि त्यहाँ स्थायी संरचना बनाएको थियो । हङकङ बजारको अगाडि आज बुधबार डोजर लगाइएको संरचनाका व्यवासायीले रातिसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए । यो ठाउँमा सहाराले सञ्चालन गरेको सार्वजनिक शौचालय समेत रहेकोछ । संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएको थियो । त्यसको म्याद जेठ ९ गते सकिएको थियो।...