ओभरलोड बोक्ने ट्रकमाथि निगरानी र जरिवाना
२८ असार, धनगढी । कैलालीमा मालबाहक सामान ल्याएर विभिन्न ठाउँबाट आउने ट्रकहरुले क्षमताभन्दा बढी सामान ल्याउन थालेपछि निगरानी बढाइएको छ ।
सेती महाकाली ट्रक व्यवसायी संघमा आवद्ध व्यवसायी र ट्राफिक प्रहरीले ओभरलोड बोक्ने ट्रकहरुमाथि निगरानी बढाउँदै कारबाहीको दायरामा ल्याउन थालेका छन् ।
विगतमा ट्राफिक प्रहरी र ट्रक व्यवसायीका प्रतिनिधि समेतको सहभागितामा ओभरलोड नियन्त्रण गर्न संयुक्त चेकजाँच हुने गरेको थियो तर पछिल्लो समय ट्राफिक प्रहरीले संयुक्त चेकजाँचलाई हटाएको छ । त्यसपछि ओभरलोड बोक्ने क्रम बढेको व्यवसायीहरुको भनाइ छ ।
केही दिनअघि भैरवाहबाट कृषि सामग्री कम्पनी लिमिटेड धनगढीको मल लिएर आएका दुईवटा ट्रकले ओभरलोड बोकेर ल्याएको पाएपछि कृषि सामग्री कम्पनीकै कार्यालयबाट नियन्त्रणमा लिइएको थियो ।
रुटपरमिट र जाँचपास समेत नगरेका ट्रकले भार क्षमताको १० : १० टन बढी सामन लोडल गरेर धनगढी ल्याए...









