गैरकानुनी रूपमा डाक्टर लेख्नेलाई ३ वर्षसम्म कैद
८ वैशाख,काठमाडौं ।गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गर्नेलाई नेपाल मेडिकल काउन्सिलले तीन वर्ष जेल र तीन हजारसम्मको कारबाही गर्ने भएको छ ।
मेडिकल काउन्सिल र सम्बन्धित परिषद्मा कानुनी रूपमा दर्ता नभई नामको अगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने भएको हो ।
काउन्सिलले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै ‘जिरो टोलरेन्स’ नीति अपनाएर अवैध रूपमा ‘डा.’ उपाधि प्रयोग गर्नेहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने जनाएको हो ।
काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामी जाँच्न, परामर्श दिन तथा एलोप्याथिक औषधि सिफारिस गर्न काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्रै अधिकार रहेको स्पष्ट पारेको छ ।
काउन्सिलमा दर्ता भएका चिकित्सक तथा सम्बन्धित परिषद् ऐनद्वारा ‘चिकित्सक’ उपाधि प्राप्त गरेका बाहेक अन्य कुनै स्वास्थ्यकर्मी वा व्यक्ति...









