कानुन

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
२ साउन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’ को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ । विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आपूmले उत्पादन गरेको वस्तुमा ऐनले तोकेबमोजिमको लेवल लगाउनुपर्ने, दफा ८ मा पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका शर्त पूरा गर्नुपर्ने र दफा ११ वस्तु बिक्री गर्ने बिक्रेताको दायित्वलगायतका कानुनी प्रावधान बमोजिम उपभोक्ताले गुस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ । शुक्रबार सूचना जारी गर्दै विभागले सम्बन्धी सबै उत्पादक पैठारीकर्ता,...
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड हिनामिना भएको निष्कर्ष

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड हिनामिना भएको निष्कर्ष

कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२ साउन, काठमाडौं । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला पारेको छ । यससम्बन्धी प्रतिवेदन स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनालाई बुझाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा विभिन्न अवधिमा भएका खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था उल्लङ्घन भएको तथा त्यसबाट नेपाल टेलिभिजनलाई आर्थिक नोक्सानी पुगेको उल्लेख छ । जसबाट करिब रु २० करोड ६१ लाख ७३ हजार ४६९ बराबरको हानीनोक्सानी भएको देखिएको प्रतिवेदनमा जनाइएको छ । स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका...
ट्राफिक जरिवाना तिर्न नसक्ने व्यक्तिलाई श्रमदान प्रदानको सजाय दिइने

ट्राफिक जरिवाना तिर्न नसक्ने व्यक्तिलाई श्रमदान प्रदानको सजाय दिइने

कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३१ असार ,काठमाडौं । सरकारले ट्राफिक जरिवाना तिर्न नसक्ने व्यक्तिलाई श्रमदान प्रदानको सजाय दिने भएको छ। नगद जरिवानाको साटो कुनै व्यक्तिले सरकारी श्रमदान गरेर तिर्न पाउने व्यवस्था समेत कानूनमा गर्न लागिएको हो। मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको उत्तर दिंदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ट्राफिक जरिवानामा नयाँ व्यवस्था गर्न लागेको जानकारी दिए। विकासमन्त्री लम्सालले  धेरै जरिवाना नभए पनि पहिलेभन्दा बढी हुने स्पष्ट पारे। ‘सञ्चार माध्यममा आएजस्तो ५० हजार जरिवानाको कुरा सत्य होइन। हामीले जरिवानालाई वैज्ञानिक बनाउन लागेका हौँ’, मन्त्री लम्लासले भने, ‘गल्तीको प्रकृति, तिव्रता र पुनरावृत्तिका आधारमा ५०० देखि ५० हजार रुपैयाँसम्मको सीमा निर्धारण गरिनेछ।’ ट्राफिक जरिवाना तिर्न नसक्ने व्यक्तिबाट श्रमदान गराउने बुँदा थप्ने उनले बताए। सडक दुर्घटनाको न्यूनीकरणका लागि पनि निय...
ओभरलोड बोक्ने ट्रकमाथि निगरानी र जरिवाना

ओभरलोड बोक्ने ट्रकमाथि निगरानी र जरिवाना

कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२८ असार, धनगढी । कैलालीमा मालबाहक सामान ल्याएर विभिन्न ठाउँबाट आउने ट्रकहरुले क्षमताभन्दा बढी सामान ल्याउन थालेपछि निगरानी बढाइएको छ । सेती महाकाली ट्रक व्यवसायी संघमा आवद्ध व्यवसायी र ट्राफिक प्रहरीले ओभरलोड बोक्ने ट्रकहरुमाथि निगरानी बढाउँदै कारबाहीको दायरामा ल्याउन थालेका छन् । विगतमा ट्राफिक प्रहरी र ट्रक व्यवसायीका प्रतिनिधि समेतको सहभागितामा ओभरलोड नियन्त्रण गर्न संयुक्त चेकजाँच हुने गरेको थियो तर पछिल्लो समय ट्राफिक प्रहरीले संयुक्त चेकजाँचलाई हटाएको छ । त्यसपछि ओभरलोड बोक्ने क्रम बढेको व्यवसायीहरुको भनाइ छ । केही दिनअघि भैरवाहबाट कृषि सामग्री कम्पनी लिमिटेड धनगढीको मल लिएर आएका दुईवटा ट्रकले ओभरलोड बोकेर ल्याएको पाएपछि कृषि सामग्री कम्पनीकै कार्यालयबाट नियन्त्रणमा लिइएको थियो । रुटपरमिट र जाँचपास समेत नगरेका ट्रकले भार क्षमताको १० : १० टन बढी सामन लोडल गरेर धनगढी ल्याए...
यूएईका कलेजमा पठाउने भन्दै ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

