जीवनशैली

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२० असोज,काठमाडौं ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को प्राविधिक तथा आर्थिक सहयोगमा पूर्वाधार विकास मन्त्रालयले करिब ३ वर्ष लगाएर तयार पारेको यस गुरुयोजनाको सबैभन्दा आकर्षक र महत्त्वपूर्ण परियोजना ‘रत्नपार्क–भक्तपुर मास ट्रान्जिट (मेट्रो रेल)’ अघि सारेको छ। सो गुरुयोजना र यसको ‘रणनीतिक वातावरणीय मूल्याङ्कन (एसईए)’ को मस्यौदा प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवाला र आम नागरिकबाट ३० दिने राय–सुझाव माग गरेको छ । प्रतिवेदनले उपत्यकाको पूर्व–पश्चिम करिडोरलाई लक्षित गरी करिब १६.५ किलोमिटर लामो ‘लिनियर मेट्रो’ वा ‘लाइट रेल ट्रान्जिट (एलआरटी)’ निर्माण गर्ने स्पष्ट प्राविधिक खाका र समयसीमा सन् २०४० तोकेको छ । काठमाडौँमा मेट्रो रेलको बहस चलेको एक दशकभन्दा बढी भइसकेको छ । यसअघि लगानी बोर्ड र रेल विभागले गरेका केही प्रारम्भिक अध्ययन कागजमै सीमित छन् । यो गुरुयोजना सफल हुनका लागि बल...
सुरेन्द्र पाण्डे,हृदयेश त्रिपाठी र दीपकुमार उपाध्याय मिलेर नयाँ नागरिक अभियान घोषणा गर्दै

सुरेन्द्र पाण्डे,हृदयेश त्रिपाठी र दीपकुमार उपाध्याय मिलेर नयाँ नागरिक अभियान घोषणा गर्दै

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९ असोज,काठमाडौं ।पूर्वमन्त्री सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी,दीपकुमार उपाध्यायलगायतले नयाँ नागरिक अभियान घोषणा गर्ने भएका छन् । आज सोमबार दिउँसो ३ बजे ललितपुरको पुल्चोकमा एक भेला आयोजना गरेका उनिहरुले उक्त अभियान गैरराजनीतिक र नागरिक समाजको पहलका रूपमा अघि बढाइने बताएका छन्। अभियानमा अरुणकुमार सुवेदी र सर्वेन्द्रनाथ शुक्लसमेत सहभागि रहेका छन् । समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुने हुने भनिएको सो अभियानमा चिकित्सक, इन्जिनियर, प्राध्यापक, पूर्वसचिव, पूर्वराजदूत तथा पत्रकारलगायतलाई समेट्ने तयारी उनीहरुको छ। तटस्थ र निष्पक्ष रूपमा नागरिकका विषयमा धारणा राख्ने स्वतन्त्र नागरिक संस्थाको आवश्यकता औंल्याइएको छ र  राजनीतिक क्षेत्रका केही व्यक्तिले सुरु गरे पनि यसको उद्देश्य राजनीतिक दल वा संगठन बनाउनु नभई नागरिक समाजलाई विस्तार गर्नु  रहेको बताइएको छ । करिब दुई महिनादेखि...
राष्ट्र बैंकले यसपालि खुद्रा नोट वितरण नियमित गर्ने

राष्ट्र बैंकले यसपालि खुद्रा नोट वितरण नियमित गर्ने

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
१५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालि दशैंमा नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा सधैं उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले यसका लागि मिति निर्धारण नगर्ने जनाएको छ । ‘केन्द्रीय बैंकसँग पर्याप्त नोट छ, माग अनुसार सटही सुविधा हामी दिन्छौं,’ बैंकले भनेको छ।,‘नयाँले पुग्दासम्म नयाँ वितरण गर्छौं,त्यसले पनि पुगेन भने सुकिला नोट वितरण गर्ने योजनामा छौं ।’ बैंक भन्छ। बैंक तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण गरिरहेको जनाइएको छ । अहिले राष्ट्र बैंकमा नोट सटही लिन जानेले दुई बन्डलसम्म साट्न पाउँछन्।एक बन्डलमा ५, १०, २०, ५० र १०० दरका नोट सबैको १ सय थान हुन्छ ।...
चाडपर्वमा प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ बनाइने

चाडपर्वमा प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ बनाइने

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
१२ असोज,काठमाडौं । नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ। चाडपर्वमा यात्रुहरूले ठगिन नपारोस् र सवारी दुर्घटना नहोस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्न लागिएको हो । आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल जंग शाहले टिकटमा हुने कालोबजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी गर्ने बताए । टिकट बुकिङलाई थप व्यवस्थित र विश्वसनीय बनाउन काउन्टरमा बस्ने कर्मचारीको आधिकारिक परिचयपत्र अनिवार्य हुनुपर्ने पनि उनले बताए। सवारी दुर्घटना न्यूनीकरणका लागि ‘क्यू–फ्री’ प्रणाली परिवर्तनको खाँचो औँल्याउँदै शाहले सोही मार्गमा अभ्यस्त चालकहरूलाई मात्र खटाउन समेत सुझाव दिएका छन् ।...
उपभोक्तालाई ‘विष’ बेच्दै केही व्यापारी,चियापत्तीदेखि पुष्टकारीसम्म दूषित

