कानुन

आपराधिक विश्वासघातको कसुरमा निर्देशक थापा पक्राउ

कानुन, मनोरन्जन, समाचार
काठमाडौं । आपराधिक विश्वासघातको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । एक प्रहरी उच्च अधिकारीका अनुसार उनलाई काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको हो । उनीविरुद्ध निर्माता सुदर्शन बस्नेतले उजुरी दिएका थिए । आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।...
सर्वाेच्चले भन्यो, ‘वक्यौता भएको राजस्व तिर्ने जिम्मा व्यवसायीकै’

सर्वाेच्चले भन्यो, ‘वक्यौता भएको राजस्व तिर्ने जिम्मा व्यवसायीकै’

कानुन, समाचार
काठमाडौं । भन्सार कार्यालयबाट त्रुटिपूर्ण रूपमा कम राजस्व तिरेर सामान आयात भएको भए बाँकी रहेको कर तिर्नुपर्ने दायित्व सम्बन्धित व्यवसायीकै हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ । लेखापरीक्षणबाट बेरुजु देखिएको भन्सार राजस्व तिर्नुपर्ने दायित्व कसको हुने भनी सुरु भएको विवादको निरूपण गर्दै सर्वोच्च अदालतले सम्बन्धित कर अधिकृतले उद्योगी–व्यवसायीबाट कर असुल्नुपर्ने भनी व्याख्या गरेको हो । तीन सदस्यीय पूर्ण इजलासले त्यसरी कर असुल्दा सम्बन्धित व्यवसायीरउद्योगीलाई आफ्नो भनाइ राख्ने मौका दिनुपर्ने औंल्याएको हो । सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘कुनै मालवस्तुको पैठारी गर्दा कर तिर्ने दायित्व पैठारीकर्तामा नै रहने भएकाले लेखापरीक्षणमा बेरुजु जनिएपश्चात उक्त बेरुजु तिर्ने बुझाउने दायित्व पैठारीकर्तामा नै रहने देखिन्छ ।’...
घुस लिइरहेको अवस्थामा एकजना पक्राउ

घुस लिइरहेको अवस्थामा एकजना पक्राउ

कानुन, समाचार
काठमाडौँ । चन्द्रागिरीबाट चार लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजनालाई पक्राउ गरेको छ । घुस लिइरहेको अवस्थामा सो नगरपालिका वडा नंवर २ मा बस्ने ध्रुबबहादुर बस्नेत रहेको अख्तियारले जनाएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का अध्यक्षका भाइ कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा पाइएको बताइएको छ । आरोपीले सेवाग्राहीबाट लिइसकेको अवस्थामा २ लाख नगद र २ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनाका लागि वडा अध्यक्षको निर्देशनमा बिचौलिया बनेर कडायले घुस लिएका हुन् । चेक कडायतकै नाममा काटेको भेटिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ स्थित नगरपालिकाको कार्यालयको गेटबाट अख्तियारको टोलीले उनलाई पक्राउ गरेर अनु...
महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने

महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने

कानुन, ब्यानर-१, समाचार
काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने भएको छ । गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा ‘क्लिनचिट’ दिने गरी कार्यालयले लेखेको पत्रविरुद्ध रिट दायर हुने भएको हो । अधिवक्ता अनुपम भट्टराईलाई रिट दर्ता गर्ने बाटो खुलेको हो । यसअघि सर्वोच्चले उक्त पत्र विरुद्ध भट्टराईले नै पेश गरेको रिट दरपिठ हुने आदेश गरेको थियो । उक्त आदेशविरुद्ध उनले इजलासमा निवेदन दिएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बुधबार सर्वोच्च प्रशासनलाई रिट निवेदन दर्ता गर्न आदेश गरेको हो । न्यायाधीश ढुङ्गानाको एकल इजलासले यसअघि दरपिठ गर्ने निर्णय मिलेको नदेखिएको भन्दै दर्ताका लागि आदेश दिएपछि उक्त पत्रको न्यायिक परीक्षण हुने भएको छ। महान्यायाधिवक्ता कार्यालयले वैशाख २४ गते गृहमन्त्री लामिछानेको सहकारी ठगी सम्बन्धमा कुनै पनि कार्यालयमा अनुसन्धान÷अभियोजन र...
सुरक्षण मुद्रणका तत्कालिन निर्देशक विरुद्ध अर्काे भ्रष्टाचार मुद्दा

सुरक्षण मुद्रणका तत्कालिन निर्देशक विरुद्ध अर्काे भ्रष्टाचार मुद्दा

कानुन, समाचार
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्काे भ्रष्टाचार मुद्दा दायर गरेको छ । आम्दानीको तुलनामा उनीसँग निकै अस्वभाविक रकम देखिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको देखिएको अख्तियारको दावी छ । अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग पनि लगाएको छ । सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख विगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो । विकल पौडेल विरुद्धका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । अख्तियारले उनीमाथि झुटा विवरण पेश गरी सरकारी पदमा पुगेको र सुरक्...
कोशी र गण्डकी प्रदेश सरकारबारे निर्णय गर्दै सर्वाेच्च अदालत

कोशी र गण्डकी प्रदेश सरकारबारे निर्णय गर्दै सर्वाेच्च अदालत

कानुन, राजनीति, समाचार
काठमाडौं । सर्वाेच्च अदालतमा आज कोशी र गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिट माथि सुुनुवाई हुँदैछ । हाल दुवै प्रदेशमा संयोगले नेकपा एमालेका मुख्यमन्त्री रहेका छन् । कोशी प्रदेशमा हिक्मतबहादुर कार्की मुख्यमन्त्री छन् भने गण्डकीमा खगराज अधिकारी रहेका छन् । उनीहरु दुवै विरुद्ध नेपाली कांग्रेसले मुद्दा दायर गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्ध केदार कार्कीले रिट दायर गरेका हुन् भने गण्डकी प्रदेशका अधिकारी विरुद्ध सुरेन्द्र पाण्डेले रिट दायर गरेका हुन् । गण्डकी प्रदेशको रिटमा मंगलवारदेखि नै सुनुवाइ सुरु भएको थियो । यस्तै, कोशीको भने आजदेखि सुनुवाइ हुँदै छ । गण्डकीको रिट न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ भने कोशीमा तोकिन बाँकी नै छ।...
कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जि जारी

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जि जारी

कानुन, समाचार
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न धनुसा जिल्ला अदालतबाट अनुमति लिएको हो । अदालतले उनलाई पक्राउ गर्न चित्रबहादुर गुरुङको २ नम्बर इजलासले आज अनुमति दिएको हो । उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ । सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियो । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।...