यूएईका कलेजमा पठाउने भन्दै ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

अपराध, कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
२७ असार , काठमाडौं । यूएईका विभिन्न कलेजमा अवैध रूपमा पठाएर त्यहाँबाट फ्रान्स र अस्ट्रेलियासमेत पठाउने भन्दै ठगी गर्ने चार कन्सल्टेन्सीका ८ जना सञ्चालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरूले यूएईमा विद्यार्थी पठाउन शिक्षा मन्त्रालयमातहतको आधिकारिक निकायबाट अनुमति लिएको पाइएको प्रहरीले जनाएको छ ।...
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने

असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
२४ असार, काठमाडौं । राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई नयाँ प्रणालीमा लैजाने तयारी गरेसँगै आगामी दुई दिन नियमित सेवाहरू बन्द रहने भए पनि अन्य सेवाहरू सुचारु राख्ने बताएको छ । विभागले बुधवार सूचना जारी गर्दै असार २५ र २६ गते राहदानी सम्बन्धी नियमित सेवाहरू स्थगित हुने र विभागमा तयार भइसकेका राहदानी वितरण कार्य भने सुचारु हुने जानकारी दिएको हो । विभागका अनुसार, आगामी असार २९ गतेदेखि हालको प्रणालीबाट नयाँ प्रणालीमा पूर्ण रूपमा जाने तयारी गरेको छ । यसर्थ असार २५ र २६ गते सेवाहरू बन्द गरिने भएको छ । विभागले सूचनामा आफ्नो मोबाइलमा राहदानी सङ्कलनका लागि जानकारीमूलक सन्देश प्राप्त गरिसकेका सेवाग्राहीहरूलाई सो अवधिमा विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन अनुरोध गरेको छ । विभागले यसअघि नै असार १९ गते सूचना जारी गरी सेवा अवरुद्ध हुनेबारे जानकारी गराइसकेको थियो ।  ...
किसान सूचीकरण तीव्र,२६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध

किसान सूचीकरण तीव्र,२६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध

अर्थतन्त्र, कानुन, कृषि, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२२ असार,काठमाडौं । किसान सूचीकरण कार्यक्रमले तीव्रगति लिएको छ ।नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्तासम्बन्धी ऐन, २०७५ अनुरूप किसान सूचीकरण कार्यक्रम देशभर राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिरहेको हो। यो कार्यक्रम सरकारको १०० बुँदे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समेटिएको छ ।सरकारले आर्थिक वर्ष २०८२ ÷८३ को असार मसान्तसम्म २४ लाख ५० हजार किसान सूचीकृत हुने लक्ष्य लिइएको छ । पछिल्लो समय कृषि, वन तथा पर्यावरण मन्त्रालयको विशेष सक्रियता, कृषि सूचना तथा प्रशिक्षण केन्द्रको समन्वय र स्थानीय तहको निरन्तर प्रयासबाट हालसम्म उल्लेख्य सङ्ख्यामा किसान सूचीकरण भएका छन् । देशैभरबाट २६ लाख ४५ हजार किसान परिवार अर्थात ६४ प्रतिशत किसान आबद्ध भएको मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले उल्लेख गरेको छ ।आगामी आव देखि किसान वर्गीकरणसहित परिचयपत्र वितरण गर्ने तयारी मन्त्रालयको छ ...
डा. चेतना पौडेल जोडिएको रिट खारेज