उपभोक्तालाई ‘विष’ बेच्दै केही व्यापारी,चियापत्तीदेखि पुष्टकारीसम्म दूषित

अपराध, अर्थतन्त्र, कानुन, जीवनशैली, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
११ असोज, काठमाडौं । चाडपर्व नजिकिएसँगै उपत्यकाबाट गाउँ फर्किनेहरू हुन् वा आफन्तकोमा जानेहरू, सबैको हातमा कोसेलीको रूपमा आकर्षक प्याकेटमा सजिएका मिठाई, पुष्टकारी, गुँदपाक लगायत हुने गर्छन् । बालबालिकालाई चकलेट र बिस्कुट किन्ने अभिभावकदेखि भान्सामा मिठो परिकार बनाउन सुजी र राजमा किन्ने गृहिणीसम्म सबैको विश्वास बजारको त्यही चिल्लो प्याकेजिङ माथि छ । तर,बाहिरबाट हेर्दा पौष्टिक र सफा देखिने ती प्याकेटभित्र केही व्यापारीले नाफाको लोभमा कतिसम्म ‘विष’ भरिरहेका छन् भन्ने डरलाग्दो तथ्य भर्खरै सरकारले गरेको बजार अनुगमन प्रतिवेदनले देखाउँछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही ६ र ८ असोजमा गरेका बजार अनुगमन र त्यसपछि जारी गरेका सूचना केलाउने हो भने अहिले नेपाली बजार उपभोक्ताका लागि विष किन्ने थलो जस्तै बनेको छ। हामीले पैसा तिरेर दैन...
नारायणगढ-मुग्लिन सडकमा राति ८ बजेदेखि सवारी आवागमन प्रतिबन्ध

नारायणगढ-मुग्लिन सडकमा राति ८ बजेदेखि सवारी आवागमन प्रतिबन्ध

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
८ असोज, चितवन । अविरल वर्षा र त्यसबाट हुन सक्ने विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन बन्द गरेको छ। जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी गरेसँगै प्रशासनले सो निर्णय गरेको हो। कार्यालयले बिहीबार एक सूचना जारी गर्दै राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको जानकारी दिएको छ। साथै मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायद्धारा जारी हुने सुरक्षा निर्देशनको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ।  ...
फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश

फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश

अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
७ असोज, काठमाडौं । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उक्त विधेयक पेश गरेका थिए । सदनले विचारार्थ प्रश्तुत गर्न अनुमति प्रदान गरेको छ। मन्त्री लम्सालले फोहरमैलाको उत्सर्जन, संकलन, विसर्जन र समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुमिका र जिम्मेवारीलाई थप स्पष्ट पार्नु पर्ने आवश्यकता औंल्याएका छन् । तीन तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्न यो विधेयक अपरिहार्य रहेको उनको भनाइ छ ।...
भारी वर्षाको समयमा उच्च सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

भारी वर्षाको समयमा उच्च सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार
६ असोज,काठमाडौं । बागमती प्रदेश सरकारले आगामी साता हुने भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मंगलबार प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले विज्ञप्ति जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा सम्भावित प्राकृतिक विपद्बाट जोगिन पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरिएको छ। मन्त्रालयका अनुसार प्रदेश सरकार मातहतका सबै निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन  छ।...
बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श

बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, विचार, शिक्षा, समाचार, स्थानीय
६ असोज,काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज,उद्धार, शव व्यवस्थापन तथा राहत वितरणमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई सशस्त्र प्रहरी बल नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श गरेको छ। सशस्त्र प्रहरी बलको मनोवैज्ञानिक अध्ययन तथा मनोपरामर्श सेवा इकाइको समन्वयमा असोज ४ गते उद्धारकर्तासहित बाढी प्रभावित स्थानीय,कारागारमा रहेका कैदीबन्दी तथा होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई परामर्श दिइएको हो। मनोविमर्शकर्ता सेजल गेलाल, काउन्सिलिङ साइकोलोजिस्ट करिश्मा काफ्ले र सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु विक्रम शाहसहितको टोलीले रसुवा र नुवाकोटका विभिन्न स्थानमा पुगेर मनोसामाजिक आवश्यकता पहिचान तथा परामर्श प्रदान गरेको थियो। भदौ १० गतेदेखि रसुवाको धुन्चे,टिमुरे,स्याफ्रुबेँसी तथा नुवाकोटको बेत्रावती, त्रिशूली बजार, ढुंगेबजारलगायत क्षेत्रमा सुरक्षाकर्मी खोज तथा उद...
रसुवा बाढीपछि चार तुइन सञ्चालनमा, ३३ झोलुङ्गे पुल पुनर्निर्माणको तयारी

रसुवा बाढीपछि चार तुइन सञ्चालनमा, ३३ झोलुङ्गे पुल पुनर्निर्माणको तयारी

जीवनशैली, ताजा अपडेट, पर्यटन, फिचर, बिशेष, राजनीति, वातावरण, समाचार, स्थानीय
६ असोज,काठमाडौं । रसुवा बाढीपछि क्षतिग्रस्त तुइन तथा झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माण भइरहेको छ । हालसम्म चार वटा तुइन सञ्चालनमा ल्याइएको तथा थप तीन स्थानमा जडान तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । त्यस्तै, नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना तथा गोसाइँकुण्ड गाउँपालिका–६  र  आमाछोदिङ्मो गाउँपालिका–१ स्थित हाकुबेंसीमा तुइन सञ्चालनमा ल्याइएको हो । थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।...