डा. चेतना पौडेल जोडिएको रिट खारेज

कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
१८ असार,काठमाडौं ।उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिलको कार्यक्षेत्र र नियमन गर्ने अधिकारलाई सदर गर्दै स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट प्रालिले दायर गरेको रिट निवेदन खारेज गरेको छ। डा. चेतना पौडेल जोडिएको उक्त रिटमा रिसोर्ट पक्षले नेपाल मेडिकल काउन्सिलले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अनुगमन गरेको तथा अनावश्यक दुःख दिएको दाबी गरेको थियो। उच्च अदालतको फैसलासँगै आधुनिक चिकित्सा (एलोपेथी) को अभ्यास, नियमन तथा त्यससम्बन्धी कानुनी अधिकार नेपाल मेडिकल काउन्सिलमै निहित रहेको उल्लेख गरिएको छ। नेचुरोपेथीलगायत वैकल्पिक चिकित्सा प्रणालीमा दर्ता भएका स्वास्थ्यकर्मी वा संस्थाले आधुनिक चिकित्सा निदान र उपचारसम्बन्धी क्षेत्रमा हस्तक्षेप गर्न नपाउने अदालतको निर्णयले कानुनी व्यवस्थालाई थप पुष्टि गरेको जनाइएको छ । यो फैसलालाई नेपाल मेडिकल काउन्सिलको नियामक अधिकारलाई न्यायिक रूपमा समर्थन...
ट्राफिक देखिनँ नभन्नुहोला, प्रविधिले चिट काट्छ

ट्राफिक देखिनँ नभन्नुहोला, प्रविधिले चिट काट्छ

कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-१
१६ असार, काठमाडौँ। शनिबार, आइतबार वा अन्य सार्वजनिक बिदाका दिन थापाथली चोकमा ‘ट्राफिक प्रहरी छैन’ भन्दै तपाईंले ट्राफिक नियम त मिच्नुभएको छैन ? रातो बत्तीमै हुइँकिने वा लेन मिच्ने त गर्नुभएको छैन ? ट्राफिक प्रहरी छैन भनेर यस्तो गरिरहनुभएको छ भने तपाईं गल्ती गर्दै हुनुहुन्छ वा जसबापत कि कारबाही परिसक्नुभयो वा पर्ने सम्भावना छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले पछिल्लो समय थापाथली चोकमा सार्वजनिक बिदाका दिन ‘ट्राफिकमुक्त अभियान’ चलाएको छ। अन्य दिनभन्दा सार्वजनिक बिदाको समयमा सवारी चाप कम हुने र त्यस दिन निगरानी गर्न सहज हुने भन्दै सार्वजनिक बिदाको दिन थापाथली चोकमा पोसाकरहित ट्राफिक व्यवस्थापन सुरु गरिएको छ। अहिले सादा पोसाकमा सडकमा ट्राफिक प्रहरी खटिएका हुन्छन् भने युनिफर्म लगाएका केही ट्राफिक प्रहरी भने थापाथली चोकका केही घरका छतमा बसेर समेत निगरानी गरिरह...
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी

लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी

कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति
१२ असार,काठमाडौं । सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ । लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले सो कुरा बताएका हुन् । गृहसचिव श्रेष्ठले लागुऔषध नियन्त्रण र रोकथामका लागि सङ्घ, प्रदेश र स्थानीय तहको कामलाई नीतिगत रूपमा नै जागरूक गराउन विभाग स्थापना गर्ने तयारी भएको स्पष्ट पारे । लागुऔषध दुर्व्यसनीको सुधार तथा उपचारका लागि पुनःस्थापना केन्द्र सञ्चालन गर्दा न्यूनतम मापदण्ड पूरा गर्न सम्बन्धित पक्षलाई उनले निर्देशन समेत दिएका छन् । गृहसचिव श्रेष्ठले प्रदेश र स्थानीय तहलाई पनि लागुऔषध नियन्त्रण तथा रोकथामको अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गरेका छन् ।...